|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
लिम्बुवानका जनता जागे, लिम्बुवान स्वायतताका लागि जनसभाहरु शुरु |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Photos courtesy: United Limbuwan Front आदरणीय लिम्बुवानवासी दिदीबहिनी तथा दाजुभाइहरु ! नेपाली जनताको त्याग, तपस्या र बलिदानले आज मुलुकमा आमुल परिवर्तन भएको छ । विभिन्न समयमा भएका जनआन्दोलन र दशौं वर्षको जनयुद्धको उत्कर्ष स्वरुप ०६२/०६३ को बलिदानीपूर्ण संघर्षपछि सामन्तवादको नाइके राजसंस्थाको अन्त्य भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा प्रवेश गरेको छ। शदियौंदेखिको शोषण र उत्पीडनको बन्धन चुँडालेर आज सम्पूर्ण जाति, भाषा, धर्म, संस्कृति र क्षेत्रहरु आफ्नो अधिकार प्राप्तिको लागि जुटेका छन् । यसै सन्दर्भमा आफ्नो ऐतिहासिकताको आधारमा सम्पूर्ण लिम्बूवानवासी जनताहरु लिम्बुवान स्वायत्त राज्य निर्माणका लागि आन्दोलित बनेका छन् । लिम्बुवानवासी जनताको यही चाहनालाई मूर्त रुप दिन विगत धेरै समयदेखि उठिरहेको लिम्बुवान प्राप्तिको आन्दोलनहरुको सम्बोधन गर्न र लोकतान्त्रिक मान्यतामा आधारित लिम्बुवान स्वायत्त राज्य निर्माणका लागि एकीकृत र संगठित शक्तिको आवश्यकता महशुस गरी लिम्बुवान स्वायत्त राज्य निर्माणका लागि संयुक्त लिम्बुवान मोर्चा नेपालद्वारा आयोजना हुन गइरहेको विशाल जनप्रदर्शन र जनसभाहरु निम्न मिति समय र स्थानहरुमा हुने भएकोले नयाँ नेपालको संविधान लेखिँदा विगतमा शान्तिपूर्ण वा सशस्त्र रुपमा उठेका राजनीतिक मुद्दाहरुको दीर्घकालीन समाधानका लागि लिम्बुवान मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा एकीकृत नेकपा माओवादी, संघीय लिम्बुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय मच नेपाल, लोकतान्त्रिक किरात लिम्बू संघ नेकपा एमाले, नेपाल लिम्बुवान स्वशासित संघ एकीकृत नेकपा एकीकृत, लिम्बुवान प्रान्तीय परिषद राजमुपा, नेपाली कांग्रेस सम्वद्ध लिम्बूहरु र किरात याक्थुङ चुम्लुङबीच संयुक्त लिम्बुवान मोर्चा नेपाल गठन भई विगतदेखि नै केन्द्रीय सरकारका प्रधानमन्त्रि राष्ट्रपति सभाध्यक्ष र राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउनेलगायत विभिन्न दवावमूलक कार्यक्रम गर्दै आइरहेको जानकारी गराउँदछौं । |
|
![]() Bir Nembang. Photos courtesy: United Limbuwan Front यसैक्रममा स्वायत्त लिम्बुवान राज्यबारे २०६५ पौष १९-२० मा धरानमा बसेको मोर्चाको विस्तारित बैठकले लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि लिम्बुवानवासी सम्पूर्ण जाति, जनजातिहरुको अधिकारलाई सुनिश्चित गर्दै सरकारलाई दवाव दिन र स्थानीय स्तरमा जागरण ल्याउन शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको जानकारी गराउँछौं । लिम्बुवानवासी आदरणीय दिदीबहिनी तथा दाजुभाइहरुमा हाम्रो निम्न बमोजिम हुन गइरहेको शान्तिपूर्ण विशाल जनप्रदर्शन र जनसभामा उपस्थित भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान राज्यको स्थापनामा सहयोग गर्न आह्वान गर्दछौं । उक्त जनसभालाई मोर्चाको केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जानकारी गराउँदछौं । ![]() विशाल जनसभा हुने मिति र स्थानहरुः माघ २२ गते - ताप्लिजोङ जिल्ला फुङ्लिङ बजार माघ २४ गते - पान्थर जिल्ला फेदेम बजार माघ २५ गते - इलाम जिल्ला इलाम बजार माघ २६ गते - झापा जिल्ला दमक बजार माघ २७ गते - मोरङ जिल्ला पथरी बजार माघ २८ गते - सुनसरी जिल्ला धरान बजार माघ २९ गते - धनकुटा जिल्ला धनकुटा बजार फागुन १ गते - तेह्रथुम जिल्ला मेयाङलुङ बजार फागुन ३ गते - संखुवासभा जिल्ला सिद्धपोखरी बजार उपरोक्त विशाल जनसभापछि संयुक्त लिम्बुवान मोर्चाको तर्फबाट स्वायत्त लिम्बुवान राज्यको समर्थनमा १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने साथै चैत्र पहिलो साता विशाल जनसमूहको उपस्थितिमा एकात्मक केन्द्रीकृत राज्यसत्ता घेराऊ गर्ने कार्यक्रम रहेको छ । संयुक्त लिम्बुवान मोर्चा नेपाल सङ्युक्त लिम्बुवान मोर्चा, नेपालको आमसभा फुङलिङ ताप्लिङजोङमा फुङलिङ ताप्लिङजोङ, लिम्बुवान, 6 Feb, 09- लिम्बुवानमा रहेका विभिन्न राजनीतिक संगठन तथा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ आवद्ध सङ्युक्त लिम्बुवान मार्चा, नेपालको विशाल आमसभा पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम अनुसार माघ २२ गते फुङलिङ बजार ताप्लिङजोङमा सम्पन्न भएको छ । मोर्चाका जिल्ला संयोजक प्रेम सेत्लिङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम शुरु हुनुभन्दा पहिले सबै दल तथा चुम्लुङ सम्वद्ध जनमानसले विभिन्न नाराबाजीका साथ फुङलिङ बजार परिक्रमा गरेको थियो । सबै दल तथा चुम्लुङका शीर्षास्थ नेतृत्व, मोर्चाको कार्यदल तथा सम्वद्ध विभिन्न भातृसंगठनको समेत उपस्थिथिति रहेको सो कार्यक्रममा जिल्लाका ५० वटै गा.वि.स. बाट जनमासको उपस्थिति रहेको थियो । यस आमसभामा स्वागत भाषण चुम्लुङ जिल्ला अध्यक्ष प्रकाश येङदेनले गर्नु भएको थियो । सभाका बक्ताहरु चुम्लुङका महासचिव योगराज वनेम, नेपाली कांग्रेसका मंगल मेन्याङबो, लिम्बुवान प्रान्तीय परिषद (राजमुपा) का इञ्चार्ज के. पी. पालुङवा, नेपाल लिम्बुवान स्वशासित संघ एकीकृत (नेकपा एकीकृत)का के. बी. फुदोङ, नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ (नेकपा एमाले) का त्रिवेणी चोङबाङ, संघीय लिम्बुवान राज्य परिष्द (संघीय लोकतान्त्रिक राष्टि्य मञ्च) का कुमार लिङदेन मिराक, लिम्बुवान राष्टि्य मुत्तmि मोर्चा (एकीकृत नेकपा माओवादी)का मा. धु्रव आङदेम्बे, लिम्बुवान राष्टि्रय मुक्ती मोर्चाका वीर नेम्बाङलगायत सभाषद सञ्चपाल मादेन र सूर्यमान गुरुङले संघीय लाकेतान्त्रि गणतन्त्र नेपाल र आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान जातीय स्वायत्त राज्यको आवश्यकता तथा यसको प्राप्तिको सम्भावना, चुनौती र आगामी आन्दोलन बारे आ आफनो विचार ब्यक्त गर्नुभयो । यस कार्यक्रमको सञ्चालन मञ्च सम्वद्ध संघीय लिमबुवान राज्य परिषदका ताप्लिङजोङ जिल्ला परिषद अध्यक्ष होम तुम्बाहाम्फेले गर्नु भएको थियो । -डीबी आङबुङ (DB Angbung), फुङलिङ, ताप्लिजोङ, लिम्बुवान ![]() Dhruba Angdembe. Photos courtesy: United Limbuwan Front ![]() Photos courtesy: United Limbuwan Front ![]() Sanchpal Maden. Photos courtesy: United Limbuwan Front Suryaman Gurung. Photos courtesy: United Limbuwan Front ![]() Tribeni Chongbang. Photos courtesy: United Limbuwan Front ![]() Photos courtesy: United Limbuwan Front |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||