|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माधवकुमार नेपाल संवैधानिक समितिको सभापति बन्ने काठमाण्डौं, January 11, 2009- नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपाल संवैधानिक समितिको सभापति बन्ने प्राय निश्चित भएको छ । नेपाललाई सभापति बनाउनकै पुस २६ गते मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनाबाट सभासद बनाइएको छ । उनले पद तथा गोपनियताको सपथसमेत लिईसकेका छन् । एमालेका तर्फबाट सभासद बनेका सुशिलचन्द्र अमात्यलाई फिर्ता बोलाएर उनको ठाउँमा नेपाललाई लगिएको हो । संविधानसभामा दुईस्थानबाट पराजित नेपाल व्यक्तिगत रुपमा सभासद बन्न अनिइच्छुक भएपनि पार्टी केन्द्रिय समितिमा सर्वसहमतीबाट निर्णय भएपछि सो पदस्विकार्न मन्जुर भएको बताइएको छ । पुस २६ गते विहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाल निवास कोटेश्वरमा गएर उनलाई संवैधानिक समितिको सभापति बन्न आग्रह गरेका थिए । माओवादी, काँग्रेस, फोरम, तमलोपा जस्ता दलहरुको सर्मथन पाएपछि उनी सभापति बन्ने प्राय निश्चित भएको हो । संविधानसभा तथा व्यवस्थापिका संसद अन्तर्गतका सबै समितिका सभापतिहरुको निर्वाचन पुस २९ गते हुँदैछ । यसैवीच व्यवस्थापिका-संसद अन्तर्गतका विधायनसहित केही समितिका सदस्य हेरफेर भएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकले विधायन समितिमा चित्रवहादुर केसी, गायत्री शाह, सरिता गिरी, श्यामसुन्दर गुप्तालाई लैजाने निर्णय गरेको हो । त्यस्तै सुरक्षा समिति, अर्थ तथा श्रम सम्वन्ध समिति, प्राकृतिक स्रोत साधन समिति र सार्वजनिक लेखा समितिका सदस्यमा हेरफेर गरिएको छ । व्यवस्थापिका-संसदको अर्को बैठक आगामी मंगलवार २ बजेका लागि बोलाइएको छ । यसअघि झण्डै ३ घण्टा ढिलो गरी शुरु भएको बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद् ह्दयेश त्रिपाठीले संविधान सभाका सभापतिलाई राज्यमन्त्री सरहको सुविधा उपलब्ध गराउने व्यवस्था हटाउन माग गरेका थिए । संविधान सभा समितिका सभापतिलाई सुविधा उपलब्ध गराउनु संसदीय मर्यादा विपरित भएको बताए । त्यस्तै उनले सेना समायोजन सम्वन्धि विशेष समितिमा प्रमुख दलको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै संवैधानिक मान्यता अनुसार प्रमुख दलको परिभाषा गरिनुपर्ने बताउनुभयो । अर्को बैठकसम्म प्रमुख दलको परिभाषा नगरिए सदन चल्न नदिने उहाले चेतावनी दिए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||