|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कोशी सम्झौताअनुसार मर्मतको जिम्मेवारी भारतले लिनु
पर्ने परराष्ट्र मन्त्री यादवले कोशी सम्झौता अनुसार मर्मत र सुरक्षाको जिम्मेवारी भारतको भएकाले त्यसबारे भारतीय उच्च अधिकारसंग कुरा राख्ने कुरामा जोड दिएका छन् । मधेशी मूलका परराष्ट्र मन्त्री यादवको यो अभिव्यक्तिले उनको देशभक्तिको भावना उजागर गरेको छ । नेपालमा मधेशी मूलका व्यक्तिको राष्ट्रियतामाथि सदैव शंका उठाइने गरिएपनि यादवले आफूलाई राष्ट्रिय हितको पक्षमा उभ्याएका छन् । नेपाल र भारतका लाखौं जनतालाई विस्थापित गर्नेगरी बाँध फुटेकाले स्थायी समाधानका लागि कुरा गर्नुपर्ने अनिवार्य भइसकेको बताउँदै परराष्ट्रमन्त्री यादवले कोशी बाँधको समस्याको दीर्घकालिन समाधानका लागि भारतसंग अबिलम्ब कुरा गर्ने बचनबद्धतापनि प्रकट गरेका छन् । 'बिम्स्टेक' को सम्मेलनमा सहभागी हुन आगामी १२ भदौ गते भारत जान लागेका मन्त्री यादवले कोशीका अलावा नारायणी, पश्चिम कर्णालीको समस्याबारे पनि भारतसंग कुरा गर्ने बताएका छन् । कोशी बाँधले नेपालमा भन्दा भारतमा बढी क्षति पुर्याएको उल्लेख गर्दै परराष्ट्रमन्त्री यादवले भनेका छन्- 'यो समस्याको दीर्घकालिन समाधान गर्नेतर्फ नलागे थप समस्याको सामना गर्नुपर्ने हुन्छ ।' सुख्खा याममा बाँध फुट्ने खतराबारे ध्यानाकर्षण गराउँदा गराउँदै नेपाल र भारतीय प्रशासनबाट गम्भीरता नदेखाउदा दुर्घटना भएको उनले दावी गरेका छन् । यद्यपी घटना भइसकेकाले समस्याको समाधानतर्फ लाग्नुपर्नेमा उनको जोड छ । प्रधानमन्त्री प्रचण्डले जस्तै विगतमा भएका धेरै सम्झौताहरु गम्भीरतापूर्वक अध्ययन गरी पुर्नविचार गर्नुपर्नेमा मन्त्री यादवलेपनि जोड दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को चीन भ्रमण भारतलाई टाढा बनाउने उद्येश्यबाट नभएको प्रष्टिकरणपनि उनले दिएका छन् । भारतभन्दा पहिले चीनको भ्रमण गरेकोमा भारत रिसाएको चर्चा चलिरहेका बेला मन्त्री यादवले छिमेकमा ओलम्पिकको समापन हुनलाग्दा जानुलाई भारतले अन्यथा मान्न नहुने बताए । यादवले भने- 'बेइजिङ ओलम्पिकको समापन फेरि आउन्न त्यसैले सरकार प्रमुखका हैसियतले सहभागी जनाउन जानुभएको हो ।' प्रधानमन्त्रीको भ्रमणले चीन र नेपालबीचको सम्बन्धमा सकारात्मक उपलब्धि हासिल गर्ने बताए । नयाँ परिस्थितिमा परराष्ट्र सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनुपर्ने कुरामापनि उनले जोड दिएका छन् । छिमेकीहरुसँगको सम्बन्धलाई समदूरीमा राख्ने गरी कार्य गर्ने उनको भनाई थियो । आग्रह- पूर्वाग्रहबाट मुक्त भएर राष्ट्रिय हितका लागि मित्रराष्ट्रहरुसँग सम्बन्ध स्थापित गर्ने बताउँदै यादवले दीर्घकालिन सोचका साथ कुटनीतिक सम्बन्ध स्थापित हुने दावी गरेका छन् । |
|
|
विदेशी राजदूतहरुले विगतमा कुटनीतिक मर्यादा नाघेर
बोल्ने गरेकोमा नयाँ सरकारले त्यस्तो अवस्था आउन नदिनेपनि उनले बताएका छन्
। मन्त्री यादवको भनाइ छ- 'विदेशीहरुबाट नेपालको राजनीतिमा प्रभाव पार्ने
काम हुँदै आएको छ आउँदा दिनमा त्यसलाई बदल्ने अवस्था सृजना गर्नेछौं ।' Foreign Minister Upendra Yadav. Photo: Santa Bagam -Sitaram Baral in Kathmandu |
||
|
Read our related news: » भारतको हेपाहा प्रवृत्ति र नेपालको सरकारी गैरजिम्मेवारीका कारण जनता विपत्तिमा परेको आरोप » बाँध टुट्दा बिस्थापितहरुको संख्या ६० हजार नाघ्यो (3 photos) » असमान सम्झौता र भारतीय उदासिनताको कारण हजारौं नेपाली बिस्थापित |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||