नेका सभापति कोईरालाले पोखे दुखेसो भारतीय
विदेशमन्त्री समक्ष
काठमाण्डौं, November
25, 2008-
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाले सरकारको नेतृत्व
गरेको माओवादीकै कारण मुलुकमा हत्या, हिंसा बढिरहेको आरोप लगाउनुभएको छ ।
भारतीय विदेशमन्त्री प्रणव मुखर्जीसँगको भेटमा कोइरालाले यस्तो आरोप
लगाउनुभएको हो ।
माओवादीले १२ बुँदे सहमती र त्यसपछिका सबै सहमती र सहकार्य तोड्दै आएको
मुखर्जीसँग बताएको भेटवार्तामा सहभागी कोईरालापुत्री सुजाता कोइरालाले
संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।
कोइरालाले माओवादीसँग सहकार्य गरेर अघि बढ्न नसकिने पनि बताउनुभएको उहाँले
जानकारी दिनुभयो।
तर कोईरालाले संविधान लेखन प्रकि्रयामा आफ्नो सकरात्मक भूमिका रहने
बताउनुभएको छ ।
भेटमा विदेश मन्त्री मुखर्जीले भारतले नेपालमा स्थायी शान्ति र विकास भएको
भारतले हेर्न चाहेको बताउनुभएको सुजाता कोइरालाले उल्लेख गर्नुभयो ।
भारतीय विदेशमन्त्री प्रणव मुखर्जी ३ दिने नेपाल भ्रमणको क्रममा मंगलबार
दिनभर भेटवार्ता गर्नुभएको छ । मुखर्जी बुधबार भारत फर्कदै हुनुहुन्छ ।