Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु


एमाले महासचिव नेपाल १४ वर्षपछि पार्टीको नेतृत्वबाट सन्यास


UML General Secretary Madhavkumar Nepal at the press conference after his resignation from Gen. Sec. post. Photo: Sitaram Baral

काठमाडौं, April 13, 2008-भगवान राम १४ बर्ष बनबास पछि राजागद्दी सम्हाल्न राज दरबार फर्किएका थिए तर हाम्रा एमाले नेता महासचिब माधवकुमार नेपाल ठीक उल्‍टो १४ वर्षपछि पार्टीको नेतृत्वबाट राजिनामा दिएर बनाबास लाग्ने हुनु भएको छ। पढ्नुहोस् हाम्रा बिशेष काठमाडौं ब्युरो सिताराम बरालको चुस्त रिपोर्ट:
एमाले महासचिव माधव नेपालको अध्यक्षतामा शनिबार बसेको स्थायी कमिटीको बैठकले महासचिव नेपालको राजिनामा अनुमोदन गरेको छ । यो निर्णयसँगै महासचिव नेपाल १४ वर्षपछि पार्टीको नेतृत्वबाट विदा लिनुभएको छ ।संविधानसभा निर्वाचनमा हाल पार्टीले अनपेक्षित परिणाम प्राप्तिका लागि नैतिक जिम्मेजवारी स्वीकार गर्दै महासचिवको पदबाट दिनुभएको राजीनामालाई केन्द्रीय कमिटीको आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।

संविधान सभा चुनाव लगत्तै महाधिवेशनको तैयारीमा रहेको एमालेले कार्यबाहक महासचिवको जिम्मेवारी अमृतकुमार बोहरालाई सुम्पेको छ । कार्यबाहक महासचिव बोहोराले भन्नुभएको छ- 'अनेकौं चुनौतीका बीच संविधानसभाको निर्वाचन सम्पन्न गरेर एउटा ऐतिहासिक अभिभारा पूरा भएको छ । यस अभियानमा सरिक सम्पूर्ण नेपाली जनतामा हाम्रो पार्टी आभार व्यक्त गर्दछ ।'

जनादेश हाम्रो पार्टीको पक्षमा नदेखिएको बताउँदै एमालेले सरकारमा रहिरहनु उपयुक्त नहुने ठहर गर्दै पार्टीबाट सरकारमा पठाइएका सबै मन्त्रीहरुलाई सामुहिक रुपमै फिर्ता बोलाउने निर्णयपनि गरेको छ । एमालेको तर्फबाट सरकारमा रहेका मन्त्री पृथ्वीसुब्बा गुरुङ्गबाहेकका मन्त्रीले चुनाव हारेका छन् भने कतिपय मन्त्री प्रतिस्पर्धामा पछि परेका छन् ।

निर्वाचनको समीक्षाकालागि एमालेले केन्द्रीय कमिटीको बैठक बैशाख १५ गतेकालागि बोलाएको छ । का. वा. महासविच बोहोराले भन्नुभएको छ - 'निर्वाचनका क्रममा देखा परेका विसंगतिलगायत समग्र पक्षको समीक्षा केन्द्रीय कमिटीको आगामी बैठकले गर्नेछ ।'

अपरान्ह ४ बजे भएको स्थायी समितिको बैठकअघि एमालेले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी चुनाव पराजयको राजनीतिक र नैतिक कारणले राजीनामा दिन चाहेको बताएको थियो । पत्रकार सम्मेलनमा बोल्दै महासचिव नेपालले निर्वाचन परिणामको जिम्मेवारी आफूले लिएको बताउँदै राजिनामा दिन चाहेको बताउनु भएको थियो ।

आफू पराजित भएपनि माओवादीको विजय भएकोमा आफू खुसी भएको महासचिव नेपालले बताउनु भयो । उहाँको भनाई थियो- 'बामपन्थीबीच तालमेल नभएपनि गणतन्त्रवादीहरुले नै बहुमत पाउने भएका छन् । त्यसैले हामी त्यति निराश छैनौं ।' माओवादीसँग चुनावमा तालमेल नगरेर गल्ती कमजोरी भए- नभएकोबारे केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने बताउनु भयो ।

पराजयबाट विचलित नहुनपनि उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । 'हामी जनताको बीचमा जानुपर्छ' महासचिव नेपालले भन्नुभयो- 'एउटा घटनाले एमालेलाई विचलित पार्दैन ।' उहाँले चुनावी परिणाम आइसकेपछिपनि एमाले सहमतिकै आधारमा अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो- 'प्रत्यक्षतर्फ अनपेक्षित परिणाम आएपनि समानुपातिकतर्फ हाम्रो उपस्थिति त्यति निराशाजनक हुन्न भन्ने हामीलाई लागेको छ ।'

पत्रकार सम्मेलनमा बरिष्ठ नेता केपी ओलीपनि मलिन मुद्रामा उपस्थित हुनुहुन्थ्यो । पत्रकारहरुले ओलीसँग सोधे- 'तपाई्रले माओवादीलाई नक्कली जुँगा भन्दै चुनावपछि त्यो जुँगा उखेलिने भएकाले माओवादीसँग तालमेलको आवस्यकता नभएको बताउनु भएको थियो । तर तपाईं आफै हार्नुभयो । अब भन्नुस्- नक्कली जुँगा एमाले हो कि माओवादी हो?'

तर महासचिव नेपालले ओलीलाई बोल्न दिनु भएन । महासचिव नेपालले भन्नुभयो- 'यो पत्रकार सम्मेलन मैले बोलाएको हो । उहाँ ओली ले होइन । त्यसैले यो पत्रकार सम्मेलनमा उहाँले बोल्न मिल्दैन । उहाँसँग यो पत्रकार सम्मेलनपछि प्रश्न सोध्नुहोला ।' पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै ओलीले भन्नुभयो- 'धेरै मतले हारेको छैन । त्योपनि धाँधलीका कारणले हारेको हुँ ।'

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®