काठमाण्डौं, November
6, 2008-
स्वर्गीय अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाहका पति गोरख शमशेरले
दोश्रो विवाह गर्ने भएका छन्। स्व. राजा बीरेन्द्रकी एकमात्र छोरी श्रुतिे
२०५८ जेठ १९ गते भएको दरवार हत्याकाण्डमा ज्यान गुमाउनेमध्येकी राजपरिवारकी
सदस्य थिइन् । सो काण्डमा कुमार गोरखपनि घाइते भएका थिए ।
Gorakh Shamser Rana at the military
hospital after the Royal Massacre in Kathmandu on June 1, 2001. फोटो:
बिशेष दरबार सुत्र । कृपया पुन: प्रकासित नगरिदिनुहोला। Photos are
obtained from our source at the Narayanhiti Royal Place. Please DO NOT
republish.
Shruti in her Padma Kanya Campus dress
with her classmate Laxmi Rana Magar. Laxmi now lives in Hong Kong. This
photo is from the family photo collection of Laxmi/Pratha Magar.
यसरी विधुर हुन पुगेका गोरखशमशेरको यसै वर्ष विवाह हुने भएको छ । उनले
भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी सहोदर भतिजी दीप्तीसँग विहे
गर्न लागेका हुन् । गोरखकी नयाँ दुलही बन्न लागेकी दीप्ती पूर्व
प्रधानमन्त्री चन्दका कान्छाभाइ कृष्णबहादुर चन्दकी सात छोरीमध्ये माहिली
हुन् । गोरख र दिप्तीको विवाह आगामी महिना डिसेम्वरको दोश्रो साता हुने
जानकारी पारिवारिक श्रोतले दिएको छ ।
जानकारी अनुसार बागबजारस्थित पद्मकन्या क्याम्पसमा मानविकी संकायअन्तर्गत
बिएमा पढ्दै गरेकी दीप्ती र गोरखको विहेको तैयारी दुवै परिवारले थालेका छन्
। नयाँ युवतिसँग विवाह बन्धनमा बाँधिन लागेका गोरखको स्व. श्रुतिका तर्फबाट
दुई छोरीहरु छन् । उनीहरु हाल भारतको उत्तरान्चल राज्यको राजधानी देहरादुन
र उत्तरान्चलकै पर्यटकीय नगरी मसुरीमा पढ्दै छन् ।