|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|
Special Photo feature: United Kirat Rai Organization of America New York Chapter |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
An Evening of Cultural Delight and
Interaction on "New Nepal and Future Challenges" न्यू योर्कमा "नयाँ नेपाल र भावी चुनौती" अन्तरक्रिया र उन्धौलीको रमझम Organizers and artists at the event. News being updated. Photos: eEyeCam & Ang Kami Sherpa (PhotoHera.Com) न्यू योर्क, December 26, 2008- किरात राईहरुको उन्धौलीको उपलक्षमा न्यू योर्कमा "नयाँ नेपाल: भावी चुनौती" (New Nepal: Future Challenges) बिषयमा शुक्रबार एक अन्तरक्रिया र बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गरियो। Chief Guest Nepalese Ambassador to UN Madhuraman Acharya and Supreme Master Godangel Bal Tapaswi Satguru Omnanda. Photos: eEyeCam |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
युनाईटेड किरात राई ओर्गानैजेसन अफ अमेरिका (United Kirat Rai Organization of America-UKROA) न्यू योर्क चैप्टरले किरातहरुको महान चाड उन्धौली (न्वागी) को उपलक्षमा न्यू योर्क शहरको अस्टोरियास्थित चियान फेडेरेसनमा डिसम्बर २६ मा आयोजना गरेको उक्त कार्यक्रममा न्यू योर्क शहरमा कृयाशिल बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले नयाँ नेपालबारे आ-आफ्ना मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रमको प्रमुख अतिथी सङ्युक्त राष्ट्र संघका लागि नेपाली राजदुत मधुरमण आचार्य हुनु हुन्थ्यो भने सभापतित्व UKROA न्यू योर्क चैप्टरका सभापति प्रभाकर राइले गर्नु भएको थियो। अन्तरक्रिया कार्यक्रममा मन्तब्य ब्यक्त गर्नेहरुमा प्रमुख अतिथी आचार्य, धर्मगुरु ओमनन्द (Supreme Master Godangel Bal Tapaswi Satguru Omananda), कर्मा ग्याल्जेन शेर्पा, राम मनोहर, वकिल दुर्गा सुब्बा, दिपेश लिम्बु, लीला राइ, मिङ्मार शेर्पा, पासाङ दोर्ची शेर्पा, प्रमोद सिटौला, अर्जुन गुरुङ, वकिल खगेन्द्र जिसी, टेक गुरुङ, ईन्द्र तामाङ, सञ्जय थापा, डा. गीता आचार्य, वकिल बिनोद रोका, आदित्य महर्जन, डा. तारा निरौला र शिवकुमार राइ हुनुहुन्थ्यो। United Kirat Rai Organization of America (UKROA) New York Chapter President Prabhakar Rai and Federation of Nepalese Indigenous Peoples of America (FIPNA) President Karma G. Sherpa. बक्ताहरुले नयाँ नेपालको नयाँ संबिधानमा आदिबासी जनजाती, दलित, महिला, मधेसी र गरीब जनताको हक अधिकार सुरक्षित गर्नु पर्ने कुरामा जोड दिएका थिए। केही बक्ताहरुले राष्ट्रियता प्रमुख कुरो हो भनी रहदा अन्य बक्ताहरुले संघियताबेगरको राष्ट्रियताको कुनै अर्थ नलाग्ने भन्न बाँकी राखेनन्। Nepalese Americas Council President elect Dr. Tara Niraula and UKROA President Shivakumar Rai. Photos: eEyeCam न्यू योर्कमा पहिलो पटक नयाँ नेपालबारे आ-आफ्ना धारणा एउटै मन्चमा बोल्ने बातावरण र मौका दिएकोमा अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैले युनाईटेड किरात राई ओर्गानैजेसन अफ अमेरिकाको प्रयासलाई सराहना गरेका थिए। अन्तरक्रिया कार्यक्रमको सन्चालन प्रखर र सटिक बिचारका लागि चर्चित वकिल सुरेश चाम्लिङ राइले गर्नु भएको थियो। Notice: अन्तर्कृया कार्यक्रमको पूर्ण विवरण (Transcript) छिट्टै यसै पानामा प्रकासित गरिने छ। See news archive: December 2008 & look for under December 27 news: An Evening of Kirat Rai Cultural Delight and Interaction on "New Nepal and Future Challenges" (54 Photo) न्यू योर्कमा "नयाँ नेपाल र भावी चुनौती" अन्तरक्रिया र उन्धौलीको रमझम Nepalese Democratic Youth Council President Pramod Sitaula and FIPNA General Secretary Arjun Gurung. Photos: eEyeCam साँझको सास्कृतिक कार्यक्रमको शुरुवात अन्तरक्रिया कार्यक्रम तन्किएको कारण झन्डै १ घण्टा ढिलो गरी शुरु गरिएको थियो तर किराती नाचहरुको रमाइलोसङ्गै रातको अबेरसम्म नेपाली लोक भाका, किराती सोइ ढोले सोइ र आकर्शक न्रित्यहरुले अमेरिकामा रहेर पनि सबैलाई उन्धौलीको रमझममा रम्ने अबसर प्रदान गरेको थियो । सहभागि कलाकारहरुमा न्रित्य तर्फ: Yashodha Rai, Namita Rai, Prema Hang Rai, Ghanendra Rai, Basanti Rai, Dharambir Lama, Zenith Rai, Suman Rai, Bipin Rai, Prayas Rai, Prema Hang Rai, Puja Rai, Bindu Rai, Santa Rai, Namita Rai, Keshabram Rai, Maya Rai, Regina Rai, Santa Rai ले आकर्सक न्रित्य प्रस्तुत गरेका थिए भने गायन तर्फ: Bipin Rai, Jaya Rai, Ghanendra Rai, Sujata Rai, Yashoda Rai, Namita Rai, Kiran Khaling Rai, Santa Rai, Rahul Rai, Srijana Rai, Samriddha Rai, Puja Rai ले आ-आफ्ना सुमधुर गीतहरु प्रस्तुत गरेका थिए। Multi-talent dancer and singer Yashoda Khaling Rai. Photos: eEyeCam सास्कृतिक कार्यक्रमको सन्चालन बल राइ, प्रबिना राइ, पूजन राइ, सुमन राइ, र केसबराम राइले गरेका थिए। कार्यक्रमको अन्तमा प्रमुख अतिथी आचार्यबाट कलाकार, आयोजक सहयोगि र स्वयमसेवकहरुलाई प्रशङ्सा पत्र प्रदान गरिएको थियो। -Pratha Magar in New York. Comments? 917-570-1098 "संघीयताको बारेमा सवाल गर्नु ब्यर्थ हो" -महामहिम राजदूत आचार्य Chief Guest Nepalese Ambassador to UN Madhuraman Acharya "सात दल र माओवादीको १२ बुँदे सहमति, उक्त सहमतिको आधारमा भएको जन आन्दोलन, सो जन आन्दोलनको म्यानडेटबाट बनेको अन्तरिम संबिधान, र सो संबिधानबाट भएको संबिधान सभाको निर्वाचनबाट समेत संघीयताको बिवाद टुंगो लागी सकेको अवस्थामा यस बारेमा सवाल गर्नु ब्यर्थ ब्यर्थ हो।" उक्त कुरा युनाइटेड नेसन्स परमानेन्ट मिसन अफ नेपालका प्रतिनिधी महामहिम राजदूत मधुरमण आचार्यले युनाईटेड किरात राइ ओर्गनैजेसन अफ अमेरिका न्यू योर्क लोकल चाप्टरद्वारा आयोजित "नया नेपाल-भावी चुनौती(NEW NEPAL-FUTURE CHANLENGES)शिर्सकमा आयोजित अन्तरक्रिया कार्यक्रममा बताउनु भएको हो। उहाँले अबको महत्वपूर्ण बिसय कस्तो संघीयता संबिधानमा राखने हो? भन्ने बारेमा छलफल आवश्यक छ भन्नु भयो । उहाँले जाति, भाषा, भौगोलिक क्षेत्र, प्रसासनिक आधारमा संघीयता हुनु पर्नेमा धेरै कुरा उठेको छ तर आर्थिक र बैज्ञानिक आधारमा संघीयता हुनु पर्नेमा कुरा उठेकै छैन यो उठाउनु जरुरी छ। नेपालको ३ जिल्लामा मात्र धेरै राजस्व उठने हुंदा र म प्रशासनको बिद्यार्थी पनि भएको हुंदा राज्यको पहुँच जनतासम्म पुर्याउनुको लागी आर्थिक र बैज्ञानिक आधारमा संघीयता हुनु पर्दछ भन्ने मलाई लाग्दछ। जनजाति, मदिशे, दलितहरु मात्र होइन खस प्रदेश कर्णाली क्षेत्र धेरै क्षत्री बाहुनको बाहुल्य भएको ठाउ हो, क्षेत्री बाहुन पनि त्यो क्षेत्रमा राज्यबाट ठगीएका छन त्यसो हुंदा सबै अटाउने उत्क्रिस्ट संबिधान निर्माणमा हामी सबैको जोड हुनु पर्दछ। सन १९९१ मा संबिधान बनाऊदा रातारात ३ वटा संबिधान बनेको भन्ने बक्ताको भनाई प्रति उहाँले तेसबेला संबिधान सभा थिएन र तेसो भएको हुनसक्छ तर अहिले बन्ने संबिधान संबिधान सभाले बनाउने भएकोले शंका नगर्न आग्रह गर्नु भयो। फेडेरेसन अफ इन्डीजिनिस पीपुल्स नेपाल इन अमेरिका (FIPNA) का सभापति कर्मा ग्याल्जेन शेर्पाले अबको नेपाल आमूल परिवर्तनमा आदिवासी जनजातिको सवाललाइ सम्बोधन गरीएन भने दुर्भाग्य हुन्छ भन्नु भयो। गड अफ एंजेल बाल तपस्वी सतगुरु ॐ नन्दले मानिस मानव जाति हुनु पर्नेमा हिन्दू, मुस्लिम, बूदिस्ट, क्रिस्चियन भनी धर्मंमा बिभक्त भएकोले मानव जातिको हित हून नसकेको बिचार ब्यक्त गर्नु भयो। ग्लोबल वारमिंग मानवजातिको चुनौती भएको बेला पनि हामी तेसको वास्ता नगरी धर्ममा जोड़ गरी राखेका छौं यो राम्रो होइन भन्नु भयो। युनाईटेड किरात राई ओर्गनैजेसनका केन्द्रीय सभापति शिवकुमार राईले बिभिन्न तथ्यगत आंकडा प्रस्तुत गर्नु हुँदै बहुसंख्यक जाति माथी अल्संख्यकको साशन भएको र मुलुकको संबिधानमा पनि तेहि कुरालाई ब्यबस्थित गरिएको हुंदा नेपालको बिकाश हून नसकेको हो भन्नु भयो। अमेरिकाको कानूनबिद वकील खगेन्द्र जीसीले सन १९९१ को संबिधान बनाउंदा एडभाइजरी कमिटीमा उहालाइ राखिएको हुंदा बहुत मिहिनेत गरी काम गर्नु भएको, अमेरिका भरी घुमेर बिभिन्न नेपालीहरुबाट अभिमत संकलन गरेर सुझाव दिएकोमा रातारात ३ वटा संबिधान आएको, आफ्नो सुझावको कुनै मूल्यांकन नभएको तितो यथार्थता बताउनु भयो। अब आउने संबिधान सभाले पनि तेस्तै त गर्ने होइन? प्रश्न गर्नु भयो तेस्को लागी हामी अति चनाखो भाई दवाव दिनु पर्नेमा बिचार ब्यक्त गर्नु भयो। Lawyer and Nepal Center President Khagendra GC and United Nepalese Democratic Forum (UNDF) New York Chapter President Tek Gurung. Photos: eEyeCam युएस नेपाल अनलाइन डट कमका पासांग दोर्ची शेर्पाले आज देसबाट धेरै नेपाली प्रतेक दिन बिदेशिने क्रम जारी रहेकोमा चिन्ता ब्यक्त गर्दै असल नेपाल बनाउन कुशल म्यानेजमेन्टको आवश्कता छ भन्नु भयो। बिदेशमा बस्नेहरुको पहलमा बिदेशमै राजनीतिक दल खोली नेपालको लागी केही गर्न पर्नेमा जोड दिनु भयो। अधिवक्ता दुर्गा प्रसाद सुब्बाले पुरानो थातथलोको आधारमा बसी आएको लिम्बुवानबाशिको कुरा उठदा अरुलाई टाउको दुखाउनु पर्ने आवश्कता नभएको कुरा ब्यक्त गर्नु भयो। Lawyer Durga Subba and Kirat Yakthum Chumlung USA General Secretary Dipesh Limbu. Photos: eEyeCam किरात याक्थुंग चुम्लुंगका दीपेश लिम्बुले लिम्बुवानको बिरोध गर्नेहरुको मुखमा ताला लगाईने छ भन्नु भयो। नेपलिज डेमोक्रेटिक युथ काउन्सिलका सभापति प्रमोद सिटौलाले नेपालमा सरकारले बिद्रोही सेनामा भर्ती खोल्दै छ यसले देसलाइ कहा पुर्याउने हो सोच्नु पर्ने बेला भएको छ भन्नु हुँदै म झापा जिल्लाबाशी हु अब म लिम्बुवान बाशी भएँ की मदेश बाशी भएँ आफुलाई थाहा नभएको कुरा बताउनु भयो। नेपाल तराईइन अमेरिकाका राम मनोहर शाहले एक मदेश एक प्रदेशको कुरा राजनीतिक कुरा हो म तेस तरफ कुरा कोट्त्याऊदिन सबै नेपाली भएर बस्नको लागी आर्थिक र शिक्षाको बिकाश जरुरी भएको छ भन्नु भयो। नेपाली जनसंपर्क समिति अमेरिकाका मिंगमार शेर्पाले जातिको आधारमा संघिएता हुनु हुन्न भौगोलिक आधारमा हुनु पर्छ भन्नु भयो। सोही समितिको मुनेन्द्र नेम्वांगले जातिको आधारमा संघिएता नभएमा लिम्बुवानबाशी चुप लागेर नबसने चेतावनी दिनु भयो। यूनेटेड डेमोक्रेटिक फोरमका संजय थापाले लिम्बुवानको नकारात्मक कुरा उठाउनु नहुने पुर्व वक्ताको भन्ने भनाई स्मरण गर्नु हुँदै लिम्बुवान हून नसक्ने र काठमांडूमा २६ प्रतिसत नेवार बसोबास गर्छ भने बहुसंख्यक जातिलाइ बाई पास गरी कसरी नेवार राज्य बनाऊन सकिन्छ भन्नु भयो। तेस्को प्रतिउतरमा नेवा गुठीको आदित्यमान महर्जनले सवाल अल्पमत र बहुमतको होइन एइतिहासिक थात थलोको हो नेवार राज्य चहिन्छ भन्नु भयो। Nepali Jana Samparka Samiti America (Devkota Group) Vice President Mingmar Sherpa and US Nepal Media Center President Pasang Dorchi Sherpa. Photos: eEyeCam फेडेरेसन अफ इन्दिजिनिस नेपलिज पीपुल्स इन अमेरिकाका महासचिव अर्जुन गुरुंगले इतिहास देखिनै राज्यबाट आदिवाशी ठगीएको हुंदा अब बन्ने संबिधानको प्रस्तावना मै क्षमा याचना उल्लेख हुनु पर्दछ भन्नु भयो। कार्यक्रममा एन आर एन अमेरिकाका सभापति तथा प्रोफेसर डा,तारा निरौला, युनाईटेड डेमोक्रेटिक फोरमका सभापति टेक गुरूंग, बिद्वान कानुनबिद वकील बिनोद रोक्का, बिजिनेसम्यान लीला राई, डा.गीता आचार्य, तामांग सोसैटीका सभापति इन्द्र तामांग लगाएतका वक्ताहरुले बिचार ब्यक्त गर्नु भएको थियो। Newa Guthi New York Prsident Aditya Maharjan and lawyer Binod Roka. Photos: eEyeCam लोकल चाप्टरका सभापति प्रभाकर राईको सभापतित्व र सुरेश चामलिंगको सञ्चालनमा भएको उक्त कार्यक्रममा स्वागत भासन सुमन राईले गर्नु भएको थियो। बल राई र केशब राईको पहलमा भएको वर्तमान अवस्थाको जल्दोबल्दो बिसयमा अंतर्क्रिया र सांस्क्रतिक कार्यक्रम गरिएको अमेरिकी मै पहिलो र रोचक भएको वक्ताहरुले बताएका थिए। युनाईटेड किरात राई ओर्गानैजेसन अफ अमेरिका न्यू योर्क लोकल चाप्टरले राइहरुको उधौली चाडको उपलक्षमा गरेको यो कार्यक्रममा राजदूत आचार्यद्वारा प्रमाण पत्र बितरण गरिएको थियो। कार्यक्रममा संस्थालाई सहयोग राशि उपलब्ध गराउनु हुने कुंगा शेर्पालाइ बिशेष धन्यवाद दिइएको थियो। -Suresh Chamling Rai in New York Namaste with a warm smile! Bimala Rai. Photos: eEyeCam UKROA Board of Director Suresh Chamling Rai and Ram Manohar. Photos: eEyeCam Tamang Society of America President Indra B. Tamang and UNDF General Secretary Sanjaya Thapa. Photos: eEyeCam Dr. Gita Acharya, wife of Ambassador Acharya and youth leader Munindra Nembang. Photos: eEyeCam ![]() Leela Rai. Photo: Ang Kami Sherpa (PhotoHera.Com) Ambassador Acharya receiving guest badge from Bimala Rai. Photos: eEyeCam Singers Namita Rai Emcee Suman Rai. Photos: eEyeCam Emcee Prabina Rai Dancer Basanti Rai and Dance Director Dharambir Lama Yashodha Rai Photos: eEyeCam Singer Samriddha Rai Rai girls at the event. Photos: Ang Kami Sherpa (PhotoHera.Com) Sculptor Rajesh Shakya. Photos: eEyeCam Singer Bipin Rai. Photos: eEyeCam Dancer Zenith Rai, daughter of Flutist Jaya Rai. Suman Rai Amrit Rai of The Permanent Mission of Nepal To the United Nations getting guest badge from Bimala Rai. Flutist Jaya Rai. Photos: eEyeCam Singer Sujata Rai. Santa Rai Deepak Rai Photos: eEyeCam Photos: eEyeCam Photos: eEyeCam |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
United Kirat Rai Organization of America Cultural Show 2008
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||