|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
किराँती चाँड उधौली पर्वको संघारमा किराँत राज्यको
अवधारणाको चर्चा काठमाण्डौं, November 23, 2008- किराँतीहरुको मुख्य चाँड मध्येको उधौली पर्वको रौनक सुरु भएको छ । उधौली पर्वको अवसर पारेर किराँत राईहरुको संगठन किराँत राई यायोक्खाले शुक्रबार काठमाण्डुमा शुभकामना आदानप्रदान तथा चियापान समारोह गर्यो । समारोहमा किराँत राई यायोक्खाले आफूहरुले अघि सारेको १७ जिल्लाको किराँत राज्य बनाउनुपर्ने अवधारणालाई प्रचारप्रसारसँगै तीब्र पारिने जनाएको छ । आफूहरुले सबै कुरालाई ध्यान दिएर किराँत राज्यको अवधारणा अघि सारेको किराँत राई यायोक्खाकी अध्यक्ष सुमाया राईले बताउनुभयो । उहाँले भन्नुभयो 'हामीले अघि सारेको अवधारणाले राज्य पुनस्रंरचनाका लागि ठूलो योगदान पुर्याउने छ ।' कार्यक्रममा आदिवासी जनजाति नेताले जाति र भाषाका आधारमा संघीय राज्य निर्माण हुनुपर्नेमा जोड दिए । समाजशास्त्री तथा जनजाति नेता डा. कृष्ण भट्टचनले ऐतिहासिक जगमा जाति र भाषालाई आधार मानेर संघीय राज्य निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो 'स्रोत साधनको आधारलाई अघि बढाएर जनजातिलाई रनभुल्लमा पार्ने खेल सुरु भएको छ तर यस्बाट जनजाति अगुवाहरु सचेत हुनुपर्छ।' यसैगरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किराँतले आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि संविधान सभा नै महत्वपूर्ण अवसर भएकाले राज्यसत्ताबाट बाहिर रहेका वर्गको पक्षमा गम्भीर हुनसक्नुपर्ने बताउनुभयो । जनमोर्चाबाट मनोनीत सभासद दुर्गाजयन्ती राईले आफ्नो पार्टी जाति र भाषाका आधारका पक्षमा रहेको बताइन् । कार्यक्रमकै अवसरमा किराँत राई यायोक्खाले घरजग्गा खरिदका लागि सहयोग गर्ने दाताहरुलाई धन्यवाद तथा सम्मान पनि गरेको छ । यायोक्खाको घर जग्गा खरिदका लागि १२ सय जनाले आर्थिक सहयोग गरेको किराँत राई यायोक्खाकी अध्यक्ष सुमाया राईले जानकारी दिनुभयो । यस वर्षको उधौली पर्व भने मंसिर २७ गतेदेखि सुरु हुँदैछ । किराँती समुदाय राई, लिम्बू, याक्खा र सुनुवारहरुको मुख्य चाँड मध्येको उधौली पर्व धुमधामका साथ मनाउँछन् । -Khagendra Makhim in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||