|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नेताहरु बालुवाटारमा, सभासदहरु सभामा अलपत्र काठमाडौं, June 18, 2008- शक्ति बाँडफाँडकालागि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको प्रमुख तीन राजनीतिक दलहरुको बैठक दिउसो दुई बजेसम्मपनि कुनै निश्कर्षमा पुग्न सकेको छैन । विहान नौ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रपतिकाबारे तीनै दल आ-आफ्नो अडानमा रहेपछि कुनै निश्कर्ष निस्कन नसकेको हो । ठूला तीन दलले यसबारे कुनै निष्कर्ष निस्कन नसकेपछि विहान ११ बजे बस्ने भनिएको संविधान सभाको बैठकपनि प्रभावित बन्न पुगेको छ । कुनै निष्कर्ष निस्कन नसकेपछि स्थायी समितिको बैठकका लागि भन्दै एमाले महासचिव झलनाथ खनाललगायतका नेताहरु बालुवाटारबाट निस्केका थिए । एमालेको बैठक सकिएपछि पुन: बालुवाटारमा बैठक बस्ने भनिएकाले माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरु बालुवाटारमै रहेका छन् । एमालेले राष्ट्रपतिकालागि निवर्तमान महासचिव माधव नेपालको नाम प्रस्ताव गरेको छ । निवर्तमान महासचिव नेपालको साटो साहना प्रधानको नाम अनुमोदन गरेर ल्याउन भनिएको हुन सक्ने र सोही अनुरुपको निर्णयकालागि एमाले स्थायी समितिको बैठक बस्न लागेको अनुमान राजनीतिक बृत्तमा गरिएको छ । हिजोको बैठकमा आजसम्म नयाँ सरकार गठनकालागि बाटो खुल्ला गरिदिने प्रधानमन्त्री कोइरालाको आश्वासन र सहमतिकालागि पर्खन एमालेको आग्रहका कारण माओवादी मन्त्रीहरुको राजिनामा बुझाइएको थिएन । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®