दलहरुबीच सैन्य युवा दस्ता खडा गर्ने होडबाजी
प्रतिमाधव नेपालको आपत्ति
एमालेका पुर्व महासचिब माधवकुमार नेपालले अर्ध सैन्य
युवा दस्ता खडा गर्ने प्रमुख दलहरुबीच चलेको होडबाजी प्रति कडा आपत्ति
व्यक्त गरेका छन् ।
भदौ २८ गते राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले कानून
हातमा लिएर एकापसमा दुश्मनी साँध्नुभन्दा दलहरु शान्ति सुरक्षा कायम गर्नमा
लाग्नुपर्ने पनि धारणा राखेका हुन् । उनको भनाई माओवादी सम्बद्ध योङ्ग
कम्युनिष्ट लिग, आफ्नै पार्टीको युथ फोस्र तथा काँग्रेसको तरुण दस्ताको
गतिविधि तर्फ लक्षित थियो ।
रौतहट-काठमाण्डौ सम्पर्क मन्चले आयोजना गरेको कार्यक्रम पछि पत्रकारहरुसँग
कुरागर्दै उहाँले नयाँ सबिधान र बिकास निमार्णका कार्यमा एमालेले सशक्त
भुमिका निर्बाह गर्ने बताए ।
नेता नेपालले आफ्नो पार्टीले माओबादीले गरेका हरेक निर्णयमा सहि छाप गर्ने
नभई जनताको समस्याको पहिचान गरी त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त
गरे ।