|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
०४७ को संविधान निर्मातामध्येका दुई जनालाई जनताले किन हराए? माओवादी संविधान बनाउन नजान्ने 'अनाडी' नै अगाडि Madhav Kumar Nepal. Photo contributed: Sirab काठमाडौं, April 14, 2008-०४७ को संविधान निर्मातामध्येका दुईजना नयाँ संविधान निर्माणकालागि ०६४ को संविधान सभा निर्वाचनमा उठेका थिए । उनीहरुले बनाएको संविधान १७ वर्ष पुग्दा नपुग्दै असफल ठहरिएपछि दुवैजनालाई जनताले नयाँ संविधान लेख्न उनीहरु अयोग्य भएको भन्दै जनताले उनीहरुलाई अयोग्य ठहर गरेका छन् । उनीहरु हुन्- एमाले महासचिव माधव नेपाल र एमालेकै स्थायी समिति सदस्य भरतमोहन अधिकारी । रौतहटमापनि माओवादी उम्मेदवारबाट पछाडि पारिएका र काठमाडौंबाट पराजित एमाले महासचिव माधव नेपालमात्र होइन पटक पटक एमालेको तर्फबाट सरकारको नेतृत्व गरेका भरतमोहन अधिकारीपनि संविधान सभा निर्वाचनमा पराजित भएका छन् । मोरङ्ग- २ मा माओवादीका लालबहादुर मगरले उनलाई पराजित गरेका छन् । दुवै जना ०४७ को संविधान निर्मातामध्येका एक हुन् । उनीहरु दुवैजना बाममोर्चाको तर्फबाट
संविधान निर्माण मस्यौदा समितिका सदस्य थिए । नेपालले बाममोर्चाको एक घटक
तत्कालिन नेकपा माले को तर्फबाट प्रतिनिधित्व गरेका थिए भने अधिकारीले
नेकपा माक्स्रवादीं को तर्फबाट । ०४८ मा दुवै पार्टीबीच एकता भई नेकपा
एमाले बनेको थियो ।०४७ को संविधान असफल थियो भन्ने कुरा यसबीचका घटनाले पुष्टि गरिसकेका छन् । माओवादी जनयुद्धका कारण नयाँ संविधान जनताकै सहभागितामा निर्माण हुनुपर्छ भन्ने माग संभव भयो । तर नेपाल र अधिकारीसमेतको सहभागितमा बनेको संविधानमात्र असफल भएन पुरानो संविधानका मस्यौदाकारहरुलाई नयाँ संविधान बनाउनकालागि संविधान सभामा पठाउन जनताले अस्वीकार गरे । Bharat Mohan Adhikari. Photo contributed: Sirab महासचिव नेपाल पराजित भएपछि उहाँले चुनावी अभियानकाक्रममा व्यक्त गर्नुभएको एउटा अभिव्यक्तिको काठमाडौंमा चर्चा हुन थालेको छ । उहाँले काठमाडौं- २ को एक चुनावी सभामा माओवादीप्रति लक्ष्यित गर्दै संविधान सभामा संविधान बनाउन नजान्ने 'अनाडी' हरुलाई पराजित गर्न आग्रह गर्नुभएको थियो । उहाँको भनाई आफू ०४७ को संविधान निर्माता भएकाले संविधान बनाउन आफू सक्षम छु भन्ने थियो । महासचिव नेपालको यो रोचक भनाईको जवाफ माओवादी नेता डा. बाबुराम भटराईलेपनि रोचक पाराले नै दिनुभएको थियो । उहाँले ०४७ को संविधान फोहोरी आहाल भएको बताउँदै भन्नुभएको थियो- 'संविधान सभा भनेको विशाल महासागर हो । फोहोरी आहालमा पौडी खेल्न जानेकाहरु विशाल सागरमा पौडी खेल्न अनाडी ठहरिनेछन् ।' -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®