
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
भूमि समस्यालाई नजरअन्दाज गरिए देश थप संकटमा फस्ने
खतरा
काठमाण्डौं, December 17, 2008- सरकारले हालै गठन गरेको उच्चस्तरीय
भूमिसुधार आयोगका अध्यक्ष एबं माओवादी नेता हरिबोल गजुरेलले राजनीतिक
दलहरुबीचको सहमतिबाटै आयोग गठन भएको दाबी गरेका छन्।
भूमि समस्यालाई नजरअन्दाज गरिए देश थप संकटमा फस्ने खतरासमेत औल्याएका उनले
देशमा भूमिसुधार नभएकै कारण िहंसात्मक द्वन्द्वको अवस्था आएको दावीसमेत
गरेका छन् ।
'नेपाली कांग्रेसले २०१६ सालदेखिनै भूमिसुधार थाती राख्दा समस्या आएको हो'
गजुरेलले भने- 'गरिवले भूमि पाउने गरी भूमिसुधार गर्ननसकेकालेपनि सो
पार्टीले चुनावमा पराजय भोगेको हो ।' भूमिसुधारका लागि आफूहरुले कांग्रेस,
एमाले, मधेशवादी दलहरुसंगको सहमतिलाई आधार मान्ने बताउँदै उनले भूमिको
समस्या सबै दल, नागरिक र कृषकहरुको रहेको बताउँदै समाधानका लागि साझा
अवधारणा बनाउन भूमिका निभाउने बताए ।
माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनले सामन्ती उत्पादनसम्बन्ध अन्त्य
गरी उत्पादनवृद्धि गर्ने आधार तयार गर्ने बताएका छन् । आफूहरु जमिन
टुक्राटुक्रा गर्ने र एकै व्यक्तित्वको स्वामित्वमा जमिन रहने व्यवस्थाको
विपक्षमा रहेको स्पष्ट पार्दै उनले भने- 'जमिनलाई सहकारीकरण गरी सामूहिक
खेतीकिसानीमा जोड दिनेछौं ।' किसानको हकहितलाई केन्द्रबिन्दुमा राखेर
जमिनमा पूँजीपतिहरुलाई लगानी गर्न प्रोत्साहित गरिने उनको भनाई छ ।
-Sitaram Baral in Kathmandu
|
|