Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पूर्वको शान्त लिम्बुवान अब दन्‍दनी जल्न थाल्‍दै छ

काठमाण्डौं, November 15, 2008- मधेसभन्दा अपेक्षाकृत शान्त मानिएपनि पल्लो किराँत अर्थात् लिम्बुवानको समस्या पनि बेलैमा समाधान गरिएन भने लिम्बुवान पनि अर्को मधेस बन्न सक्ने संकेतहरु देखिएका छन् । देश जल्न थालेपछि त्यसैको उज्यालोमा मात्र आफुले गरेका सम्झौता देख्ने प्रचलन सरकारले अब त्याग्नुपर्नेमा माओवादी नेतृत्वको सरकारले यसतर्फ ध्यान दिएको देखिन्न ।

लिम्बुवानमा संघर्षरत कतिपय संगठन सरकारसँग भएको सम्झौतालाई आधार बनाएर ती सम्झौता पूरा नभए केन्द्रीय सत्ताका सरकारी निकायलाई विस्थापित गरी स्वायत्त समानान्तर सरकार बनाउने तयारीमा छन् ।

सन्‍जुहाङ पालुङ्वाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषद्ले गत चैत ६ गते सरकारले आफुसँग भएको पाँचबुँदे सम्झौता साउनभित्र कार्यान्वयन नभए लिम्बुवान बन्द गर्ने चेतावनी दिएको थियो । साथै उसले 'केन्द्रीय राज्यसत्ता काठमाडौं फिर्ता जा ! स्थानीय सत्ता लिम्बुवान जनतालाई जिम्मा ला !' भन्ने प्रचारात्मक अभियान तीव्र पार्ने जनाएको थियो ।

यसैगरी गाविस, जिविसलगायत केन्द्रीय सत्ताका सरकारी निकायलाई तालाबन्दी र विस्थापित गर्दै लैजाने नीतिपनि सो पार्टीले लिएको छ । यति गर्दा पनि सरकारले माग पूरा नगरे लिम्बुवान स्वायत्त समानान्तर सरकारको गठन गरी केन्द्रीय सत्तालाई चारैतिरबाट आर्थिक सहयोग र नाकाबन्दी गर्ने निर्णय सो पार्टीले गरिसकेको छ ।

तीन महिना पहिले झापाको बिर्तामोडमा बसेको परिषद्को बैठकले यो निर्णय गरेको थियो । तर उसका मागहरु पुरा भएका छैनन् । सरकारले अन्य समुहहरुसंग वार्ता गर्ने बताएपनि यो समुहसंग भने गम्भीर रुपले वार्ता गर्ने तदारुकता सरकारमा देखिएको छैन ।

संविधान सभा चुनावलाई असर पर्ने गरी मधेस आन्दोलन चल्दै गर्दा पल्लो किराँतमा पनि लिम्बुवान स्वायत्तताको माग गर्दै आन्दोलन चर्केको थियो । लिम्बुवान राज्यपरिषद्को कुमार लिङ्देन समूह संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍चमार्फत वार्तामा बसी सम्झौता गरे पनि पालुङ्वा समूह वार्तामा बसेको थिए । यही कारण लिम्बुवानमा चुनावै नहुने परिस्थिति सिर्जना भयो ।

त्यसैले ०६४ चैत ३ गते शान्तिमन्त्री रामचन्द्र पौडेलले परिषद्सँग ६ बुँदे सम्झौता गरे । सम्झौतामा ऐतिहासिक पृष्ठभूमि, भौगोलिक क्षेत्रलगायतका आधारमा लिम्बुवानलगायत स्वायत्त राज्य गठन गरिनुपर्ने, राज्य पुनस्रंरचना आयोग गठन गर्दा सो परिषद्का प्रतिनिधि पनि राख्नुपर्नेलगायतका बुँदा थिए । संविधान सभा चुनाव निर्विघ्न सम्पन्न हुन दिए पनि सो समूह आफैँले भने चुनावमा भाग लिएन ।

पालुङ्वा समूहलाई लिम्बुवानमा कि्रयाशील राजनीतिक ठु‍ला राजनीतिक पार्टीपछिको शक्तिशाली मानिन्छ । गत भदौमा सरकारसँग असार ६ गते भएको सम्झौताबारे राजनीतिक पार्टीहरुलाई स्मरण गराएको थियो । यसैगरी सभामुख सुवासचन्द्र नेम्वाङलाई शनिबार भेटेर अध्यक्ष पालुङ्वाले सम्झौतामा भएका कुरा पालना नगरिए समानान्तर सरकार गठन गरिने चेतावनी दिएका थिए ।
 
कुनै पनि समूहलाई साना ठानेर हेप्दा त्यसले सिर्जना गर्ने परिणाम माओवादीदेखि फोरमले गरेका आन्दोलनले देखाइसकेका छन् । साना भनिएका संगठनले गर्ने सशक्त आन्दोलनले सरकारलाई ´झुकाउने गरेको र सरकार सम्झौता गर्न बाध्य भएको पनि पनि देखिइसकेको छ ।

त्यसैले जोसँग गरिएका हुन् र जसले राखेका जायज माग होऊन् सरकारले इमानदारीपूर्वक तिनको पालना गर्नुपर्ने देखिन्छ । देश जल्न थालेपछि त्यसैको उज्यालोमा मात्र आफुले गरेका सम्झौता देख्ने प्रचलन सरकारले अब त्याग्नुपर्नेमा माओवादी नेतृत्वको सरकारले यसतर्फ ध्यान दिएको देखिन्न ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®