![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from South Korea: नेपाली खबरहरु |
||
|
कोरिया जाने नेपालीहरु
कुटिने र लुटिने क्रम बढ्दै छ दुई देश बिच को सम्झौता (ईपीएस) प्रणालि जहरीलो बिष साबित कोरियाबाट, युएनओ डट्कमका बिशेष सहयोगी-डम्बर सुब्बा कोरिया, February 2, 2008 -केहि दिन अघि मधुमेह रोगले ग्रस्त नेपाली नागरिकलाई नेपाली दुतावासको स्वीकृतिमा हातमा हातकडी लगाएर आंखा र मुखमा पट्टी बांघेर फ्रिजको गाडीमा हालेर जवरजस्ति अमानवीय तरिकाले नेपाल फर्काउने कार्य भयो । कोरियामा ९० (नब्बे) जनाभन्दा बढी नेपालीहरुले ज्यान गुमाई सकेका छन । ५० (पचास) जना भन्दा बढी नेपालीहरु दुर्घटनामा परी अपाङ्ग भएका छन् । ५०० (पाँच सय) भन्दा बढी नेपालीहरुले तलब नपाएर लाचार भई रहेका छन्। ४ (चार) बर्ष अघी दुई देश नेपाल श्रम मन्त्रालय र कोरियन श्रम मन्त्रालय बीच भएको श्रमिक सम्झौता (ईपीएस) को एम.ओ.यु.मा भएको हस्ताक्षर पश्चात नियमकानून भन्दा बाहिरीएर अमानविय तवरमा भई रहेको दुई देशको सांठ गांठको व्यवहारले कोरियाका मजदुर, सामाजिक र धार्मिक संघ संस्थाहरुले आपत्ति जनाउन थालि सकेका छन् । केहि दिन अघि मधुमेह रोगले ग्रस्त नेपाली नागरिकलाई नेपाली दुतावासको स्वीकृतिमा हातमा हातकडी लगाएर आंखा र मुखमा पट्टी बांघेर फ्रिजको गाडीमा हालेर जवरजस्ति अमानवीय तरिकाले नेपाल फर्काउने कार्य भयो । एक महिना अघि प्रवासी मजदुर युनियनका अध्यक्ष काजिमान खापुङ र उपाध्यक्ष राजु गुरुङलाई पनि नेपाली दुतावासकै स्वीकृतीमा नेपाल फर्काउने कार्य भयो । यस्तो कार्य किन भई रहेको छ ? अर्को तर्फ नेपालको नै कुरा गरौं । नेपालको वैदेशिक रोजगार ऐनको संसोधन गरेर श्रम मन्त्रालयका वरिष्ट दलालहरु नेपाली श्रमिकहरुको श्रम र पसिना विकसित मुलुकहरुमा खुलेआम तरिकाले बेचेर आफनो गोजी भर्नमा व्यस्त छन । कोरियन भाषा सिक्ने विधार्थीहरुको संख्या नेपालमा एक लाखको हाराहारिमा पुगि सकेको छ । कोरियन भाषा सिकाउने ईन्स्टिच्युट दुई सय भन्दा बढी भई सकेको छ । सो ईन्स्टिच्युटहरुमा पढाउने शिक्षकहरु तीस प्रतिशत मात्र सक्षम रहेको नेपालमा गएर आउने कोरियनहरुले बताउने गर्छन । बांकी सबै शिक्षकहरु अशक्षमहरु नै छन । विधार्थीलाई पढाउने शिक्षक आफै अशक्षम छन भने विधार्थीको हालत कस्तो होला ? कोरियाको क्याम्पसमा पढ्ने नेपाली विधार्थीहरुको सर्टिफिकेट नेपालमा एक लाखको दरले खुलेआम बिक्री भई रहेको छ । त्यसको अनुसन्धान र नियन्त्रण गर्नमा श्रम मन्त्रालयका वरिष्ट दलालहरुको ध्यान पुग्न नसकेको हो या त ध्यान दिन नचाहेको हो यो पनि रहस्यमय भई रहेको छ । दक्षिण कोरियामा ईपीएस असफल भई सकेको कोरियन मानव अधिकारवादीहरुले बताई सकेका छन् । गत चार बर्ष देखि लागु भएको ईपीएसबाट आउने विदेशी मजदुरहरु मध्ये ६० (साठी) प्रतिशत अवैधानिक भई सकेका छन् । कम्पनीहरुको मनोमानी मात्र नभएर हजारौ विदेशी मजदुरहरुको तलब दिन सकेका छैन । हजारौ व्यक्तिहरु घाईते, अपाङ्ग भएर पनि उपयुक्त क्षतिपुर्ति पाउन सकेको छैनन । कम्पनीका मालिक एवम् कामदारहरुले विदेशी मजदुरहरुलाई अभद्र गाली तथा कुटपिट गरेमा उचित कानुनी व्यवस्था छैन । उजुरी गर्ने वित्तिकै सो विदेशी मजदुरहरु अवैधानिक हुने या त स्वदेश फिर्ता हुनु पर्ने बाध्यता छ । नेपाली दूतावासका नव नियुक्त नेपाली राजदूत कमल प्रसाद कोईरालाले खुलेआम रुपमा कोरियामा मजदूरहरु थ्रि डी (Dirty, Dangerous, Difficult = फोहोरी, खतरा र कठिन) काम गर्देछन भन्नु उचित होईन भनेर ईपीएसको प्रचार प्रसार गरि रहेका छन । राष्ट्रहितका गुनगान गरि रहेका छन । नव नियुक्त नेपाली राजदूत कमल प्रसाद कोईरालालाई के थाहा कोरियामा ९० (नब्बे) जनाभन्दा बढी नेपालीहरुले ज्यान गुमाई सकेका छन । ५० (पचास) जनाभन्दा बढी नेपालीहरु दुर्घटनामा परी अपाङ्ग भएका छन् । ५०० (पाँच सय) भन्दा बढी नेपालीहरुले तलब नपाएर लाचार भई रहेका छन् । तर राष्ट्र भनेको नै जनता हो भन्ने बिर्सि रहेका छन् । ईपीएस प्रणाली कोटा सिस्टम होईन कम्पनीको चाहना हो । ईपीएस लागु भएको ४ (चार) बर्ष भयो तर ईपीएसबाट कोरियामा काम गर्न आउने विदेशी मजदुरहरुको संख्या एकदमै न्यून रहेको छ । कोरियन सरकारले चाईना, रसिया आदीमा रहेका आफनो पुस्ताहरुलाई बढी ग्राहता दिएको छ । आफनो पुस्ताहरु घुम्न आउनेहरुलाई पनि काम गर्ने कानुनी अधिकार दिएको छ । कम्पनीको अन्य विदेशी मजदुरहरु राख्ने चाहना हुदा हुदै पनि सरकारले आफनै पुस्ताहरुलाई रोजगार दिने अभियान चलाई रहेको छ । दक्षिण कोरिया सरकार ईपीएस लागु गर्नु भनेको त दक्षिण कोरियामा रहेको अवैधानिक विदेशी मजदुरहरु हटाउनु हो र दक्षिण कोरियाको भाषा र संस्कृति अन्य गरिब राष्ट्रहरुमा विस्तार गर्नु मात्र हो । यस्तो रणनिती नेपाल सरकारले बुझन सकेको छैन । जुन रणनितीमा मुछिंदै गएमा नेपालीहरुको लागि ईपीएस जहरीलो बिष हुन सक्छ । त्यसको सम्पूर्ण जिम्मेवार नेपाल सरकारले लिनु पर्छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®