Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल




















































News from Nepal: नेपाली खबरहरु

राजालाई दाम चढाएर ढोग्ने नेता नै अहिले गणतन्त्रबादी


एमाले महासचिव माधव नेपालले राजालाई दाम राखेर ढोग्दै Photo: जनदिशा दैनिक

काठमाडौं, March 14, 2008-चुनावको मुखैमा प्रकासित एउटा तस्वीरले चुनावी अभियानमा रहेका एमाले महासचिव माधव नेपाललाई पुरै रक्षात्मक स्थितिमा पुर्याइदिएको छ । दरवार हत्याकाण्डपछि राजगद्दी सम्हालेका राजा ज्ञानेन्द्रलाई दाम राखेर ढोग्दै गरेको एउटा सनसनीपूर्ण तस्वीर 'जनदिशा' दैनिकले प्रकासित गरेपछि एमाले महासचिव नेपाललाई चुनावी अभियानमा जान अप्ठेरो परेको छ ।

बीरेन्द्रसहित राजपरिवारका अन्य सदस्यहरुको हत्या भएपछि राजा बनेका युवराज दीपेन्द्रकोपनि निधन भएपछि २०५८ जेठ २२ गते गद्दी सम्हालेका ज्ञानेन्द्रलाई महासचिव नेपालले हनुमानढोकामा दाम चढाएर ढोग्नु भएको थियो । माओवादीनिकट मानिने 'जनदिशा' दैनिकले एमाले महासचिवले यसरी राजालाई ढोग्दै र दाम चढाउँदै गरेको दुर्लभ फोटा शुक्रबारको अंकमा छापेको छ ।

दाम राखेर ढोगेकोमात्र होइन त्यसपछि राजा भएकोमा बधाई िदंदै उहाँले दिनुभएको बधाइपत्रपनि सो पत्रिकाले छापिदिएको छ । बधाईपत्रमा महासचिव नेपालले भन्नुभएको रहेछ- '०५८ जेठ २२ गते श्री ५ ज्ञानेन्द्र बीरविक्रम शाहदेव नेपाल अधिराज्यको श्री ५ महाराजधिराज होइबक्सेको छ । यस महत्वपूर्ण अवसरमा नेकपा एमाले श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरविक्रम शाहदेवप्रति हार्दिक बधाई ज्ञापन गर्दछ ।'


एमाले महासचिव माधव नेपालले राजालाई दाम राखेर ढोग्दै गरेको समाचार प्रकासित गरेको जनदिशा दैनिक Photo: Jana Disha Daily

'अहिले देश एउटा गम्भीर परिस्थितिबाट गुजि्ररहेको परिप्रेक्ष्यमा मुलुकको सम्बैधानिक राजा र राष्ट्राध्यक्षका हैसियतमा निर्वाह गर्नुपर्ने एउटा गहन दायित्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरविक्रम शाहदेवको काँधमा आइपरेको छ' पत्रिकाले महासचिव नेपालले दिनुभएको बधाई पत्रमा भनिएको छ- 'मौसुफको कार्यकालमा नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई संरक्षण तथा सुदृढ गर्न संविधान-संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई परिपालन एबं सुदृढ गर्न एबं सम्पूर्ण नेपाली जनतालाई प्रगति र समुन्नतिको बाटोमा अझ अघि बढाउन थप योगदान पुग्नेछ भन्ने हाम्रो पार्टीले हार्दिक विश्वास लिएको छ ।'


Courtesy: Jana Disha Daily

यसैगरी शेरबहादुर देउवाको पहिलो सरकारलाई राजाले अपदस्थ गरेपछि राजाले प्रधानमन्त्री पदको विज्ञापन गरेको सन्दर्भ उल्लेख गर्दै पत्रिकाले महासचिव नेपालले आफूलाई प्रधानमन्त्री बनाउनकालागि दरवारमा दिनुभएको विन्तीपत्रको प्रतिलिपीपनि पत्रिकाले छापेको छ । दरवारले प्रधानमन्त्रीकालागि दरखास्त आव्हान गरेपछि महासचिव नेपाल आफै नारायणहिटी दरवारको पश्चिमढोका पुगी आफूलाई त्यसबेला आन्दोलनरत नेका जनमोर्चा सद्भावना र नेमकिपाको समर्थन रहेको दावी गर्नु भएको थियो ।

दलहरुले आन्दोलनपछि बन्ने सरकारको नेतृत्व एमाले महासचिवले गर्ने निर्णय गरेपनि यसरी विन्तीपत्र हाल्ने निर्णय नभएको बताउँदै महासचिव नेपालको सो कार्यको विरोध गरेका थिए । त्यसबेला आफ्नी आमाको मृत्यु भएपनि महासचिव नेपाल धार्मिक संस्कारको सट्टा प्रधानमन्त्री पदकालागि विन्तीपत्र हाल्न गएको भन्दै सबैतिरबाट आलोचना भएको थियो । महासचिव नेपालले भने आफूले विन्तीपत्र हालेको नभै प्रधानमन्त्री पदको दावीमात्र गरेको स्पष्टीकरण िदंदै अँउनु भएको छ ।

लोकतान्त्रिक गणतन्त्रको मुद्धा लिएर चुनावी मैदानमा होमिएको एमालेका नेतृत्वकर्ता महासचिव नेपालको यस्तो तस्वीर प्रकासित भएपछि एमाले निकै अप्ठेरोमा परेको छ । बाम तालमेलको विरोध गर्दै एमालेले माओवादीप्रति तीब्र आक्रमण थालेपछि माओवादीलेपनि एमालेप्रति कठोर आक्रमण सुरु गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले 'राजाको पाउमा दाम राखेर ढोग्नेहरु अझैपनि गणतन्त्रको नारा लगाउँदै राजतन्त्र जोगाउन तालमेलको विरोध गरिरहेको' बताएको भोलिपल्टै माओवादी निकट पत्रिकाले यस्तो तस्वीर सहितको समाचार प्रकासित गरिदिएपछि त्यसले चुनावी अभियानमा एमालेलाई अप्ठेरो पारेको छ ।

सुरुदेखि नै राजतन्त्रविरोधी रुझान राख्दै आएको काठमाडौंबाट पहिलो पटक महासचिव नेपाल उम्मेदवार बन्नु भएको छ । उहाँ काठमाडौं- २ को प्रत्यासी हुनुहुन्छ । २०५६ को निर्वाचनमा रौतहटबाट अत्याधिक मतले विजयी महासचिव नेपाल मधेश आन्दोलनकाकारण रौतहट असुरक्षित भएपछि अपेक्षकृत सुरक्षित मानिने काठमाडौं रोज्नु भएको थियो । उहाँका विरुद्ध नेपाली कांग्रेसले स्थानीय नेता दीपक कुँइकेललाई उठाएको छ भने माओवादीले रोल्पा जिविसका पूर्व सभापति झक्कु सुवेदीलाई । सो क्षेत्रलाई सुरक्षित मान्दै महासचिवलाई उठाएको देखिएपनि राष्ट्रिय अखवारहरुले माओवादीको उपस्थितिका कारण सो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको र यो प्रतिस्पर्धामा को विजयी हुने भन्ने अहिल्यै एकिन नभएको समाचार प्रकासित गर्न थालेका छन् ।

सीताराम बराल, २०६४ चैत्र १
-Sitaram Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®