|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
लोडसेडिङ्गको ठुलो मार उद्योगधन्दा र अनलाइनमा कार्यरत
पत्रकारहरुलाई काठमाण्डौं, 18 Mar, 09- लोडसेडिङ्गका कारण राजधानी काठमाडौं लगायतका शहर तथा ग्रामीण क्षेत्रको जनजीवनसमेत तवाह हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटोभन्दा छिटो लोडसेडिङ्ग हटाउने उपाय खोज्न तथा त्यसलाई कार्यान्वयन गर्न जलश्रोत मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयका सरकारका काम कार्वाहीहरुको समीक्षा गर्न आयोजित बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको यो निर्देशनपछि संभवत यसअघि विरोधका कारण रोकिएको थर्मल प्लान्टबाटै विजुली उत्पादन गर्ने काम अब सुरु हुनेछ । लोडसेडिङ्कका कारण विजुलीबाट चल्ने उद्योगधन्दाहरु नियमित रुपले सुचारु हुन सकेका छैनन् भने सचारकर्मीहरुलेसमेत सजिलोसँग काम गर्न पाएका छैनन् । विजुलीको अभावका कारण छिनछिनमा समाचार देश बाहिर पठाउनु पर्ने पत्रकारहरुलाई निकै अप्ठेरो हुन थालेको छ । यसको सबैभन्दा ठूलो मार अनलाइनमा कार्यरत पत्रकारहरुलाई परेको छ । इन्भर्टर र ल्यापटप चार्ज गर्न चाहिने समयजत्तिपनि विजुली आउन छाडेको छ । विद्युत अभावका कारण कतिपय पत्रपत्रिकाहरु नियमित रुपले प्रकासित हुनसमेत छोडेका छन् । विजुली संकटका कारण राजधानीमा पानीको चर्को अभाव सुरु भएको छ । लाइनको पानीको कमीका कारण अधिकांस राजधानीबासीले जमिनबाट बोरिङ्ग गरी पानीको संकट टारिरहेका छन् । पानी तान्नकालागि विजुलीबाट चल्ने मोटरहरु प्रयोगमा छन् । लाइनबाट आउने पानीपनि बिजुली मोटर प्रयोग गरेमामात्र राम्रोसँग आउने गरेको छ । तर पानी आएका बेला विजुली नहुँदा पानीको समेत संकट सिर्जना भएको हो । विजुली र पानीको यति सार्हो अभाव राजधानीमा कहिल्यै भएको थिएन । रातको समयमा मात्र सचालनमा ल्याइएको कुलेखानी जलविद्युत आयोजनाकालागि निर्माण गरिएको जलासय सुक्दै गैरहेको छ । कुलेखानीको पानी िपंधमा पुगिसकेको छ । कुलेखानीबाट रातको समयमा करिव ४६ मेघावाट विजुली उत्पाद हुने गरेको छ । कुलेखानी सुकेमा अझ ठूलो विद्युत् संकट सिर्जना पक्कापक्की छ । तर लामो समयदेखि पानी परिरहेको छैन । यही स्थितिको बिचार गरी प्रधानमन्त्रीले सम्बद्ध अधिकारीहरुलाई लोडसेडिङ्ग चाँडो भन्दा चाँडो हटाउने उपाय खोज्न निर्देशन दिएका हुन् । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||