काठमाडौं, July
5, 2008-एमाले महासचिव झलनाथ खनालद्धारा राष्ट्रपतिमा प्रस्ताव गरिएका
निवर्तमान महासचिव माधव नेपाललाई समेत आफू राष्ट्रपति हुन्छु भन्ने विश्वास
मरिसकेको रहेछ ।
त्यसैले उहाँ गएको हप्ता विदेश भ्रमणमा निस्कनुभएको छ । उहाँ करिव दुईहप्ता
लामो ब्राजिल भ्रमणमा हुनुहुन्छ । उहाँको यो भ्रमणलाई पार्टीले सार्वजनिक
गरेको छैन ।
असोझ १८ को शाही कदमपछि प्रधानमन्त्री बन्ने आशामा रहेका एमाले नेता नेपाल
आफ्नी आमाको स्वर्गारोहण हुँदा आमाको काजकृयासमेत नगरी बस्नुभएको थियो ।
आमाको निधन हुँदासमेत प्रधानमन्त्रीको आशा गरेर कृयामा नबस्ने नेता
राष्ट्रपतिको चयन हुने सम्भावित बेला किन ब्राजिल भ्रमण जानुको कारण आफू
राष्ट्रपति बन्ने कुरामा आफैलाई आशा नलागेर नै हो भन्ने कुरामा दुई मत छैन
।
एमाले नेता नेपाल गत असार १५ गते ब्राजिलतर्फ लाग्नुभएको थियो । विश्व
लिडरसिप समिटकालागि त्यसतर्फ लाग्नुभएको बताइएको छ । एमालेका कुनैपनि
केन्द्रीय नेता बिदेश भ्रमणमा जाँदा एमालेको मुखपत्र मानिने बुधबार
साप्ताहिकलगायतले समाचार प्रकासित गर्दथे ।