|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
तराई मधेश लोकतान्त्रिक पार्टीले समर्थन फिर्ताबाट कुनै असर
नपर्ने सामन्तहरुबाट कब्जा गरिएका घरजग्गा फिर्ता नहुने काठमाण्डौं, January 3, 2009- सरकार र नेपाली कांग्रेसबीच माओवादी कब्जामा रहेका भनिएका सर्वसाधारणका घर-जग्गा तीन महिनाभित्र फिर्ता हुने सहमति भएपनि नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य 'किरण' ले भने सामन्तहरुबाट कब्जा गरिएका घरजग्गा फिर्ता नहुने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै माओवादी नेता किरणले माओवादीले सामन्तविरुद्ध जनयुद्ध गरेको बताउँदै सामन्तहरुको जग्गा कुनैपनि हालतमा फिर्ता नगरिने बताएका हुन् । 'कोही साँच्चिकै पीडित रहेछन् सर्वसाधारण नै रहेछन् भने उनीहरुको घरजग्गा र सम्पत्ति फिर्ता गर्ने भनिएको हो तर जनतालाई शोषण गरी सम्पत्ति बटुलेका सामन्तहरुबाट कब्जा गरिएको घरजग्गा फिर्ता हुँदैन' किरणले भने- 'नेपाली कांग्रेससंग विहीबार गरिएको सहमति पुरानै हो त्यसमा नयाँ कुरा केहीपनि छैन ।' प्रधानमन्त्री प्रचण्डले तीन महिनाभित्र कब्जा गरिएका घरजग्गा फिर्ता गर्ने समय-सीमासहितको प्रतिवद्धता व्यक्त गरेको भोलिपल्टै माओवादीका वरिष्ठ नेता किरणले त्यसमा सामन्तहरुको घरजग्गापनि फिर्ता गर्नुपर्ने प्रावधान नरहेको ब्याख्या गर्दै उपरोक्त कुरा बताएका हुन् । सामन्तहरुबाट कब्जा गरिएको भूमि कानुन बनाएर गरिब जनतालाई बाँडिने खुलाशासमेत उनले गरेका छन् । नेकपा माओवादीका लागि सरकारभन्दा जनता ठूलो भएको बताउँदै माओवादी नेता किरणले आफ्नो पार्टी जुनसुकै बेला सरकार छाडी जनतामाझ जानसक्ने बताएका छन् । नेपाली जनताको अधिकार स्थापना गर्न सरकार सदन र सडकबाट एकसाथ संघर्ष गर्ने पार्टीको नीति रहेको बताउँदै उनले तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारलाई दिइआएको समर्थन फिर्ताबाट कुनै असर नपर्ने बताए । उनले भने- 'हामी जुनसुकै बेला सरकार छाडी सडकमा आउने सोचमा छौं भने तमलोपाको समर्थन फिर्ताले कुनै असर गर्दैन।' संविधान सभामा पाँचौ ठूलो दल तमलोपाले विहीबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने शुक्रबार सोही दलको केन्द्रीय समितिको बैठकले आफ्ना मागहरु पुरा गराउन शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनीपनि दिइरहेको छ । राष्ट्रपति निर्वाचनमा माओवादी समर्थित उम्मेदवार रामराजाप्रसाद िसंहको पक्षमा मतदान गरेको र माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको तमलोपाले सरकारप्रतिको समर्थन फिर्ता लिएको जनाएपनि माओवादी नेता किरणले तमलोपाको निर्णयले आफ्नो पार्टीलाई कुनै असर नपर्ने बताएका छन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||