|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
राजावादीको आरोप लागेका
ओलीको माओवादीबाट हत्या हुने? बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 28, 2008-माओवादी-सात दल मिलेर गरेको लोकतान्त्रिक आन्दोलन २०६२-०६३ को विरोध गरेका कारण त्यसैबेलोदखि राजावादीको आरोप लाग्दै आएको एमाले शीर्ष नेता केपी ओलीले माओवादीले आफ्नो हत्या योजना बनाएको आरोप लगाएका छन् । ![]() Chinese Premier Wen Jiabao meeting with then Deputy Prime Minister of Nepal and Minister for Foreign Affairs KP Sharma Oli in Ziguangge, Zhongnanhai, China on August 29, 2006. Photo courtesy: ChinaConsulatesf.Org राजधानीमा शुक्रबार हुने एमालेको जनसभामा सम्बोधन गर्न गृहजिल्ला झापाबाट काठमाडौं आएका उनले माओवादीले आफ्नो हत्या गर्ने योजना बनाएको सूचना पाएको दावी गरे । तर सूचनाबारे उनले स्पष्ट बताउन भने चाहेनन् । 'माओवादी शीर्ष नेताको हत्याबारे उनीहरुले स्पष्टसँग बताउन चाहेका छैनन तर हाम्रो हत्या योजनाबारे हामीसँग सूचना छ' उनले दावी गरे- 'उल्टो माओवादीले आफ्नो नेताको हत्या हुन लागेको छ भनेर पटक पटक प्रपोगण्डा गर्दै आइरहेको छ ।' राजावादीको आरोप लागेका नेता ओलीले माओवादी नै राजावादी भएको आरोपपनि लगाए । उनले भने- 'माओवादीले कमल थापादेखि रमेशनाथ पाण्डेलाई भित्रभित्रै भेटिरहेको छ । त्यसैले राजावादी हामी होइन माओवादी नै हो ।' गत आइतबार उनी उम्मेदवार रहेको झापा- ७ को एक सुकुम्बासी बस्तीमा उनी चढेको गाडीले स्थानीयबासीलाई ठक्कर दिएपछि स्थानीय युवाहरुले उनको गाडीमा ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढामा माओवादी संलग्न रहेको बताउँदै उनले आफूलाई मार्ने नियतले माओवादीले आक्रमण गरेको दावी उनले गर्दै आएका छन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®