उच्चस्तरीय समितिको संयोजकमा एमाले नेता
माधवकुमार नेपाल चयन
काठमाण्डौं, December 4, 2008-
सत्तारुढ दलका १२ सदस्य सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय
समितिले आफ्नो कार्यक्षेत्र तयार पारेको छ । सो समितिको मंसिर १९ गते बिहान
बसेको पहिलो वैठकले क्षेत्राधिकार किटान गरेको हो ।
कार्यक्षेत्रमा सरकारले अबदेखि विभिन्न निकायमा गर्ने नियुक्ति राजनीतिक
निर्णयका लागि समितिमा पहिले छलफल गर्नुपर्ने माओवादी नेता तथा समितिका
सदस्य वर्षमान पुन मगर 'अनन्त'ले जानकारी दिए ।
माओवादी संविधान सभा दलको कार्यालय िसंहदरबारमा आज दिउँसो २ घण्टा भन्दा
बढी समय बसेकॊ वैठकले यसअघि ३ दलको तयार पारेको कार्यविधिलाई संशोधन सहित
अन्तिम रुप दिएको छ ।
वैठकले उच्चस्तरीय समितिको संयोजकमा एमाले नेता माधवकुमार नेपाललाई चयन
गरेको छ । हिजो तत्कालीन रुपमा काम गर्न समितिको संयोजकमा कानून न्याय तथा
संविधान सभा व्यवस्थामन्त्री देव गुरुङलाई तोकिएको थियो ।
समितिले शुक्रबारदेखि नै आफ्नो काम शुरु गर्ने छ । उच्चस्तरीय समितिले भोलि
कैलालीका पत्रकार जगतप्रसाद जोशीको हत्याप्रकरणबारे सूचना तथा
सन्चारमन्त्रीसँग छलफल गर्नेछ ।
यसैगरी पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे आपूर्तिमन्त्री राजेन्द्र
महतोसँग पनि भोलि नै समितिले छलफल गर्ने समितिका सदस्य शरतिसंह भण्डारीले
जानकारी दिए ।