|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
आत्मनिर्णयको अधिकारको कुरा राष्ट्र बिघटनको
खतरा -एमाले नेता केपी शर्मा ओली काठमाडौं, July 4, 2008- एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले आफ्नो दललाई सरकारको नेतृत्वमा समर्थन दिन अन्य दललाई आग्रह गरेका छन् । ओलीले एमालेले सरकारको नेतृत्व पाए शान्ति प्रकृयालाई गन्तव्यमा पुर्याई राजनीतिक स्थिरता कायम गर्ने दावीसमेत गरेका छन् । 'शक्ति बांडफांडमा एमालेको प्राथमिकता प्रधानमन्त्री नै हो' एमाले नेता ओलीले बुधबार आयोजित सन्चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा अनौठो दावी गर्दै ओलीले भने- 'एमालेलाई सरकारको नेतृत्वका लागि २५ दलले नै समर्थन गरे सहमति र सहकार्यको राजनीतिलाई परिणाममुखी बनाइदिनेछौं ।' सहमति र सहकार्यको विकल्प नभएको भन्दै शक्ति बाँडफांड पनि सहमतिबाटै गर्नुपर्ने बताएका ओलीले एमालेले प्रधानमन्त्री नपाएमा कम्तिमा राष्ट्रपति पाउनुपर्ने दाबी गरे । गत हप्ता ओलीले राष्ट्रपतिमा कांग्रेसको हक लाग्ने बताएका थिए । एमाले महासचिव माधव नेपाललाई राष्ट्रपति बनाउने कुराको विरोधी ओली नेपाल राष्ट्रपति नहुने पक्कापक्की भएपछि भने एमालेकालागि राष्ट्रपतिको दावी गर्दैछन् । माओवादीको अर्घेल्याईंका कारण शक्ति बांडफाँडमा कुरा नमिलेको दावी गर्दै ओलीले शक्ति बांडफाँडकालागि माओवादीसँग कुनै सहमति नबनेको बताउनपनि चुकेनन् । एमाले नेतृत्वले भने कार्यकारी अधिकारसहितको प्रधानमन्त्री माओवादीले लिने र राष्ट्रपति एमालेले लिने सहमति माओवादी नेतृत्वसँग गरेको छ । तर राष्ट्रपति कसलाई बनाउने भन्नेबारेमा चािहं सहमति हुन सकेको छैन । माओवादी र एमालेको सहमति र सहकार्यलेमात्र नपुग्ने बताउँदै ओलीले संविधान सभामा रहेका २५ दलकै सहमति निर्माणकालागि एमाले लागिपरेको बताएका छन् । एमाले प्रधानमन्त्री र राष्ट्रपति जस्ता शक्ति बांडफाँडमा भन्दा नयां संविधान निर्माणमा केन्द्रित भएको दावी गर्दै ओलीले राष्ट्रिय सहमतिकालागि सबै दल मिलेर सरकार गठन गर्नुपर्ने बताए । ओलीले मधेशवादी दलको मागको विरोध गर्नपनि कुनै कसर बाँकी राखेनन् । मधेश नेपालमा नभएको बताउँदै ओलीले प्रश्न गरे- 'मध्यप्रदेश कहां छ ? जहांसम्म देख्यो त्यसैलाई मधेश भन्ने हो भने काठमाडौंमा कैयौं मधेश छन् त्यसैले मधेश कहां छ स्पष्टसँग देखाइदिनुपर्यो' उनले नेपालमा तराई रहेको बताउँदै मधेशवादी दलहरु भ्रान्तिपूर्ण धारणा बोकेर िहंडिरहेको आरोप लगाए । विगतमा मधेशवादी दलसँग गरिएका अस्पष्ट र अनुपयुक्त सहमतिले समस्या सृजना भएको दावी गर्दै ओलीले 'एक मधेश एक प्रदेश' को तर्क व्यवहारिक नहुने बताए । उनको भनाई छ- 'तराईमा अनेकौं भाषा, जाति, समुदायका जनता छन् । यस्तो अवस्थामा एउटै प्रदेश हुनसक्दैन ।' केही नेताहरुले आफ्नो इच्छा पूरा गर्न मधेशका नाममा अव्यवहारिक विषय लाद्न खोजेको आरोपपनि ओलीको छ । |
|
|
मधेशवादीको माग मुलुक टुक्राउने उद्येश्यबाट
प्रेरित हो भन्ने प्रश्नमा ओलीको भनाई थियो- 'कुनैपनि नेपाली मुलुक
टुक्राउने पक्षमा छैनन्, केही मान्छेहरु अनुपयुक्त नारामा अलमलिएका मात्र
हुन् पछि आफै बुझ्नेछन् ।' आत्मनिर्णयको अधिकारको कुरा गरेर राष्ट्र
बिघटनको खतरा निम्त्याउने विषयमा समर्थन गर्न नसकिनेपनि ओलीले बताए । -Vivek Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||