Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Archive»
Photo: United Limbuwan Fron Nepal. Limbu leaders united for Limbu Autonomous State.
Illustration: eEyeCam

स्वायत्त लिम्बुवानकालागि लिम्बु संघ संगठनहरु एकजुट
'एक मधेश एक प्रदेश' को नाराले लिम्बुवान भूमि अतिक्रमण हुने ठहर


उत्तमिसंह थाङदेन, केबी फुदुङ्ग, बीर नेम्वाङ्ग र केवी पालुङवा Limbu leaders at the event. Photos courtesy: United Limbuwan Front, Nepal

काठमाडौं,  July 28, 2008- लिम्बुवानका विरुद्ध अझै षडयन्त्र हुनसक्ने आशंका गर्दै विभिन्न पार्टीका लिम्बु संघ संगठनहरु स्वायत्त लिम्बुवानकालागि एकजुट भएका छन् ।

स्वायत्त लिम्बुवान राज्यकालागि बृहत मोर्चा मार्फत उनीहरु एकजुट भएका हुन् । नवगठित मोर्चाको नाम 'संयुक्त लिम्बुवान मोर्चा' राखिएको छ । उनीहरुले स्वायत्त लिम्बुवान राज्य प्राप्तिकालागि एक सहमति पत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
 
साउन ११ गते ललितपुरमा बसेको लिम्बु संघ संगठनका नेताहरुको भेलाले यो निर्णय गरेको हो । नवगठित संयुक्त मोर्चाले आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त लिम्बुवान राज्यको माग गरेको छ । मोर्चा निर्माणको प्रयास किराँत याक्थुङ्ग चुम्लुङ्गले गरेको हो । साजुहाङ्ग पालुङ्वाले नेतृत्व गरेको लिम्बुवान राज्य परिषद्को एक समूह भने सो मोर्चामा सामेल भएको छैन।

सहमति पत्रमा लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष बीर नेम्वाङ्ग, माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चाका उपाध्यक्ष एबं सभासद् ध्रुब आङ्दम्बे, संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन, एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक किराँत लिम्बू संघका महासचिव सभासद् डम्बरिसं साम्बाहाम्फे, नेकपा एकिकृत सम्बद्ध नेपाल लिम्बुवान स्वसासित संघका अध्यक्ष केबी फुदुङ्गले हस्ताक्षर गरेका छन् ।

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध लिम्बुवान प्रान्तीय परिषद्का इन्‍चार्ज केबी पालुङ्वा, कांग्रेस केन्द्रीय सदस्य एबं सभासद् पूर्णकुमार शेर्मा, किराँत याक्थुङ्ग चुम्लुङ्गका उपाध्यक्ष उत्तमिसंह थाङ्देनलेपनि हस्ताक्षर गरेका छन् । नयाँ संविधानमा आत्मनिर्णयको अधिकार सहितको स्वायत्त लिम्बुवान राज्यको ग्यारेन्टी नगरिए आ-आफ्नो पार्टीसँगको सम्बन्धमासमेत पुनर्विचार गरिने चेतावनी सहमति पत्र सार्वजनिक कार्यक्रममा लिम्बू नेताहरुले दिएका छन् ।


Photos courtesy: United Limbuwan Front, Nepal

उनीहरुले स्वायत्त लिम्बुवान प्रदेशको माग शान्तिपूर्ण आन्दोलनबाटै प्राप्त हुनेमा जोड दिएका छन् । मधेशवादी दलहरुले उठाएको 'एक मधेश एक प्रदेश' को नाराले लिम्बुवान भूमि अतिक्रमण हुने ठहर नवगठित मोर्चाले गरेको छ । मोर्चाले भनेको छ- 'हाल उठेको एक मधेश एक प्रदेशको नाराले लिम्बुवानको दक्षिणी भूभागसमेत भेटेकाले यो माग नाजायज भएको ठहर गर्दै मोर्चा यसको कडा विरोध गर्दछ ।'

अहिलेको अन्तरिम सरकारसँग कुनैपनि राष्ट्रिय महत्वका दुरगामी असर पार्ने खालका सम्झौताहरु गर्ने अधिकार नभएको बताउँदै मोर्चाले लिम्बुवान क्षेत्रभित्रका अरुण तेश्रो जलविद्युत आयोजना, तमोर मेवा जलविद्युत आयोजना र कोशी उच्च बाँध जस्ता सम्झौताप्रति आफ्नो ध्यान आकर्षित भएको बताएको छ ।

सहमति पत्र सार्वजनिक गर्दै लिम्बूवानका नेताहरुले आफूहरुको एकता स्वायत्त लिम्बुवान प्राप्त नहोउन्जेसम्म कायम रहने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धतास्वरुप सबै नेताहरुले हात बाँधेर एकताको प्रदर्शन गरेका थिए । साजुहाङ्ग पालुङ्वाले नेतृत्व गरेको लिम्बुवान स्वायत्त परिषद्सँगपनि बृहद मोर्चाकालागि बार्ता भएको तर बृहद मोर्चामा सामेल हुन नमानेको कार्यक्रममा बताइएको थियो।

-Sharmila Thapa in Kathmandu

Read Letter of Consensus for Limbuwan
Read Press release of United Limbuwan Front, Nepal

Dear all,
It is to inform you that a front named 'United Limbuwan Front, Nepal' has been formed by different political organizations concerned to Limbuwan and related to main political parties of Nepal.

The front has declared its 'Letter of Consensus" with a "Press Release Statement" by organizing a Press Meet Conference at Reporter's Club Kathmandu on 27th July 2008.

Kirat Yakthung Chumlung, an umbrella social organization for Limbu peoples', has played great role to form this front for Limbuwan Autonomy. And even, the Chumlung will play its role as a helper and coordinator of the front.

Political organizations and their leaders bound to Front are:

1. Bir Nembang, President: Limbuwan National Front
2. Dhruba Angdembe, C. Vice-President/CA Member: Limbuwan Liberation Front, [CPN Maoist]
3.Kumar Lingden, C. President: Federal Limbuwan State Coincil, [Federal Democratic National Forum]
4. Dambar Sing Sambahangphe, G. Secretary/CA Member: Nepal Democratic Kirat Limbu Association, [ CPN UML]
5. K. B. Phudong, C. President: Nepal Limbuwan Autonomous Association
(United), [ CPN United]
6. K. P. Palungwa, Incharge: Limbuwan Autonomous Council, [ Rashtriya Janamukti Party]
7. Purna Kumar Serma Limbu, C. Member/ CA Member: [Nepali Congress]
Uttam Sing Thangden, C. Vice-President ( For help and co-operation): Kirat Yakthung Chumlung.

Your comments and suggestions are always welcomed for.

Thanks!

Regards,
D.B. Angbung Limbu
United Limbuwan Front, Nepal
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®