|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'एक भाषा शिक्षा प्रणालीले निरक्षरता हटाउन नसक्ने'-
प्राध्यापक डा. अजीत मोहन्ती, जवाहरलाल नेहरु विश्वविद्यालय![]() प्रा.डा. अजीत मोहन्ती गोष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै Photos: Fatik भक्तपुर, 8 Mar, 09- 'नेपालमा वहुभाषिक शिक्षा नीति र रणनीति विकास' विषयक दुई दिने कार्यशाला गोष्ठि आरम्भ भयो । उक्त गोष्ठिमा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. अजीत मोहन्तीले एक भाषा शिक्षा प्रणालीले निरक्षरता हटाउन नसक्ने, गुणस्तरीय शिक्षाको सुनिश्चितता नहुने, विद्यार्थीको विद्यालय छोड्ने प्रतिशत वढ्ने, गरीवी बढ्दै जाने तथा सिकारुमा मातृभाषाबाट ज्ञान आर्जन गर्ने क्षमता समेत मरेर जाने कुरा वताए । डा. टोभे स्कुट्नाबकाङ्गास्ले एक भाषा शिक्षा नीतिले सिकारुमा मनोवैज्ञाकि अवरोध सिर्जना हुनेहुँदा शैक्षिक वर्वादी मात्र हुने वताइन् । उनले आउने दस वर्षमा अंग्रजी मात्र भाषा बोल्नेहरुले रोजगारी पाउन गाह्रो हुने तर अंग्रजी र मातृभाषा दुवै भाषामा दक्षता हुनेले भने रोजगारी पाउन सक्ने वताइन् । 'नेपाल भूगोलमा सानो भएपनि भाषा संस्कृतिका द्दष्टिले संसारका ठूला देशहरु जस्तै ठूलो देशमा गनिन्छ । मातृ भाषामा ज्ञान आर्जन गर्न सजिलो भए पनि करिव २ सय वर्षदेखि मातृ भाषा माथि भएको दमनलेगर्दा हाम्रो साक्षरता दर बढ्न सकेन । बढ्दो शहरिकरण र एउटै कक्षामा विभिन्न भाषाभाषी विद्यार्थिहरु रहने नेपालको हालको परिवेशमा बहुभाषिक शिक्षा कार्यक्रमको महत्व उपयुक्त छ' कार्यक्रमका अतिथि प्राज्ञ बैरागी काँइलाले वताए । पाठ्यक्रम विकास केन्द्रका निर्देशक हरिवोल खनालले मुलुक संघात्मकतामा गएको वेला बहुभाषामा शिक्षा दिने कुराले धेरै महत्व राख्दछ र विभिन्न भाषामा लेखेका पुस्तकहरु पाठ्यक्रम विकास केन्द्रमा भएपनि तिनकॊ वितरणमा प्रभावकारीता नभएको जानकारी गराए । |
|
![]() प्राज्ञ बैरागी काइँला गोष्ठिमा बोल्दै, वीचमा शिक्षा विभागका महानिर्देशक महाशर्मा शर्मा, व्यानर नजिकै अगाडि टोपी लगाएका पाठ्यक्रम विकास केन्द्रका निर्देशक हरिवोल खनाल Photos: Fatik शिक्षा विभागका महानिर्देशक महाशर्मा शर्माले नेपालको संविधानले मातृभाषाको माध्यमबाट विद्यार्थीहरुलाई शिक्षा दिने प्रावधान भएवमोजिम नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त सहयोगमा नेपालका ७ वटा जिल्लाका ७ प्राथमिक विद्यालयहरुमा विभिन्न ९ वटा मातृभाषाहरुमा शिक्षा दिनको लागि उक्त कार्यक्रम साचालन गरेको कुरा वताए । उनले यो कार्यशाला गोष्ठिले नेपालमा बहुभाषा शिक्षालाई आगामी दिनहरुमा कसरी अगाडि बढाउँदै लैजाने भन्ने नीति तयार पार्न सहयोग पुर्याउने कुरामा विश्वास प्रकट गरे । ![]() डा. टोभे स्कुट्नाबकाङ्गास् कार्यपत्र प्रस्तुत गर्दै Photos: Fatik गोष्ठिमा त्रिभुवन विश्वविद्यालयका डा. सुसन आचार्यले बहुभाषी शिक्षा परियोजना संचालन भएका ६ जिल्लाका ७ विद्यालयहरुमा उक्त परियोजना लागु भएपछि पढाईमा देखिएको परिवर्तनका वारेमा वताइन् भने पाठ्यक्रम विकास केन्द्र भक्तपुरका मायाँ राईले बहुभाषी शिक्षा सम्वन्धी अवधारणा पत्र प्रस्तुत गरिन् । सन् २००७ जनवरीदेखि सन्चालित सो बहुभाषी शिक्षा परियोजना २००९ जुलाईमा सकिदैछ । -Fatik Thapa Magar in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||