Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल























































News from Nepal: नेपाली खबरहरु

नेपालका प्रथम सहिदको शालिक ठडियो
वुटवल, February 13, 2008 -
यही फागुन दुई गते एक सय ३१ औं जन्मजयन्तीको अवसरमा नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको सालिक बुटवलको चौराहामा अनावरण गरिएको छ । शालिक अनावरण पछि राजमार्ग चौराहाको नाम परिवर्तन गरी "प्रथम सहिद चोक" नामाकरण गरिएको छ ।
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष झकबहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न शालिक अनावरण तथा प्रथम सहिद क्या. लखन थापा मगर जन्मजयन्ती कार्यक्रममा २० औं हजार मगर तथा अमगरहरुको उपस्थिति रहेको मगर संघ रुपन्देहीका पूर्वसचिव सूर्यकुमार सारुले युएसनेपालअनलाइनलाई बताएका छन् । प्रमुख अतिथि थापा मगरले कार्यक्रमलाई सम्वोधन गर्दै राज्यले पहिचान दिन नसकेको प्रथम सहिदको योगदानलाई मगर समूदाय अग्रसर भएर कदर गरेको बताए । प्रथम सहिद घोषणा गर्न माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको पनि थापाले जानकारी दिए ।



Statue of First Martyr of Nepal, Capt. Lakhan Thapa Magar in Butwal, Lumbini.Photo: Paras Gurung


First Martyr of Nepal, Capt. Lakhan Thapa Magar. Potrait by Tekbir Mukhiya. Courtesy Laaphaa Magazine (Laaphaa.com)

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस, नेकपा एमालेका लिला गिरी, नेकपा माओवादीका बसन्त श्रेष्ठ, राष्ट्रिय जनमुक्तिका दलबहादुर विरकट्टा, नेपाल पत्रकार महासंघका रुपन्देहीका सभापति डिआर घिमिरे, आदिवासी जनजाति पत्रकार संघका भिम गुरुङ्ग लगायतले क्या. लखन थापा मगरलाई राज्यले छिटो भन्दा छिटो प्रथम सहिद घोषणा गर्न माग गरे ।
निरंकुश जहानियाँ राणा शासनको ठाडो विरोध गर्दा वि.सं १९३३ फागुन २ गते गोर्खा बुङकोटमा अमानवीय ढंगले मारिएका लखन थापालाई राज्यले सहिद घोषणा गरे पनि प्रथम सहिदको दर्जा नदिएकोमा नेपाल मगर संघ, प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान लगायतले विरोध जनाउँदै आएको छ ।
"ऐतिहासिक पृष्ठभूमिमा प्रथम सहिद लखन थापा" पुस्तकका लेखक लोकनेश ढेंगा मगरले सहिद दिवसमा प्रथम सहिदकै सम्मान गर्ने परम्परा नरहेकोमा आक्रोश पोख्दै भने, सहिद कुनै जाति, वर्ग वा समुदायको हुदैन । सहिद जनता र सिङ्गो देशको हुन्छ । राज्यले सहिदको कदर गर्न नसिके बिद्रोह हुन सक्छ ।


Participants of Lakhan Thapa Magar Diwas in Kathmandu. Photo contributed by Mejan Pun Magar

कार्यक्रम मगर संघ रुपन्देहीका अध्यक्ष यमबहादुर थापा मगरको सभापतित्व तथा मगर संघका पूर्व केन्द्रिय सचिव चन्द्रवहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
दिउँसो एक बजे शालिक स्थापना गरेपछि मगर संघ रुपन्देहीका मानार्थ कोषाध्यक्ष क्या.बलबहादुर थापाले प्रथम सहिद चोकबाट टेलिफोन मार्फ युएसनेपालअनलाईनलाई भने, "मगरहरुको नैतिक विजय भएको छ । इतिहासमा ओझेलमा पारिएका युगपुरुषको सम्मान गर्दै जानुपर्छ ।"
-Santa Gaha Magar
प्रथम शहीद लखन थापा मगर को हुन्‌? पूर्ण थापा मगरको लेख पढ्नुहोस्
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®