कोशी बाँध वाढीबाट विस्थापित हुनेको संख्या एक
लाख नाघ्यो
Meeting of 25 parties to discuss on Koshi Dam
breach. Photo: Santa
काठमाडौं, August 28, 2008- कोशी बाँध फुटेका कारण आएको वाढीबाट विस्थापित हुनेको
संख्या एकलाख भन्दा बढी भएको सरकारले जनाएको छ ।
सरकारद्धारा गठित उच्चस्तरीय समितिले भदौ १२ गते संविधान सभामा
प्रतिनिधित्व गर्ने २५ दलका प्रतिनिधिहरुलाई बोलाएर डुबानमा परेकाहरुको
उद्धार, राहत र पुनरनिर्माण सम्बन्धी छलफल गरेको छ ।
कोशीको बाढीग्रस्त क्षेत्र र त्यहाँ पुग्नुभएका
प्रधानमन्त्री प्रचण्ड । Photos: Birendra KM
स्थलगत अवलोकन पछि समितिको तर्फबाट जानकारी दिँदै रक्षा मन्त्री रामवहादुर
थापा 'वादल'ले भने 'कटान रोक्ने र राहत वितवरण गर्ने कार्यलाई पहिलो
प्राथमिकतामा राख्नुपर्छ ।'
रक्षा मन्त्री थापाले कोशी सम्झौता अनुसार भारतले समयमै वाँध मर्मत
नगर्नाले बाढी आएको बताए । उनले समयमै भारतलाई सचेत गराउन नसक्नु नेपालको
पनि कम्जोरी भएको बताए । २५ दलका प्रतिनिधि सम्मिलित वैठकलाई जानकारी
गराउने क्रममा थापाले भने 'प्रकृतिको वरदानलाई अभिशाप बन्न नदिन दोषीलाइ
कडा कारवाही गर्नु पर्दछ ।'
उच्चस्तरीय समितिमा रहेका भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार
गच्छदारले विस्थापितहरुलाई प्रर्याप्त राहत वितरण भईरहेको दाबी गरे । उनले
विस्थापितहरुको अवस्था हेर्दा कम्तिमा ६ महिनालाई राहत दिनु पर्ने बताए ।
Photo: Santa अहिलेसम्म विस्थापित हुनेको संख्या एक लाख ७
हजार ५५ पुगेको गृहसचिव उमेश मैनालीले उल्लेख गरेका छन् । विस्थापित मध्ये
१४ हजार एक सय ७ वालवालिका छन् ।
बाढीका कारण करिब ५ सय हेक्टर जमिन कटान भएको समितिको उच्चस्तरीय समितिको
अनुमान छ ।