माधव नेपालका दुई जिब्रे
कुरा काठमाडौँ, September 16, 2008-
नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालले वामपन्थीको नेतृत्वमा
रहेको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको बताएका छन् ।
भदौ ३१ गते राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको अग्रगामी
परिवर्तन प्रतिको चाहनालाई आत्मसात गर्न सरकारलाई आग्रह गरे ।
आफ्नो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको कार्यक्रममा बोल्दै उनले
वाइसिएलको गैर कानुनी गतिविधि रोक्न युथ फोर्स नामक लडाकु दस्ता निर्माण
गरेको दाबी गरे । यसअघिका कार्यक्रमहरुमा लडाकु संगठनको विरोध गर्दै आएका
नेता नेपालले आज भने युथ फोर्सको खुलेरै प्रशंसा गरे ।
मन्त्रीहरुले नै कानुन हातमा लिने गर्यो भने युथ फोस्रलाई जिम्मेवारी
नबिर्सन पनि उनले आग्रह गरे । आँखा चिम्लेर शिक्षामा नीजिकरण गर्न नहुने
उनको सुझाव थियो । आफ्नो पार्टी शिक्षामा व्यापारीकरण र नाफाकरणको विपक्षमा
उभिने उनको तर्क थियो ।