|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
लोडसेडिङले जनजिवन अस्तव्यस्त, ब्यापारी र विद्यार्थी प्रभाबित![]() कोशी साईबर सन्चालक उत्तम कुमार लोडसेडिङको कारण उनि पेशानै परिवर्तन गर्ने सोचमा छन्। Photos: Jayanti काठमाण्डौ, January 15, 2009- सधै विहानदेखि व्यस्त रहने राजधानीको डिल्लीबजार स्थित कोशी साईबर आज सुन्य छ। साढे दुई लाख लगानीमा सुरु भएको यो साईबर दिनको १६ घण्टा लोडसेडिङको कारण बन्द हुने अवस्थामा छ। कोशी साईबरका सन्चालक उत्तम कुमार भन्छन् 'अव दुई महिना पर्खन्छु त्यसपछि पनि लोडसेडिङ घटेन भने पेशानै परिवर्तन गर्छु' उनि थप्छन् 'लगानी नउठेपनि अहिलेसम्म जेनतेन सन्चालन गर्न पुगेको थियो तर अब मासिक भाडा कसरी बुझाउने भन्ने चिन्ता छ। उनिमात्र हैन यस्ता साईबर र इन्स्टिच्यूट सन्चालन गर्नेहरु अत्याधिक मारमा परेका छन्। लोडेसेडिङकै कारण टोफल, आइइएलटिएस कक्षा सन्चालन गर्न बाधा भएको रियाक्सन नेपाल इन्स्टिच्यूटका प्रशासक विप्लव निरौला बताउछन्। 'विजुली बत्ती नहुदा कम्प्युटरमा प्रयोगात्मक गराउन सकिदैन, अब दैनिकी जिविका कसरी चलाउने अलमल्ल छु।' उनले भने। नेपालमा यो नै पहिलो लोडसेडिङ भने होइन तर पहिलो पटक दैनिक १६ घण्टा लोडसेडिङले सबैलाई पार्नुसम्म मर्का पारेको छ। विजुली बत्ती नहुदा वैकल्पिक बाटो भनेको जेनेरेटर र इन्भर्टर हो तर साईबर र इन्स्टिच्यूट सन्चालनमा यी महगो भएका कारण किन्न नसिकने सन्चालकहरुको भनाई छ। एउटा साधारण इन्भर्टरको मुल्य करिव दुई लाख र जेनेरेटरको ६० हजार पर्ने कोशी साईबरका सन्चालक उत्तम कुमार बताउछन्। 'त्योपनि जेनेरेटर सन्चालनमा पेट्रोल किन्नुर्पर्छ इन्भर्टर पुर्णरुपमा चार्ज नभइ वत्ती जान्छ' उनले भने। राजधानीमा प्राय सबैजसो साईबर र इन्स्टिच्यूट विजुलीको लाईनमा सन्चालन भएको कारण बढी मारमा परेका हुन्। |
|
![]() राजधानीमा रहेका यी विभिन्न इन्स्टिच्यूटहरु लोडसेडिङकै कारण कतिपय वन्द हुने अवस्थामा पुगेका छन्। २४ घण्टामा आठ घण्टा मात्र विजुली बत्तीको सुविधा पाउने व्यापारी तथा सन्चालक मात्र हैन ग्राहाक तथा विद्यार्थी पनि उत्तिकै मारमा परेका छन्। चावहिलबट फोटो कपी गर्नको लागी जेनेरेटरबाट सन्चालित पुतली सडकको जोन साईबर तथा कम्युनिकेसन आएका नरेस मगर बताउछन्। 'छात्रावृत्तिको लागी आवेदन बुझाउने आज अन्तिम म्याद हो धन्न यहाँ फोटो कपी रहेछ' उनले भने। तिन महिना भित्र ए प्लस र एमसीपी सकि विलगेटस्को हस्ताक्षर भएको प्रमानपत्र लिई राम्रो कम्पनीमा जागिर खाने धोको अपुरो भएको कम्प्युटरका विद्याथी विनोद राई बताउछन्। उनि थप्छन् 'विजुली वत्ती नभएर कक्षानै सन्चालन भएको छैन अब के गर्ने आफै अलमल छु' हप्ताको छ घण्टादेखि दैनिक चार, छ, आठ, बाह्र हुदै सोह्र घण्टा पुगेको लोडसेडिङले व्यापार व्यवसायलाई मात्र हैन सघ सस्था सन्चालनमा पनि उत्तिकै असर पारेको छ। सामाजिक विकासका परामर्शदाता डम्बर लोहोरुङ आक्नो जिवन शैलि विजुली वत्तीको लाईलसग हिडाउन थालेका छन्। 'रराती दुई वजे वत्ती आयो उठेर कम्प्युटरमा काम गरे, चार वजे वत्ती गयो विहान छ वजे तालिम दिन जानुपर्ने थियो अनिदै छु' उनले भने। तलिममा कतिपय विषयवस्तुहरु प्रोजेक्टर मार्फत देखाउनुपर्ने भएको तर विजुली नभएको कारण तालिम वेतालको भईरहेको गुनासो छ उनको। ![]() कार्यलय समयमा बिजुली वत्ती नभएपछि रातमा काम गर्दै जनजाति सशक्तिकरण परियोजनाका कार्यकारी निर्देशक ईन्द्र कुलुङ। Photos: Jayanti कुनै परियोजना सफल भएमा स्याबास र असफल भएमा अब्जस पाउने व्यक्ति हुन् कार्यकारी निर्देशक। त्यसैले रातभरी कार्यालयमा काम गर्न बाध्य छन् आदिवासी जनजाति गैरसरकारी सस्था नेपाल अन्तर्ग सन्चालित जनजाति सशक्तिकरण परियोजनाका कार्यकारी निर्देशक ईन्द्र कुलुङ 'कम्प्युटरमा रिपोर्ट तयार पारेर दातालाई बुभलाउनुपर्छ नभए थप परियोजना रोकिन्छ रातभरि बसेर भएपनि काम त गर्नैपर्योनी' उनले भने। उनले आक्नो डेस्क अगाडी हाइलाइट गरी लोडसेडिङको तालिका राखेका छन्। हिजो आज राजधानीका प्राय सबै कार्यलय र घरमा लोडसेडिङको तालिक टासिएका हुन्छन्। विश्वमा जलस्रोतको दोस्रो धनी देश नेपालमा दैनिक १६ घण्टा लोडसेडिङको मार विद्यार्थीलाई नपर्ने त कुरै भएन त्यसमा पनि सघारमा टेस्ट र आँगनमा एस.एल.सी परिक्षा आएका विद्यार्थीलाई बढि परेको छ। गुहेश्वरी विद्यालयका विद्यार्थी प्रमेश किराती भन्छन् 'टेस्ट परिक्षा माघ तीन गतेदेखि छ, दिन टिउसनमा बित्छ राती विजुली हुदैन मैनबत्तीमा पढ्न अप्ठ्यारो हुन्छ कसरी पास गर्ने चिन्ता लाग्न थालेको छ'। अर्का पशुपती क्याम्पसका दिपक पुजारा दिनभरी काम गर्नुपर्ने बेलुकी मात्र पढ्ने समय भएको तर बिजुली वत्ती नहुने मैनबत्ती स्वास्थ्यलाई हानिकारक र महँगो हुने वताउछन्। 'यति धेरै जनजिवन प्रभावित हुदापनि सरकारले वैकल्पिक व्यवस्था नगरे आन्दोलनमा उत्रिन्छौ' उनले आक्रोसित भएर भने। टेलिफोन सन्चारमा पनि लोडसेडिङले अवरोध पुर्याएको छ। काठमाण्डौवाट सखुवासभा समान पठाउने व्यापारी जनक श्रेष्ठ मोवाइल फोनमा चार्ज सकिएर महत्वपूर्ण कुरा गर्न नपाएकोमा गुनासो गर्छन् 'इम्पोटेन्ट कल थियो उठाउने वित्तिकै मोवाइलनै अफ भयो चार्ज गर्न विजुलीको लाईन छैन यो देशको अवस्थादेखि दिक्क लाग्न थालेको छ' उनले भने। मोवाइल फोनमा मात्र हैन चार्जबाट सन्चालिने हुने सीडीएमए र युटीएल फोन लगायतमा पनि त्यस्तै समस्या छ। उपभोक्ता मात्र हैन नेपाल टेलिकमनै लोडसेडिङको समस्यामा गुजि्रएको छ। टेलिकमले लोडसेडिङकै कारण टेलिफोन सन्चारमा अवरोध भईरहेको जनाएको छ। हिजो आज कसैलाइ टेलिफोन सम्पर्क गर्न परे पटक पटक रिडायल गर्नुपर्छ। दैनिक आठ घण्टाको विजुली लाइनमा मात्र टेलिकमको आवश्यक व्याट्री चार्ज गर्न नहुने भएकोले टेलिफोन सेवामा अवरोध हुने सुचना समेत नेपाल टेलिकमले जारी गरेको छ। विधुत बेचेर नेपाललाई धनी बनाउने भाषण गर्दै हिड्ने सरकारको यो लोडसेडिङले कसैलाई आक्रोसित त कसैलाई थकित बनाएकोछ। साईबर र कम्युनिकेसन सन्चालन गरेर चार जनाको परिवार धान्दै आएका महेश घिमिरेलाई लोडसेडिङले निरास बनाएकोछ, उनि भन्छन् 'अब बालबच्चालाई कसरी पढाउने तत्काल जिविका उपार्जन गर्ने कुनै विकल्प छैन यो लोडसेडिङले खुत्रुकै बनायो' -Jayanti Chamling Rai in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||