Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बिशेष टिप्पणी: कोइरालाले संयुक्त राष्ट्र संघका महासचिव मुनलाई गुहारे

काठमाण्डौं, November 1, 2008- सेना समायोजन हुन नदिन अन्तिम प्रयत्न गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसकालागि राष्ट्र संघीय महासचिव वान कि मुनलाईसमेत गुहारेको छ ।

महासचिव मुनसँग शनिवार विहान भएको भेटमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी सेना र नेपाली सेनाको समायोजन माओवादी सेनाको रेखदेख र पुनस्र्थापनाकालागि हालै गठन गरिएको उच्चस्तरीय संयन्त्रप्रति आफ्नो दलको सहमति नरहेको भन्दै राष्ट्रसंघलाई गुहारेका हुन् ।

पाँच दिन अघि गठन गरिएको उच्चस्तरीय राजनीतिक समितिमा नेपाली कांग्रेसले अहिलेसम्म आफ्नो प्रतिनिधि पठाएको छैन । माओवादीले समितिको संयोजक आफ्नो दलको हुनुपर्ने दावी गरेपछि कांग्रेसलेपनि त्यस्तै दावी गरेको थियो । तर माओवादीले संयोजकको दावी छाडी समितिमा आफ्ना तर्फबाट २ जना पदाधिकारी हुनुपर्ने नयाँ शर्त राखेर समस्याको समाधान खोज्यो । यसको सट्टा माओवादी संयोजकको जिम्मेवारी एमालेलाई दिन सहमत भयो । यसरी संयोजकको जिम्मेवारी एमालेले पाउने भएपछि माओवादी झैं समितिमा आफ्नोपनि दुई सदस्य हुनुपर्ने दावी कांग्रेसले गर्न थालेको छ ।

तर समितिमा सहभागी अन्य दलहरुले भने समितिमा माओवादीका दुई जना प्रतिनिधि नभई एकजनामात्र रहेका र शान्तिमन्त्री समितिको पदेन सदस्य रहेकाले संयोगबस माओवादीकै भएकालेमात्र माओवादीका तर्फबाट दुईजना भएजस्तो देखिएको भन्दै कांग्रेसलाई नाजायज शर्त नराख्न आग्रह गर्दै आएका छन् । कांग्रेसले आफ्नो तर्फबाट दुईजना सदस्य नरहे समितिमा नबस्ने धम्की दिएको छ । अन्य दलहरुले कांग्रेसको यो अडान र धम्कीलाई सेना समायोजित हुनै नदिने योजनाको रुपमा लिएका छन् ।

माओवादीले संविधान सभामा सिट संख्याको हिसावलेपनि कांग्रेसभन्दा आफ्नो दल दोब्बर ठूलो दल भएकाले आफ्नो हाराहारीमा कांग्रेसले दावी गर्न नमिल्ने जवाफ दिएको छ । माऒवादी नेता दीनानाथ शर्माले त समितिका कांग्रेस नबसेपनि अब सेना समायोजनको प्रकृया अघि बढ्ने बताएका छन् । समितिमा बस्न कांग्रेसलाई अन्य दलहरुको दबाबपनि बढ्न थालेको छ । आफूमाथि दबाब बढिरहँदा कांग्रेसले राष्ट्रसंघीय महासचिव मुनलाई गुहारेको हो ।

मुनसँग शनिवार विहान भएको भेटमा कांग्रेस सभापति कोइरालाले समिति गठनप्रति आफ्नो दलको सहमति नभएको बताएका थिए । कोइरालाले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने कार्य आफ्नो दलकालागि अमान्य भएको जानकारीपनि दिएका थिए । स्मरणीय छ, सेना समायोजन सम्बन्धी विस्तृत शान्ति सम्झौतामा कोइराला आफैले हस्ताक्षर गरिसकेका छन् । आफैले गरेको हस्ताक्षर विपरित राष्ट्रसंघीय महासचिवलाई गुहार्न उनी चुकेनन् ।

मुनसँगको भेटमा कांग्रॆस सभापति कोइरालाले नेपालमा शान्ति स्थापनाकालागि कार्यरत राष्ट्रसंघीय मिसन 'अनमिन' को आलोचनासमेत गरेका थिए । 'संविधान सभामा माओवादीले हतियार लिएर जाँदासमेत 'अनमिन' ले केही गर्न सकेन' कोइरालाले महासचिव मुनसँगको भेटमा भनेका कुरा उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने- 'यसले गर्दा अनमिनको भूमिकामाथि प्रश्नचिन्ह उठेको छ ।'
 
सेना समायोजनकालागि गठित राजनीतिक समितिका बारेमा अहिले देशभित्रै राजनीतिक पार्टीहरुबीच व्यापक बहस छ । कसरी हुन्छ नेपाली कांग्रेसलाईपनि सो समितिमा सामेल गराउन सरकारमा रहेका राजनीतिक पार्टीहरुले प्रयास जारी राखेका छन् । राजनीतिक पार्टीहरु आपसमा मिलेर टुङ्ग्याउनु पर्ने यो विषयका बारेमा कोइरालाले राष्ट्रसंघीय महासचिवलाई गुहार्नुले कोइरालाको राजनीतिक कच्चापन प्रदर्शित भएको छ ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®