|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
एमालेका नेताले जीउमा जुम्रा उमार्नु पर्ने सुझाब मदन-आश्रितको हत्यारा पत्ता लगाउनुपर्ने कार्यकर्ताको माग UML leaders at Madan-Ashrit Memorial Day in Kathmandu. काठमाडौं, May 17, 2008-बरिष्ठ नेता बामदेव गौतमले एमाले मदन भण्डारी र जीवराज आश्रितको व्याज खाएर अहिलेसम्म बाँचेको अब त्यो ब्याजले एमाले बाँच्न नसक्ने भन्दै आफ्नै पार्टी नेतृत्वबिरुद्ध 'बमबार्ड' गरेका छन् । मदन आश्रित स्मृति प्रतिष्ठानद्धारा मदन-आश्रितको सम्झनामा आयोजित कार्यक्रममा एमाले स्थायी समिति सदस्य गौतमले अब मदन-आश्रितको व्याज समाप्त भएको बताउँदै एमालेलाई जोगाउने हो भने आफै सम्पत्ति कमाउनुपर्ने बताए । 'मदन-आश्रितको ब्याज खाँदै हामी संविधान सभा चुनावसम्म आइपुगेका थियौं अब हामी त्यो ब्याजले ब्याज बाँच्न सक्दैनौं, पहिलेजस्तो भ्रम छर्दै मुलुक हाँक्नपनि सक्दैनौं' नेतृत्वप्रति कडा प्रहार गर्दै सयौं कार्यकर्ताहरुको गडगढाहट तालीकाबीच नेता गौतमले भने- 'संविधान सभा चुनावपछि नयाँ परिस्थिति सिर्जना भैसक्यो, देश युगिन परिवर्तनतर्फ गैसक्यो, कुन राजनीतिक पार्टीको शक्ति कति छ भन्ने कुरापनि संविधानसभा चुनावले देखिइसक्यो । यो स्थितिमा मदन भण्डारी र जीवराज आश्रितको व्याज खाएर राजनीति गर्ने होइन जनताको बीचमा गएर नयाँ सम्पत्ति आर्जन गरी राजनीति गर्नुपर्छ ।' संविधान सभा चुनावलाई लडाईंको अखडाको रुपमा चित्रित गर्दै त्यो लडाईंमा एमाले पराजित भएको गौतमले बताए । 'लडाईंको अखडामा हामी पछारिएका छौं हाम्रो शरीरमा रगत लतपतिएको छ, धुलो र हिलो लागेको छ तरपनि हामी बजारबाट राम्रो कपडा ल्याएर त्यो रगत, हिलो र धुलो छोप्न खोजिरहेका छौं र जनतालाई हामी राम्रै छौं भन्ने देखाउने गल्ती गर्दैछौं' उनले भने- 'दुई वर्षपछि फेरि अर्को निर्वाचन हुनेछ, दुई वर्षपछिको निर्वाचनमा हामीले दिग्विजय हासिल गर्छौ कि गर्दैनौं त्यसमै हाम्रो भविष्य निर्भर रहनेछ । त्यसैले कपडाले रगत र फोहोर छोप्ने होइन सफा पानीले फोहोर पखाल्नुपर्छ । त्यसकालागि गाउँका जनताकोबीचमा जानुपर्छ ।' उनले एमाले पार्टी 'धनीमानी-भलाद्मी' हरुको पार्टीमा रुपान्तरित भएको बताए । 'हामी नेताहरुलाई बेलुकी आफ्नै घरमा नपुगी हुन्न, हामी आफ्नो घरको सफा र न्यानो ओछ्यान छोड्नै नसक्ने भएका छौं' उनले रोचक पारामा भने- 'अब हामी जनताको घरमा जानुपर्छ, जनताको र पार्टीको काम गर्नुपर्छ । धुलोमैलोमा रहेर हाम्रो जीउमा जुम्रा उमार्नु पर्छ । यसो गर्न सक्यौं भनेमात्र हामी उभों लाग्नेछौं होइन भने हामी सिद्धिनेछौं ।' चुनाव एक्लै जितिन्छ भन्ने घमण्ड र दम्भका कारण माओवादीसँग चुनावमा तालमेल हुन नसकेको र त्यही दम्भकै कारण संविधान सभा निर्वाचनमा पार्टीले नमीठो पराजय भोग्नुपरेको उनको भनाई थियो । संविधान सभामा एमालेको भूमिका, सरकारको नेतृत्व गर्ने, माओवादीप्रति सहयोगी हुनुपर्ने उनको सुझाव थियो । माओवादीले एमालेमाथि हमला जारी राखेकोमा आपत्ति जनाउँदै एमालेले माओवादीको मुकाविला उही शैलीमा गर्नुपर्ने बताएका नेता गौतमले माओवादीसँग सहकार्य भने अपरिहार्य रहेको बताए । उनले संविधान सभाको पहिलो बैठकमा गणतन्त्रको कार्यान्वयनकालागि माओवादीसँगै सहकार्य गर्नुपर्ने बताउँदै गणतन्त्रको कार्यान्वयनका दिन घर-घरमा दीपावली र राजालाई नारायणहिटीबाट निर्मल निवास पठाउन माओवादीलाई सहयोग गर्नुपर्ने बताए । सँधै माओवादीप्रति आक्रामक देखिने स्थायी समिति सदस्य केपी ओली सो कार्यक्रममा माओवादीप्रति त्यति आक्रामक देखिएनन् । नवनिर्वाचित महासचिव झलनाथ खनालले भने माओवादीले आफ्ना िहंसात्मक कृयाकलापमा सुधार ल्याउनुपर्ने बताए । र आफ्नो नेतृत्वको पार्टी माओवादीसँग सहकार्य गरेर जान तैयार रहेको बताए । उनी बोल्न सुरु गर्नासाथ मदन भण्डारी र जीवराज आश्रितको हत्यारा को हुन् पत्ता लगाउनुपर्ने माग कार्यकर्ताले गरेका थिए । कार्यक्रममा जीवराज आश्रितकी धर्मपत्नी माया न्यौपाने, छोरी उषा न्यौपाने र मदन भण्डारीकी छोरी उषाकिरण भण्डारी उपस्थित थिइन् । एमाले नेताहरुका साथमा मदनकी जेठी छोरी उषा किरण बायाँ र जीवराजकी छोरी उषा न्यौपाने दायाँ आपसमा कुराकानी गर्दै Photos: Sitaram Baral निम्तो पाएर पनि मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारी र एमालेका पूर्व महासचिव माधव नेपाल कार्यक्रममा उपस्थित भएनन् । आश्रितकी धर्मपत्नी माया न्यौपानेले पार्टी पटक-पटक सत्तामा पुगेपनि दासढुङ्गा हत्याकाण्डको छानविन नगरेकोमा पार्टीप्रति रोष प्रकट गरेकी छन् । सन्चारकर्मीहरुसँग कुरा गर्दै आश्रित पत्नी माया न्यौपानेले भनिन्- 'उहाँहरुको हत्यापछि पार्टी पटक पटक सरकारमा पुगिसकेको छ । नेताहरुले सत्तामा जानु अघि उहाँहरुको हत्यारा पत्ता लगाउने भनेका थिए । तर पटक पटक सत्तामा पुग्दापनि हत्यारा खोज्ने काम भएन । अहिलेपनि कार्यकर्ताहरु उहाँको हत्यारा पत्ता लगाउनु पर्छ भनिरहेका छन् । तर पार्टी नेतृत्वले सुनेको नसुन्यै गर्न थालेको छ । त्यसैले चुनिएको नयाँ नेतृत्वले दास ढुङ्गा हत्याकाण्डको उच्चस्तरीय छानविन गराई दोषी पत्ता लगाउने काम गर्नुपर्छ ।' -Vivek Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®