|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
३ बर्षकी मनिता नयाँ कुमारी देवी यसरी बनिन् |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, October 8, 2008-
नियुक्त भएको भोलिपल्टैदेखि नयाँ कुमारी मनिता शाक्य स्थानीयवासीहरुलाई
टीका लगाईदिन र आशिक दिने कार्यमा व्यस्त भएकी छन् ।निवर्तमान कुमारी प्रीति शाक्यले मंगलबार अवकास पाएपछि नयाँ कुमारी मनितालाई मंगलबार हनुमानढोकास्थित कुमारी घरमा भित्र्याइएको थियो । नयाँ कुमारीलाई भित्र्याइएपछि निवर्तमान कुमारी प्रीति गहभरी आँसु झार्दै कुमारी घरबाट बाहिरिएकी थिइन् । विभिन्न टोलका १८ जना शाक्य थरका अविवाहित बालिकामध्येबाट मनिता ३ महिनाअघि कुमारीमा छनौट भएकी थिइन् । यसअघिकी कुमारी प्रीति शाक्य २०५८ मा कुमारी बनेकी थिइन् । कुमारी घरमा प्रवेश गर्ने मिति नजिकिएपछि गत आइतबार राष्ट्रपति रामबरण यादवले नयाँ कुमारीलाई भेट दिई कुमारीको रुपमा राज्यले स्वीकार गरेको जानकारी दिएका थिए । कुमारीलाई जीवित देवीको रुपमा स्वीकार गर्ने परम्परा छ । यसअघि राजाले नयाँ कुमारीलाई यसरी भेट दिने गरेका थिए । गणतन्त्रको स्थापना भएपछि राष्ट्राध्यक्षको रुपमा रहेका राष्ट्रपतिले कुमारीलाई मान्यता दिएको यो पहिलो पटक हो । नयाँ कुमारी मनिता ३ बर्षकी छिन् । भर्खर नस्ररीमा पढ्दै गरेकी उनी अब कुमारी घरमै बसेर आफ्नो पढाईलाई निरन्तरता दिनेछिन् । बालकालमै कुमारी बनेका कुमारीको उमेर बढ्दै गएपछि रजस्वला हुनुअगावै नयाँ कुमारी छनोट गरिने प्रचलन छ । यसअघि दरवारका राजज्योतिषले कुमारीको उम्मेदवार बनेका बालिकामध्येको चिना हेरेर कुमारीको छनोट गर्ने गरेका थिए । कुमारी चयन गरिएपछि पनि दरबारले कुमारीसम्बन्धी केही दायित्व आफुले लिने गरेको थियो । पृथ्वीनारायण शाहकै पालादेखि नयाँ कुमारीका लागि आवश्यक पर्ने कपडाको सेटै दरबारबाट जाने गरेको थियो । कुमारीका अलावा 'भैरव' र 'गणेश' बन्ने नयाँ बालकलाई पनि दरबारले कपडा पठाइदिने गर्थ्यो । नेवार राज्य कान्तिपुरमाथि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि यहाँका स्थानीयवासी आफूहरुविरुद्ध असन्तुष्ट नहोउन् भनेर उनलेपनि यो परम्परालाई कायमै राखेका थिए । नयाँ कुमारी, गणेश र भैरवहरुलाई चढाउने असर्फीसमेत दरबारले नै उपलब्ध गराउँथ्यो । 'कुमारी स्कुल जान नहुने भएकाले उनलाई पढाउन कुमारी मन्दिरमै एक जना शिक्षकको व्यवस्था गरिँदै आएको थियो, त्यसको खर्चसमेत दरबारले व्यहोर्दै आएको थियो । कुमारीको शिक्षा-दीक्षाको व्यवस्था गर्न नारायणहिटीबाट गत सालसम्म वार्षिक ७६ हजार रुपैयाँ दिने गरिएको थियो । Kumari Manita. Photo courtesy: AFP |
|
हाल राजतन्त्रको अन्त्य भैसकेकाले दरवारले निर्वाह गर्दै आएको कुमारी
सम्बन्धी दायित्व नेपाल सरकारले व्यहोर्ने भएको छ । अघिल्लो साता
इन्द्रजात्रा र कुमारीको रथ तान्ने क्रममा सरकारले उपलब्ध गराउने राँगोको
रकमसम्बन्धी विवादले उग्ररुप लिएपछि सरकारले कुमारीसम्बन्धी दरवारका
दायित्व आफुले लिने निर्णय गरेको बताइएको छ । |
||
![]() Former Kumari Preety Shakya. Photo courtesy: mchang.net कुमारीको दर्शन गर्न र उनीबाट टीका ग्रहण गर्न कुमारी घर अगाडि सर्बसाधारणको लाइन । Photo: Sitaram |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||