|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
स्थानीय निकाय चुनाव गरेर मात्रै गठन गर्नु पर्ने नेपाली
काँग्रेसको ठहर काँग्रेसलाई प्रमुख दुश्मनको रुपमा लिनु माओवादीको अधिनायकवादी फासिष्ट चरित्र काठमाण्डौ, 22 Feb, 09- नेपाली काँग्रेसले माओवादीले काँग्रेसलाई प्रमुख दुश्मनको रुपमा लिनु उसको लोकतन्त्रप्रतिको कमजोर एवं देखवटी प्रतिबद्धता देखिएको तथा माओवादीको मौलिक एवं अधिनायकवादी फासिष्ट चरित्र प्रस्टीएको ठहर गरेको छ । काँग्रेस केन्द्रीय समितिको दुई दिन चलेको वैठकले यस्तो निर्णय गरेको फागुन ११ गते आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता तथा सहमहामन्त्री अर्जुननरिसंह केसीले बताए । पार्टी कार्यालयमा सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता केसीले माओवादीलाई आफै नाङ्गिन दिन काँग्रेस सरकार ढलाउने पक्षमा नरहेको बताए । केसीले सरकार आफै ढले नेतृत्व आफ्नो पार्टीले गर्ने दाबीसमेत गरे । नेपाली काँग्रेसले स्थानीय निकाय चुनाव गरेर मात्रै गठन गर्नु पर्ने ठहर गरेको छ । प्रवक्ता केसीले प्रजातान्त्रिक परम्परा, मर्यादा तथा संविधान सभामा प्रतिनिधित्व गर्ने अधिकाँश दलहरुको राय अनुसार स्थानीय निकाय चुनाव गरेर गठन हुनु पर्ने निर्णय गरेको जानकारी दिए । चुनाव सम्पन्न नहुँदासम्म अहिलेकै संयन्त्र अनुसार स्थानीय निकाय सन्चालन हुनु पर्ने आफ्नो पार्टीको धारणा रहेको प्रवक्ता केसीले उल्लेख गरे । यसअघि दलहरुवीच संविधान सभामा प्राप्त मतको आधारमा स्थानीय निकायका पदाधिकारीहरुका बाँडफाँड गर्ने सहमती भएको थियो । फागुन ९ र १० गते बसेको वैठकले राज्यपुर्न संरचना गर्दा मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डतालाई देशको भौगोलिक अवस्थिति अनुकुलता, जनसंख्या प्राकृतिक स्रोत र आर्थिक संभाब्यता, जातिय, भाषिक एवं सांस्कृतिक समीपता र सघनता, राजनीतिक संभाब्यता आदिलाई ध्यानमा राखेर स्वायत्त र समावेशी स्वरुपको संघीय संरचना गर्नु पर्ने निर्णय गरेको छ । वैठकले पारित गरेको १६ बुँदे निर्णयमा केन्द्रमा कार्यपालिका प्रमुख प्रधानमन्त्री हुने र प्रधानमन्त्री जनताप्रति र संसदप्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ । -Santa Bagam in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||