लोपोन्मुख जाति कुसुन्डा परिवारले पहिलो पटक सरकारी भत्ता बुझ्दा
खुशीले गदगद
बीरेन्द्रनगर, सुर्खेत, 13 Mar 09- सुर्खेतको लेखपराजुल गाउँ बिकास समिति ६
गुरासेमा बस्ने ६ जना कुसुन्डाहरुले पहिलो पटक सरकारी भत्ता बुझेका छन् ।
भत्ता पाउनेहरुमा धनबीर कुसुन्डाको ६ जनाको परिवार रहेको छ । धनबीर र
उहाँका श्रीमति तुल्सी, छोराहरु राजकुमार र झुपलाल तथा छोरीहरु अनिता र
भुमिसराले ४ महिनाको एकमुष्ट २ हजार रुपौया बुझेका छन्।
गाउँ बिकास समितिका सचिव शरुण बडवालले मासिक ५ सयको दरले ४ महिनाको भत्ता
उनीहरुलाई प्रदान गर्न भएको हो । सुर्खेतमा एक घर मात्र कुसुन्डा परिवार छ
।
गाउँ बिकास समितिको कार्यालयमै आएुर कुसुन्डा परिवारले सरकारले लोपोन्मुख
जातिलाई दिने मासिक भत्ता लिएको सचिव बडुवालले बताउनु भयो । पहिलो पटक
सरकारी भत्रा बुझ्दा उनीहरु खुशीले गदगद भएका थिए ।