|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नारायणहिटी अगाडि फोटो खिचाउन नेताहरुमा
तँछाड-मछाड माओवादी नेता डा. बाबुराम भट्टराई र गृहमन्त्री सिटौला Dr. Baburam Bhattarai and Krishnaprasad Sitaula. Photos: Sharmila काठमाडौं, June 16, 2008- तँछाड-मछाड गर्नेहरुमा राजतन्त्रको अन्त्यकालागि १० बर्ष सशस्त्र संघर्ष गरेका माओवादीका नेता र सभासद्हरुपनि थिए । माओवादीका नेता डा. बाबुराम भट्टराईको 'फोटो सेसन' पाँच दिन अघि नारायणहिटीभित्र पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले नारायणहिटीभित्र पसेर आफ्नो फोटो खिचाउन जुन तँछाडमछाड गरे आइतबार नारायणहिटी दरवार म्युजियमको उद्घाटन गर्दा राजनीतिक दलका नेता र संविधान सभाका सदस्यहरुलेपनि नारायणहिटी अगाडि उभिएर फोटो खिचाउन त्यसैगरी तँछाड-मछाड गरे । मधेशी जनअधिकार फोरमका अध्यक्षँ लगायत फोरमका सभासद्हरु दरवारका कारण मधेशीहरु अपहेलित बनेको आरोप लगाउने मधेशी नेताहरुमा पनि दरवार अगाडि बसेर फोटो खिचाउने रहर उत्तिकै थियो । कांग्रेसका 'राजावादी' महामन्त्री कूलबहादुर गुरुङ्ग Kulbahadur Gurung उता संविधानसभा चुनावअघिसम्म राजतन्त्रको वकालत गर्दै आएका कांग्रेसका महामन्त्री कूलबहादुर गुरुङ्गलाईपनि नारायणहिटी अगाडि बसेर फोटो खिचाउन उत्तिकै रहर लागेको देखियो । माओवादी सभासद्हरु Maoists CA members उद्घाटन कार्यक्रममा उपस्थित माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई, गृहमन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुलाई भने पत्रकारहरुले नै 'फोटो सेसन' कालागि नारायणहिटी अगाडि उभिदिन आग्रह गरेका थिए । बरिष्ठ नेता भट्टराई र गृहमन्त्री सिटौला 'फोटो सेसन' कालागि उभिएपछि अन्य नेताहरुपनि उनीहरुका आडमा बसेर फोटो खिचाउन अघि सरेको दृष्य निकै रोचक देखिन्थ्यो । नेपाली कांग्रेसका सभासद्हरु Nepali Congress CA Members. राजनीतिक दलका नेता र सभासद्हरुमात्र होइन पत्रकारहरुबीचपनि नारायणहिटी अगाडि बसेर फोटो खिच्न प्रतिस्पर्धा चलेको देखिन्थ्यो । आफूसँग क्यामरा नभएका कतिपय नेताहरुसमेत पत्रकारहरुसँग नारायणहिटी अगाडि बसेको आफ्नो फोटो खिचिदिन अनुरोध गरिरहेका थिए । फोटो खिचाइसकेपछि उनीहरुले आफ्नो फोटो पठाइदिन पत्रकारहरुलाई आफ्नो फोन नम्बर र ठेगानापनि टिपाएका थिए । एमालेका पूर्व महासचिव माधब नेपाल र भारतीय राजदूत राकेश सुदपनि यसरी नारायणहिटी देखिने गरी गोप्य वार्ता गरिहेका थिए Photos: Sharmila अब नारायणहिटी पहिलेजस्तो रहस्यको विषय रहेन । सरकारले पूर्व राजाहरुले प्रयोग गर्ने सामाग्रीहरु राखेर सर्बसाधारणकालागि नारायणहिटी संग्रहालय केही दिनमै खुल्ला गर्ने बताएको छ । केही दिनपछि नारायणहिटी प्रबेश सबैकालागि सहज हुनेछ । तर नेता र सभासद्हरुमा नारायणहिटी अगाडि बसेर अहिल्यै फोटो खिच्न यतिबिघ्न रहर किन पलाएको हो त्यो बुझिनसक्नुको विषय भएको छ । -Sharmila Thapa in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®