|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
न्यूयोर्कमा लोकप्रिय दुई नेपाली कलाकारहरुको जन्म दिवस Nepalese singers Kranti and Shila Ale celebrating their birthdays jointly in New York. न्यूयोर्क, April 23, 2008-आगामी मई ३ तारिखमा न्यूयोर्कको आर्मेनियन चर्च, म्यानहटनमा लाङघाली एसोशिएसन यूएसएको आजोजनामा गरिन लागेको दोहोरी साँझमा भाग लिन न्यूयोर्क आइ पुगेका चर्चित दोहोरी गायिका शिला आले मगर र अर्का चर्चित लोक पप गायक क्रान्ति आले मगरको जन्म दिवस न्यूयोर्कमा मनाइएको छ। गत ५ अप्रिलमा न्यूयोर्कमा ओर्ले पछि यो पन्क्तिकारसँगको भेटमा चर्चित दोहोरी गायिका शिला आले ले भनेकी थिइन्- "खोइ को होला कुन्नी मेरो जोडी दोहोरी खेल्ने न्यूयोर्कका दाजुहरु? अब यो च्यालेन्जलाई बोस्टनमा बसोबास गर्दै आएका लोक गायक मिन केसी र न्यूयोर्कबासी लोक गायक राजेश थापा मगरले स्विकार गरेका छन्। न्यूयोर्कबासी लोक गायक राजेश थापा मगर भन्छन्- "यस पाली त नेपालबाट आउने चेलीलाई हराउनै पर्छ र यतै राख्ने मेसो गर्नु पर्छ।" कस्ले कस्लाई हराउने हो त्यो हेर्न भने मई ३ सम्म पर्खिनै पर्छ। संघका महासचिब लबकुमार बुढामगर भन्छन्- "अब भने बल्ल न्यूयोर्कबासी नेपाली दाजु-भाई, दिदी-बहिनीहरुलाई नेपालको सच्चा दोहोरी र पप लोक गीतहरुको हाम्रो सस्थाको तर्फबाट तेस्रो कोसेली पस्किन पाइने भो।" स्मरण रहोस्, यस संघले सन् २००६ र २००७ मा नेपाली दोहोरी साँझको सफलतापुर्बक आयोजना गरी सकेको छ। सन् २००३ को राष्ट्रिय दोहोरी प्रतियोगितामा प्रथम भएकी दोहोरी लोक गायिका शिला आले 'सुन्तला र स्याउ', 'गोर्खा कालिका' जस्ता ८ वटा दोहोरी एल्बमहरु र २०० भन्दा बेसी लोक गीतहरुकी प्रतिभाशाली गायिका हुन्। त्यसै गरी, लोक पप गायक क्रान्ति आले सन् २०००, ०२, ०३, ०५, ०६ र ०७ मा क्रमश: उत्कृष्ट ब्याण्ड (Dr. Pilots), उत्कृष्ट गीत (ए होई), उत्कृष्ट स्वर (ए होई), उत्कृष्ट गीत (सरकारी जागिर), उत्कृष्ट एल्बम (सरकारी जागिर), र उत्कृष्ट स्वर (च्याङ्बा होइ) छानिएका प्रतिभाशाली युवा गायक हुन्। गायिका शिला आले र गायक क्रान्ति आलेसँगको भेटबार्ता पछि प्रकासित गरिनेछ। Photos: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®