निर्वाचन नै नभइ कोइरालाद्वारा आफु संसदीय दलको नेता भएको दाबी
काठमाण्डौं, November
11, 2008- जीवनको अन्तिम अवस्थामापनि नेपाली कांग्रेसका सभापति
गिरिजाप्रसाद कोइरालामा पदप्रतिको मोह अझै छुटेको रहेनछ । माओवादीले
संविधान सभा निर्वाचनमा जितेपछिपनि प्रधानमन्त्रीको कुर्ची छाड्न आनाकानी
गरेका र प्रधानमन्त्री छाड्नुपर्ने भए आफूलाई राष्ट्रपति बनाइन आग्रह गरेका
कोइरालाले त्योपनि नपाएपछि कांग्रेस संसदीय दलको नेता आफै रहिरहेको
हाँस्यास्पद दावी गर्न थालेका छन् ।
नयाँ निर्वाचन भएपछि संसदीय दलको नेतापनि नयाँ चुन्नुपर्नेमा कोइरालाले
सोमबार बसेको संसदीय दलको बैठकमा आफू नै संसदीय दलको नेता कायम रहेको दावी
गरे । उनले यस्तो हाँस्यास्पद दावी गरेपछि नरहरि आचार्य लगायतका नेताहरुले
उनको भनाईलाई चुनौति िदंदै संसदीय दलको निर्वाचन नै नभएको स्थितिमा तपाईं
कसरी संसदीय दलको नेता हुनुभयो ? भनी प्रश्न गरेका थिए । आचार्यको प्रश्नको
जवाफ कोइरालाले दिन सकेनन् ।
जानकारीअनुसार आफूलाई संसदीय दलको नेता नमान्नेलाई आफूले कार्वाही
गर्नेसम्मको धम्की उनले दिएका थिए । कोइरालाले आफूलाई संसदीय दलको नेता
कायम रहेको दावी गर्नुमा फेरि प्रधानमन्त्री बन्ने कोइरालाको लालसा रहेको
बताइन्छ । किनभने कांग्रेस संसदीय दलको विधानमा पार्टीले सरकारको नेतृत्व
गर्नुपर्ने स्थिति आएमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने कुरा
उल्लेख छ । आफ्नो सभापतिकॊ पद र सत्तामोह देखेर कांग्रेस कार्यकर्ताहरु
यतिबेला लाजले पानी-पानी भएका छन् ।