माधवकुमार नेपालद्वारा उच्चस्तरीय समितिको संयोजकमा
बस्न अस्विकार
काठमाण्डौं, December 8, 2008- नेकपा एमालेका पूर्व महासचिव माधवकुमार
नेपालले सत्ता साझेदार दलहरुको समन्वय समितिमा बस्न अस्विकार गरेका छन् ।
अस्वस्थ भएर अस्पताल भर्ना भएका काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई
भेटन गएका नेपालले मंसिर २३ गते साचारकर्मीहरुलाई सो कुरा बताएका हुन् ।
सरकारलाई सल्लाह सुझाव निर्देशन तथा कामकारवाहीको अनुगमनको लागि सत्ताधारी
६ दल सम्मिलित १२ सदस्यीय समितिको नेपाललाई संयोजकसमेत बनाइएको थियो ।
समितिमा प्रधानमन्त्री तथा उपप्रधानमन्त्री सहभागी नभएको भन्दै नेपालले
समितिमा बस्न अस्विकार गरेको बताए ।
समितिलाई भलाकुसारी गर्ने समितिको संज्ञा दिदै आफूलाई भलाकुसारी गर्ने समय
नभएकाले अस्विकार गरेको उनको भनाई थियो ।