|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal & New York: नेपाली खबरहरु |
||
|
लिम्बुवानको माग धरानदेखी बेलायतसम्म लिम्बुवानको लालमोहर अंकित बोर्ड स्थापना धरानमा -माङ्गेन्ना याक्थुङ्मा न्यूयोर्क, काठमाडौं, April 8, 2008-लिम्बुवान संघर्ष समितिले पृथ्वीनारायण शाहले दिएको लालमोहर अंकित बोर्ड धरानको भानुचौकमा स्थापना गरेको छ । वि. सं. १८३१ साउन २२ गते लिम्बूहरुलाई प्रदान गरेको सो लालमोहर अङ्कति बोर्ड आइतबार एक सभाका बीच भानुचौकमा राखिएको हो । सो बोर्ड राख्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष उत्तमसिंह थाम्देनले जातीय स्वायत्ततासहितको राज्यको माग गर्नुभयो । सभामा लिम्बुवान राज्यको माग गर्दै वक्ताहरुले लिम्बूहरुको इतिहासलाई मेट्न नहुने बताउनुभयो । कार्यक्रममा लोकतान्त्रिक किरात लिम्बू संघका नरेश लिम्बू, लिम्बुवान राज्य परिषद्का केन्द्रीय सदस्य जनक चेम्जोङ, केबी फुदुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषद्का लोकसागर साम्पाङ, दुर्गा माया लिम्बू, मुक्सामहाङ मेन्याङ्बोलगायतले बोल्नुभएको थियो । जयकुमार केरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजन लिम्बुवान स्वायत्त सरोकार मञ्चले गरेको थियो । इटहरीमा श्रीजङ्गा लिपिको साइनबोर्ड राखियो किरात याक्थुङ चुम्लुङ्ग, इटहरी शाखाको अगुवाइमा त्यहाँका लिम्बुहरुले हिजो इटहरी नगरपालिकामा श्रीजङ्गा लिपिका साइनबोर्ड राखेका छन्।नागरिक समाज, बुद्धिजीवी, समाजसेवी र स्थानियबासीसहितको उपस्थितिमा चुम्लुङ्गले लिम्बु भाषामा लेखिएको साइनबोर्ड राखेको हो। सङ्घीयताको कुरा उठिरहेकाले सोको थालनीस्वरुप नगरपालिकामा लिम्बु भाषाको साइनबोर्ड राखिएको चुम्लुङ्गकी नगरअध्यक्ष उषा लिम्बुले बताउनुभयो। सरकारी कार्यालयमा श्रीजङ्गा लिपिका बोर्ड राख्ने अभियान नै चलाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो। यसअघि धरानका केही सरकारी कार्यालयमा श्रीजङ्गा (लिम्बु) भाषाका साइनबोर्ड राखिसकिएको छ। अरुण सम्झौता खारेज गर्न लिम्बुवानको माग लिम्बुवान सङ्घर्ष समितिले हालै सरकार र भारतीय ऊर्जा निगम सतलजबीच अरुण तेस्रो आयोजना सञ्चालनसम्बन्धी भएको सम्झौता तत्काल खारेज गर्न माग गरेको छ। लिम्बुवान सङ्घर्ष समितिको धरानमा बसेको तीनदिने बैठकले सरकार र भारतीय ऊर्जा निगम सतलजबीच अरुण तेस्रो सञ्चालनका लागि भएको सम्झौता लिम्बुवानवासीलाई नसोधी गरिएकाले सो सम्झौता तत्काल रद्द हुनुपर्ने निर्णय गरेको जानकारी दिएको छ। समन्वय समितिले धरानमा बैठकले गरेको निर्णय पत्रकार माझ र्सार्वजनिक गर्दै अरुण तेस्रो आयोजना लिम्बुवानवासीको सहमति बेगर सरकारले सञ्चालन गर्ने प्रयास गरे त्यो प्रयास सफल हुन नदिने सङ्घर्ष समितिले चेतावनी दिएको छ। देश सङ्घीय स्वरुपमा रुपान्तरण हुने स्थितिमा रहेको र अरुण तेस्रो जलविद्युत आयोजना लिम्बुवान क्षेत्रमा पर्ने भएकाले त्यो आयोजना सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको निर्णय लिम्बुवानवासीको सरोकारको विषय रहेको पनि पत्रकारहरुलाई जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा लिम्बुवान सङ्घर्ष समन्वय समितिका संयोजक उत्तमसिंह थाङदेनले अरुण तेस्रो जलविद्युत आयोजना सम्बन्धी सरकार र भारतीय ऊर्जा निगम सतलजबीच भएको सम्झौता लिम्बुवानको हित विपरित रहेको टिप्पणी गर्नुभएको छ। थाङदेनले लिम्बुवान क्षेत्रको प्राकृतिक स्रोत र साधनमाथि एकात्मक राज्य सरकारले बलजफ्ती निर्णय लादन नमिल्ने तर्क अघि सार्नु हुँदै अरुण तेस्रो जलविद्युत आयोजना सञ्चालन सम्बन्धी निर्णय लिम्बुवानवासीको सहमतिबाट मात्र अघि बढ्ने जिकिर गर्नुभएको छ। सोही अवसरमा नेपाल स्वशासित लिम्बु सङ्घका केन्द्रीय अध्यक्ष केवी फुदुङले पनि अरुण तेस्रो जलविद्युत आयोजना लिम्बुवानवासीको भावना विपरित भएकाले त्यसको कार्यान्वयन गर्न दिनु भनेको लिम्बुवानवासीले आफ्नै खुट्टामा बन्चरो हान्नु सावित हुने तर्क अघि सार्नुभएको थियो। चुक्मिहाङ एसोसिएसन युके लिम्बूवान स्वायत्तताको पक्षमा चुक्मिहाङ एसोसिएसन युकेको लण्डनमा हालै बसेको बैठकले लिम्बूवान स्वायत्तताको पक्षमा जाने निर्णय गरेको छ। उक्त बैठकले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मोर्चाबीच भएको सहमतीको स्वागत पनि गरेको छ। एसोसिएसनले आफ्ना अभियानलाई तिब्र पार्न युके शाखाले प्रवासमा प्रचार-प्रसार गर्ने भएको छ भने नेपाल शाखाले नेपालका मोर्चाहरुसंग सहकार्य गरी सबै निकायलाई स्वायत्तताको पक्षमा मोर्चाबद्ध गदै लिम्बवान राज्य प्राप्त नभएसम्म अभियान जारी राख्ने जनाएका छन्। “लिम्बूवान स्वायत्तता लिम्बूवान बासीहरुको जीवन मरण” नाराका साथ बसेको बैठकले संघीयताको सीमांकन गर्दा सम्बन्धित लिम्बूवानका बिज्ञहरुलाई पनि समावेश गर्नु पर्ने माग राखेका छन्। लिम्बूवान राज्य प्राप्तिको लागि वेलायतमा रहेका लिम्बूवानवासीहरुको प्रतिबद्धता गत २७ फेब्रुवरीका दिन लण्डनमा सम्पन्न भेलाले जे. याक्थुङ्बाको संयोजकत्वमा वेलायतमा लिम्बूवान स्वायत्त सघर्ष मञ्चको निर्माण भएको छ। भर्खरै निर्माण भएको १५ सदस्य मञ्चले अन्तरक्रिया लगायत आर्थिक सहयोग संकलनको कार्य पनि धमाधम अघि बढाएको छ। यो असारे रोपाइमा सबैको सहभागिता रहेको खण्डमा भोलि मंसिरमा पाक्ने बालि सामुहिक तवरले उठाउन मिल्दछ अन्यथा रोपाई गर्न नचाहने तर भोलि पाकेको बालि उठाउन तम्सिनु नमिल्ने भन्दै भोलिको स्वायत्त राज्य सबैको जित हुने कुरा उल्लेख गरेका छन्। सयौ बर्षमा आउने यो फलाम तातिएको जस्तो एउटा विशिष्ट परिस्थितीलाई सबैले बुझ्नु पर्ने लगायत विदेशमै बसेको भए पनि देशको लागि, आफ्नो गाँउठाँउ र समाजको लागि केही न केही योगदान पुर्याउन सबैमा आग्रह गरेको छ। वेलायतमा बसोवास गर्नेहरुको नेपालमा आफ्नै पहिचान रहेकोले पनि झनै यो नयाँ संरचनाको संवेदनाशिल अवस्थामा सहभागिता हन अनिवार्य भएको हो उल्लेख छ। |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®