कुलचन्द्र गौतमलाई राष्ट्रपति बनाउने अभियान थालियो

Kulchandra Gautam. Photo:
eEyeCam
-UNO
बिशेष सम्बाददाता
न्यूयोर्क,
काठमाडौं, June 12, 2008-
बिदेशमा सबैभन्दा उच्च अन्तर सरकारी ओहोदा (संयुक्त राष्ट्र
संघको सहायक महसचिब पद र संयुक्त राष्ट्र संघीय बाल कोश-युनिशेफ (UNICEF)
को उप निर्देशक ) मा रहेर ३५ बर्ष सेवा गरी गत डिसेम्बरमा अबकास लिइ
न्यूयोर्कबाट नेपाल फर्केका गर्बिलो ब्यक्तित्व कुलचन्द्र गौतमको नाम अब
भावी राष्ट्रपतिमा प्रस्ताब गरिएको छ।
अन्तराष्ट्रिय अभियान, नेपालले गौतमलाई नेपालको भावी राष्ट्रपति बनाउनु
पर्ने प्रस्ताव राखेको छ ।
राजधानीको रिपोर्टस क्लबमा जेठ ३० गतेको कार्यक्रममा सो अभियान का सदस्य
डा. नन्दबहादुर सिंहले गौतम जस्तो योग्य र सम्मानित ब्यक्तित्वलाई
राष्ट्रपति बनाउदा नेपालले गौतमको अन्तराष्ट्रिय सम्बन्धबाट फाइदा लिन
सक्ने बताए।
यता न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले गौतमलाई नेपालको भावी राष्ट्रपति
बनाउनु पर्ने कुरामा बहस थालि सकेका छन्।
Read our related news about Kulchandra
Gautam:
पढ्नुहोस् हाम्रो बिशेष भेटबार्ता:
साताको कुराकानी:
"मैले
चाहेको भए अमेरिका मै बस्न सक्थें तर म नेपाल आमाको रिण तिर्न गाउँ फर्किदै
छु।"-
कुलचन्द्र गौतम, पूर्व सहायक महासचिब, संयुक्त राष्ट्र संघ
न्यूयोर्कबाट गौतमलाई बिदाइको सलाम!:
"म खुल्ला मन लिएर नेपाल जाँदै छु। आफ्नो सुन्दर देश नेपालको लागि
सक्दो काम गर्नेछु।"
- कुलचन्द्र गौतम, पूर्व सहायक महासचिब, संयुक्त राष्ट्र संघ |