Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
स्थानीय निकाय गठन बिबादको अर्को ठाउँ

काठमाण्डौं, December 20, 2008- सत्ता साझेदार नेकपा माओवादी र नेकपा एमाले बीच स्थानीय निकायको गठन गर्ने कुरामा सहमति भएपनि कस्तो आधार तैयार गरेर गठन गर्ने भन्ने विषयमा विवाद देखिएको छ ।
सरकारको नीति तथा कार्यक्रममा पुष महिनाभित्र स्थानीय निकाय गठन गर्ने कुरा उल्लेख छ । सोही अनुसार माओवादी तथा एमालेका नेताहरु स्थानीय निकाय गठन सम्बन्धमा छलफल गर्न शुक्रबार बैठक बसेका थिए ।

२०५४ मा पाँच बर्षे कार्यकालकालागि स्थानीय निकायको चुनाव भएको थियो । २०५९ मा त्यसको पदावधि सकिएपछि न चुनाव हुन सकेको छ न त सहमति अनुसार स्थानीय निकाय राजनीतिक पार्टीहरुबीचको सहमतिमा नै गठन हुन सकेको छ । शाही कालमा भएको स्थानीय निकाय नगरपालिकामात्रको चुनावलाईपनि लोकतन्त्रपछिको सरकारले खारेज गरिसकेको छ ।

२०५४ को निर्वाचन परिणामलाई आधार बनाएर स्थानीय निकाय गठन गर्नुपर्ने एमालेको अडान र माओवादी लगायतका दलहरुको अस्वीकारोक्तिका कारण यसअघि स्थानीय निकाय गठन हुन सकेको थिएन । २०५४ को चुनावमा एमालेले अग्रता हासिल गरेकाले सोही चुनावलाई आधार मानेर स्थानीय निकाय गठन गिरंदा आफ्नो अनुकूल हुने आशा एमालेको थियो ।

माओवादीले भने २०५४ भन्दा यताको जनमतको स्थितिमा आकास जमिनको अन्तर आएको बताउँदै आएको थियो । आफ्नो अडान संविधान सभा निर्वाचन परिणामले देखाएको बताउँदै संविधान सभा निर्वाचन परिणाम अनुसार स्थानीय निकाय गठन हुनुपर्ने अडान माओवादीले राखेको छ । एमालेको पछिल्लो अडान भने संविधान सभा निर्वाचन परिणाम र २०५४ को परिणामलाईपनि आधार बनाइनुपर्ने भन्ने छ ।

तर एमालेको अडानप्रति कुनैपनि ठूला दलहरुको सहमति देखिएको छैन । सत्तारुढ मधेशी जनअधिकार फोरमले समेत एमालेको अडानप्रति असहमति जनाएको छ । कांग्रेसपनि यस मुद्धामा एमालेसँग असहमत छ । यो स्थितिमा पुष महिनाभित्र स्थानीय निकाय गठन गर्न सत्तारुढ ठूला दलहरु सहमत भएपनि स्थानीय निकाय गठन हुन सक्ने स्थिति भने देखिदैन ।

-Sitaram Baral in Kathmandu







   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®