Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

किराँती राजा यलम्बरका सन्तानहरु नेवार भएर यसरी काठमाडौंमा बसे



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Byanjankar family in Lalitpur at their field where Palungo is planted for Maghe Sankranti. Photos: Samita

ललितपुर, January 14, 2009- आफुहरुको वंशज किराँती राजा यलम्बर र उनिहरु तिनै किराँती राजाका सन्तानहरु हुन् भन्ने नेवारहरुको एउटा थर ललितपुर शहरमा बसोबास गर्दछन्। माघे संक्रान्तिका दिन उपत्यकाका नेवारहरुले खोजीखोजी उनिहरुले उब्जाएको पालुङ्गो अर्थात् 'पलँ' हो कि होइन भन्दै सोधी छानी छानी किन्ने र खाने चलन छ।

जातीय विविधताले भरिएको देश नेपालमा विभिन्न जातिहरुको बसोबास रहेको छ । नेपाल भित्र पनि विशेष गरी उपत्यकामा बढी बसोबास नेवारहरुको छ । यी नेवार जातिभित्र पनि अनेक थर उपथर पाइन्छ । ती मध्ये ललितपुरको पाटन च्यासल टोलभित्र मात्र रहेका बसोबास रहेको नेवार जाति व्याजनकारहरु हुन् । जसले अहिले पनि आफुहरुको वंशज किराँती राजा यलम्बरका सन्तानहरु हुन् भन्ने ठान्दछन् । किराँतीको वंशज भएर होला सायद यी जातिमा अति नै माया गर्ने र रिसाए वा अरु कसैले गल्ती गर्यो भने पनि यिनीहरु ज्यानै लिनसमेत पछि पर्दैनन् ।

यो जातिको भेषभूषा, रहनसहन, संस्कार र संस्कृतिमा भने अन्य नेवार ज्यापु, महर्जनहरुसँग मिल्दछ । यी जातिको बसोबास विशेष गरी ललितपुरको च्यासल, कुपन्डोल, ज्वागल र काठमाडौंको धर्मस्थली गाउँमा रहेको छ । तर काठमाडौं धर्मस्थलीका व्याजनकारहरुले भने विन्दुकार भनी आफ्नो थर लेख्दछन् । सायद व्याजनकारको अपभ्रंश भएर पनि विन्दुकार लेखेको हुनसक्दछन् । त्यही व्याजनकार 'टेपें' हरुको आफ्नो मुख्य पहिचान भनेको नै पालुङ्गो 'पलँ' हो । यसलाई मंसीरको पहिलो सातातिर पालुङ्गोको बीऊलाई २/४ दिन भिजाई त्यसपछि यसलाई सफा गरी छर्ने गरिन्छ ।
 


माघे संक्रान्तिका दिन यसको विशेष महत्व हुन्छ । उक्त दिन उपत्यकाका नेवारहरुले खोजीखोजी व्याजनकारको पालुङ्गो अर्थात् 'टेपें पलँ' हो कि होइन भन्दै सोधी छानी छानी टेपें पलँ किन्छन् । सो दिन पालुङ्गोलाई फुलको रुपमा पनि देवतालाई चढाउने चलन छ । यही पालुङ्गो पनि व्याजनकार जाति भित्र पनि सबैले रोप्नु हुँदैन भन्ने पनि विश्वास छ । हिजोआज पालुङ्गो बीऊलाई नभिजाई छरे हुन्छ भनेर प्रायः सबैले यसलाई छर्न थालिसकेका छन् । हाल आएर यसलाई नगदे बालीको रुपमा पनि लिने गरिन्छ।

-Samita Byanjankar in Lalitpur
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®