|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
मतान्तर अझै बढ्दो एमाले महासचिव नेपाल र कांग्रेस उपसभापति पौडेल दोश्रो स्थानमा काठमाडौं, April 11, 2008-२०६४ चैत्र २९ राति ११ बजेसम्मको परिणाम अनुसार काठमाडौं- २ मा एमालेका महासचिव माधव नेपाल बल्ल दोश्रो स्थानमा उक्लनु भएको छ । तर अझैपनि नेकपा माओवादी का झक्कुप्रसाद सुवेदीभन्दा करिव १ हजार मतको अन्तरले पछाडि हुनुहुन्छ । दोश्रो स्थानमा उक्लेपनि सुवेदी र महासचिव नेपालबीचको मतान्तर बढ्दो छ । माओवादीका सुवेदीले ५ हजार ९ सय ३९ मत प्राप्त गर्नुभएको छ भने महासचिव नेपालले ५ हजार ८५ मतमात्र प्राप्त गर्नुभएको छ । कांग्रेस उपसभापति तथा प्रम कोइरालापछिका बरिष्ठ मन्त्री रामचन्द्र पौडेलपनि तनहुँ- ३ मा माओवादीका दलित उम्मेदवार डम्बर बिकसँग पहिलो पटक पछाडि पर्नुभएको छ । बिकले ३१३६ मत पाउनु भएको छ भने पौडेलले ३०३६ मतमात्र पाउनु भएको छ । एमाले उम्मेदवार प्रतापलाल श्रेष्ठ २१८७ मतका साथ तेश्रो स्थानमा छन् । माओवादी अध्यक्ष प्रचण्डको मतान्तर बढ्न थालेको छ । उहाँले काठमाडौं- १० बाट ७ हजार ९१ मत पाउनु भएको छ । कांग्रेसका राजेन्द्र केसीले ४५९९ पाएका छन् । तेश्रो स्थानमा रहेका एमालेका सानु श्रेष्ठले ३ हजार २२ मत पाउनु भएको छ । चितवन २ मा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा बादल करिव १३ सय मतान्तरले अग्रस्थानमा हुनुहुन्छ । उहाँले ३ हजार ८ सय १३ मत ल्याई बढत हासिल गरिरहनु भएको छ भने कांग्रेसका एकनाथ रानाभाटले करिव २ हजार ५ सय ९९ मत ल्याउनु भएको छ । उता सुनसरी- २ मा पनि माओवादी उम्मेदवार कुमार फुदुङ्ग अगाडि देखिनु भएको छ । उहाँ नेपाली सेनाको पूर्व मेजर जनरल दुईतारे जर्नेल हुनुहुन्छ । भक्तपुर- १ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयको निकट पुगेका छन् । र उनले आफ्ना प्रतिद्धन्दी माओवादी उम्मेदवार देबेन्द्र श्रेष्ठलाई करिव ७ हजार मतको अन्तरले पछि पारेका छन् । बिजुक्छॆले १२ हजार ४ सय मत पाएका छन् भने माओवादीका श्रेष्ठले ५ हजार ४ सय मत हासिल गरेका छन् । तेश्रो स्थानमा रहेका एमालेका कृष्णसुन्दर द्योले ३ हजार ३ सय ७८ र कांग्रेसका महेश श्रेष्ठले ३ हजार २ सय ४१ मत पाएका छन् । सुदुर पश्चिमको बाजुरामापनि माओवादीले अग्रता हासिल गरेको छ । जहाँ माओवादी उम्मेदवार १ हजार ८९ मतका साथ प्रथम स्थानमा छन् भने कांग्रेस उम्मेदवारले हालसम्म ९ सय ६२ मत पाएका छन् । तेश्रो स्थानमा रहेका नेकपा एमाले का उम्मेदवारले ७ सय ७० मत पाएका छन् । राजधानी नजिकैको हिमाली जिल्ला रसुवामापनि माओवादी उम्मेदवार भारी मतान्तरका साथ अगाडि छन् । कम मतदाता रहेको मानिने त्यहाँ माओवादी उम्मेदवारले १ हजार ५ सय ७ मत पाएका छन् भने एमाले उम्मेदवारले ८ सय ३२ र नेका उम्मेदवारले ७ सय ७९ पाएका छन् । बारा- ४ महन्थ ठाकुर नेतृत्वको तमलोपाले अग्रता हासिल गरेको छ । तमलोपाले त्यहाँ ७ सय ५१ मतका साथ बढत हासिल गरेको छ भने फोरम ३ सय २२ मतका साथ दोश्रो स्थानमा नेपाल राष्ट्रिय दल २ सय ७६ मतका साथ तेश्रो स्थानमा छ । नेका मन्त्री फर्मुल्लाह मन्सुर २ सय ४१ मतका साथ चौंथो स्थानमा छन् । बारा- २ मा माओवादीले ७ सय ५१ मतका साथ बढत हासिल गरी मधेशमा माओवादी कमजोर भएको छैन भन्ने कुराको संकेत दिएको छ । सो क्षँेत्रमा कांग्रेसले ६ सय ९९ मत पाएको छ भने फोरमले ६ सय ४ मत पाएको छ । सुनसरी- ५ र मोरङ्ग- ५ मत गरी दुवै निर्वाचन क्षेत्रमा मधेशी जनअधिकार फोरमका अध्यक्षँ उपेन्द्र यादव अग्रस्थानमा छन् । त्यसमध्ये सुनसरी- ५ मा प्रमपुत्री सुजाता कोइराला उम्मेदवार छिन् । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®