स्व. अधिराजकुमार धीरेन्द्रकी कान्छी पत्नीद्वारा अमेरिकाबाट फर्केर अंश
माग
जयासँग पूर्व अधिराजकुमार स्व. धीरेन्द्र
Photo collection: Sitaram
काठमाण्डौं, December 14, 2008-
दरवार हत्याकाण्डमा ज्यान गुमाएका स्व. अधिराजकुमार धीरेन्द्रकी कान्छी
पत्नीपनि रहेको खुलाशा भएको छ । समान अंश माग गर्दै उनकी कान्छी श्रीमतिले
राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएपछि यसको खुलाशा भएको हो ।
उता धीरेन्द्रका छोरीहरुले भने पिताको सम्पत्ति आ-आफूले भागबण्डा गरिसकेका
छन् । यो स्थितिमा राष्ट्रिय मानवअधिकार आयोगलेमात्र आफूलाई न्याय प्रदान
गर्न सक्ने बताउँदै जयाले निवेदन दिएकी हुन्।
धीरेन्द्रकी जेठी श्रीमति स्व. प्रेक्षा शाह र उनका तीन छोरीलगायतबाट
सुरक्षामा खतरा भएपछि स्व. धीरेन्द्रकै सल्लाहमा अमेरिकामा बस्दै आएकी
जयाले गत असोझमा स्व. धीरेन्द्रको सम्पत्ति आफूलेपनि पाउनुपर्नेमा
अन्यायपूर्वक नदिएको बताउँदै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएकी छन्
। स्व. धीरेन्द्रको नासोका रुपमा उनकी एक छोरी श्रेयासमेत रहेकी छन् ।
पारिवारिक करकापकाकारण प्रेक्षासँग विहे गर्न बाध्य धीरेन्द्र २०३५ सालमा
स्कूल पढ्दै गरेकी जयालाई देखेपछि लोभिएका थिए । जया दरवारका पूर्व नायब
बडागुरुज्यू स्व. विधिराज पाण्डेकी छोरी हुन् । २०४५ मा प्रेक्षासँग
पारपाचुके भएपछि उनले दक्षिणकाली मन्दिरमा गै जयासँग विहे गरेका थिए । तर
त्यसबेला शक्तिमा रहेकी रानी ऐश्वर्यका कारण धीरेन्दलाई कुनै सम्पत्ति
दिइएन ।