Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

कोइराला अचानक अस्वस्थ, स्वस्थमा क्रमिक सुधार हुँदै



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Nepali Congress President and former Prime Minister Girijaprasad Koirala. Photo: eEyeCam

काठमाण्डौं, December 7, 2008- नया संविधान नबनाई जीबनबाट विश्राम नलिने उद्घोष गर्नुभएका नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधामन्त्री गिरिजाप्रसाद कोइराला आइतबार अचानक अस्वस्थ हुनुभएको छ ।

कन्‍चनपुरको महेन्द्रनगरमा आयोजित कांग्रेसको सभामा माओवादी विरुद्ध क्रान्तिको जरुरत रहेको बताएर बिमानबाट काठमाडौं फर्कनुभएका कोइराला विमानमै बिमार भएपछि निवासको सट्टा गंगालाल ह्दयरोग अस्पताल पुर्याइएको थियो । उहालाई विमानमै स्वासप्रस्वासको समस्या देखिएको थियो ।

कोइरालालाई पहिले झैं निमोनिया भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । कोइरालाको उपचारमा डा. भगवान कोइराला मनबहादुर केसी, डा. जगदीश अग्रवाल, डा. अर्जुन कार्कीलगायतको टोली संलग्न छ । उहाको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न टोलीले बताएको छ । तर डाक्टरहरुले उहालाई बोल्न नहुने बताएकाले उहाको स्वास्थ्य स्थिति अझै गम्भीर रहेको हुनसक्ने अनुमानपनि गरिएको छ ।

कोइराला विमार भएको खवर सर्वत्र पुगेपछि प्रधामन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमलगायत बरिष्ठ मन्त्रीहरु कोइरालालाई भेट्न अस्पताल पुगेका थिए । यसैगरी ठूलो संख्यामा नेपाली कांग्रेसका नेताकार्यकर्तापनि अस्पताल पुगेका थिए । ८६ बर्षीय कोइराला अचानक विमार भएको खवरका कारण नेपाली कांग्रेसका कार्यकर्ताहरुमा चिन्ताको लहर देख्न सकिन्थ्यो । उपचारमा संलग्न डाक्टहरुले उहाको स्थिति सुधि्रदै गएको बताएपछि उनीहरु आस्वस्त भएका थिए ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®