
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
माओवादीले कब्जा गरेको मन्दिरको गुठी जग्गा फिर्ता
सुर्खेत, November 30, 2008- सशस्त्र द्वन्द्वका बेला माओवादीले कब्जा
गरेको जाजरकोट सदरमुकाम खलंगा-९ कालेगाउँस्थित शिवालय मन्दिरको गुठी जग्गा
फिर्ता गरेको छ ।
४ वर्षअघि कब्जामा गरिएको ११ रोपनी जग्गा माओवादी कार्यकर्ताले गाउँलेको
रोहवरमा मन्दिरका पुजारी नारायणप्रसाद शर्मालाई फिर्ता गरेका हुन् ।
माओवादीले गुठी जग्गा कब्जामा लिएदेखि खेतीयोग्य जमिन चार वर्षदेखि बाँझै
रहेको थियो ।
यसैगरी सशस्त्र द्वन्द्वको बेला माओवादीले कब्जा गरेको घरजग्गा फिर्ता र
क्षतिपूर्ति माग गर्दै बर्दिया मोतिपुर- ५ का कपिल ज्ञवालीले स्थानीय
प्रशासनमा उजुरी दिनुभएको छ ।
बलबहादुर विक र धनबहादुर थारुको नेतृत्वमा आएको माओवादी कार्यकर्ताहरुको
समूहले ७ वर्षअघि घरमा लुटपाट गर्नुका साथै जग्गा कब्जा गरेको भन्दै
ज्ञवालीले उजुरी दिनुभएको हो ।
माओवादी कार्यकर्ताले त्यतिबेला २ सय क्वीन्टल धान, एउटा मोटरसाइकल, १६
क्वीन्टल तोरीमा आगो लगाई दिनुका साथै र घरमा रहेका अरु सामानहरू पनि
लुटेको ज्ञवालीले दाबी गर्नुभएको छ ।
उहाँले आफ्नो घर र ६ विगाहा जग्गा पनि २०५८ सालदेखि माओवादीले नै कब्जा गरी
अहिलेसम्म पनि भोगचलन गरिरहेको बताउनु भएको छ ।
माओवादीले घरजग्गा कब्जा गरेदेखि पोहोर सालसम्मको विभिन्न खेतीवालीबाट आउने
३० लाख ८ हजार ५ सय बराबरको हानीनोक्सानी भएको भन्दै क्षतिपूर्तिको माग पनि
गरिएको छ ।
घरजग्गा कब्जा भएदेखि ज्ञवालीपरिवार नेपालगञ्जमा विस्थापित भएर बसिरहेको
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ ।
-Geban Mijhar in Surkhet
|
|