|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अन्नदाता ईष्ट देवतालाई खुशी पार्न तोङबामा जाँडको उपहार |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एउटै किराती चाडको अनेक
रुप: उधौली साकेला, चासोक तङनाम, फोलष्याँदर र चोसोवा न्यू योर्क, December 11, 2008- पुर्बी नेपालका राई, लिम्बू, सुनुवार र याख्खा जातिहरुले मनाउने एतिहासिक र रमाइलो किराती चाड उधौली साकेला, चासोक तङनाम, फोलष्याँदर र चोसोवाको रमझम शुरु भएको अबसरमा बिशेष प्रस्तुती पढ्नुहोस्: सरकारी मान्यता प्राप्त ५९ जाति, आदिवासी/जनजातिहरुमध्ये अधिकांश जातिहरु प्राचिन नेपालमा ३३ पुस्ता साशन गर्ने तिनै किरात वंशका सन्तानहरु मानिन्छन् । तथापि राई, लिम्बू, सुनुवार र याख्खा जातिहरुलाईमात्र भाषा, धर्म, लिपी र संस्कारको आधारमा किराती भनेर चिनिएका छन् । यस लेखमा किरात चाड उधौली साकेला, चासोक तङनाम अनि फोलष्याँदर र चोसोवाको बारेमा बिशेष चर्चा गरिन्छ । २०५८ सालको तत्कालिन सरकारले मंसिरे पूर्णिमाको दिनलाई यि चाडलाई किरात चाड भनेर घोषणा गरेको छ । किरात जातिको ईतिहास गोपालवंशी, महिसपालवंशी, किरातवंशी, लिच्छवीवंशी, मल्लवंशी र शाहवंशी युग हुँदै नेपाल यो वर्तमान युगमा आइपुगेको हो । वर्तमान युग नेपाली सभ्यताको हालसम्मको चरमोत्कर्ष अवस्था हो । यसको विकासको आरम्भ भने किरात कालमा आएर शुरु भएको थियो भन्ने कुरा "किरातहरुको शासन नै नेपाली संस्कृतिको उत्पत्ति काल हो" भन्ने तथ्य विभिन्न लेखकहरुका लेखहरुले पुष्टि गर्दछ । नेपालमा ३३ पुस्ताका किरात राजाहरुको शासन अवधिमा नेपालको आफ्नो आर्थिक, सामाजिक, कला, साहित्य र धार्मिक जीवनले पूर्ण आकार ग्रहण गरिसकेको थियो । वर्तमान युगसम्म आई पुग्दा हाम्रो देश एउटा यस्तो देश बनेको छ जहाँ विविध भाषा, जाति, साँस्कृति र धर्मको अद्वितीय सम्मिश्रण छ । किरात चाड प्राचिनकालदेखि नै खेतिपातिमा आधारित जनजीवनमा लगाएको अन्नबाली पाकिसकेपछि भित्र्याउनुअघि आ-आफ्ना ईष्टदेवता र पितृहरुको पूजाआजा गरी नयाँ अन्न अर्पण गरेरमात्र त्यो नयाँ अन्न खाने परम्परा विद्यमानसम्म प्रचलनमा छ । उत्साहकासाथ मनाइने यो नयाँ अन्नअर्पण गर्ने परम्परागत प्रचलन राई, लिम्बू अनि सुनुवार र याख्खा आदि किरात जातिमा समानरुपमा हुनाले नै समग्रमा यो चाडलाई किरात चाड भनिएको हो । यस चाडलाई राईहरुले उधौली साकेला (चण्डि) लिम्बूहरुले चासोक तङनाम अनि सुनुवारहरुले फोलष्याँदर र याख्खाहरुले चोसोवा का नामले मंसिरे पूर्णिमाको दिन मनाउँदछन् । किरातीहरु यस पर्बलाई आ-आफ्ना तौरतरीकाले फरक फरक रुपमा मनाउने गर्दछन् । चारै जातिका किरातीहरुले यो चाड मनाउने तरीका निम्नअनुसार छन् : |
|
|
१) राईहरुको साकेला मनाउने विधि : ![]() Sakela Chandi dance of Rai indigenous peoples. Photo collection: Nagendra उधौली मनाउँदा किरात राईहरु बसोबास गरेको ठाउँअनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरुद्वारा पहिले चुला पुज्ने त्यसपछि बाहिर सार्वजनिक स्थानमा स्थापना गएिका साकेला (चण्डि) थानमा गई मुन्धुमअनुसार पूजा आर्चना गर्ने गरिन्छ । सोही उपलक्ष्यमा मंसिरे पूर्णिमादेखि गाउँ-गाउँ र प्रत्येक घर-घरमा विभिन्न सिलीमा साकेला नृत्य, ढोल, झ्याम्टा, सिर्लिङ र मिरिमा आदि लिई हर्षोलासकासाथ नाच्ने गर्दछन् । उक्त साकेला (चण्डि) नृत्यको थालनी नाक्छोङद्वारा कटुसको स्याउला गाडेर गरिन्छ भने विभिन्न नृत्यको भावहरु सिली माङपा र माङमाको निर्देशन अनुसार वृत्ताकार बनाई नृत्य प्रस्तुत गरिन्छ । २) लिम्बूहरुको चासोक तङनाम मनाउने विधि : ![]() Limbu Chasok puja performing by a Limbu man. Photo collection: Nagendra लिम्बूहरुले चासोक तङनाम (न्वांगी पर्व) मनाउने विधिविधान बिस्तृत रुपको भएपनि यहाँ छोटकरिमा वर्णन गरिएको छ । लगाएका अन्नबाली; मकै, कोदो र धान पाकेपछि ती अन्न खानुअघि आफ्ना ईष्टदेवताहरुलाई चढाउन चासोक पूजा गरिन्छ । खेतीबारी टाढा भए अन्नका बाला घरमै ल्याई पूजा गरिन्छ भने घर नजिकै भए खेतीबारीमै गएर भुइँ सम्याएर सफा सुग्घर बनाएर पूजा थानको निर्माण गरेर पूजा गरिन्छ । धानको बाला हातैले माडेर झारेपछि हाँडीमा भुटेर देवतालाई चडाउने चिउरा (साम्बेक) बनाईन्छ भने कोदोको बालालाईपनि हातले माडेर नै कोदोको दानामा मार्चा र पानी मिसाएर पूजाकोलागि जाँड (साप्तोक) र साप्तोक चढाउनलाई साना साना बाँसका पेहेङ (तोङबा) हरु पनि बनाईन्छ । यसरी साम्बेक र साप्तोक तयार भएपछि बटुकामा चोखो पानी र पुज्नलाई पानी छर्कन केराको पात बेरेर प्रयोग गरिन्छ भने घरबाहिर र घरभित्र पुजिईने देवताहरुको नाममा केराको पात राखी थान (लास्सो) बनाई लास्सोमाथि जोर पेहेङ ठड्याई मुन्धुम वाचन गर्दै चोखो पानी छर्कंदै तोङबा (पेहेङ) को जाँड (साप्तोक) पिपा (पित्छिङ) ले लास्सोमा चढाएर पेहेङहरु लडाइ लास्सोलाइ सेलाइएपछि चासोक तङनाम न्वाँगी पूजा सम्पन्न हुन्छ । ३) सुनुवारहरुको फोलष्याँदर मनाउने विधि : ![]() Sunuwar Syandar puja performing by a Sunuwar man. Photo collection: Nagendra मंसिरे पूर्णिमाको दिन परिवार तथा नातागोता जम्मा भएर मनाईने फोल (रापावा) ष्यांदर चाडमा सुनुवार जातिले प्राकृति तथा पितृ पूजा गरेर सुख, शान्ति, समृद्विको कामना गर्दै मनाउने महान चाड हो । सर्वप्रथम अग्नि र ईन्द्रेणीलाई पूजेर अन्य देवदेवी, सूर्य, चन्द्र, आकाश, जल, वायु, भूमि अनि पितृहरुलाई क्रमश: पूज्दै आव्हान गर्दै प्राकृति तथा दैवी प्रकोप, अतिबृष्टि, अनिकाल, रोगब्याधि नलागोस र सहकाल लागोस भनेर कुलपुरोहित (न्हा:सो) हरुद्वारा सार्वजानिक पूजास्थलमा ष्यांदर पूजा गरिन्छ । यदि कुलपुरोहित (न्हा:सो) हरु नपाईएको खण्डमा सुनुवार जातिले आफनै घरको पूजाकोठा (लागपर्गि) मा फुल्पाति, अक्षता, पानी र फलफुल् चडाएर एकजोर जांड (ष्याम) राखेर धुप बाल्दै सामान्य किसिमलेपनि ष्यांदर पूजा सुसम्पन्न गर्ने गर्दछन् । ४) याख्खाहरुको चोसोवा मनाउने विधि : ![]() Yakhkha Chosowa. Photo collection: Nagendra याख्खा जातिका मनिसहरुमा चोसोवा (उधौली) पूजामा नयां अन्नबाट बनेका परिकार पितापुर्खाहरुलाई चढाएरमात्र नयां अन्न घरमा थन्क्याउने र नयां अन्नबाट बनेका परिकार खाने पिउने प्रचलन छ । चोसोवा पूजा गर्नकोलागि पाङ्दुरको जांड पकाईन्छ, पाकेको धान खेतबाट ल्याई सोहि दिन भुटेर चामल बनाई साथमा जोर (भाले-पोथी) कुखुरा, अण्डा, बोटसहितको अदुवा, तीन दर्जन केराको पातको टुप्पा (लाहाचोङ), चोखो तोङ्बा र मेच्चेफुङ (कुशुमे फुल) र केराको पातले बेरेको कलश तयार पारिन्छ । यसरी पूजाको आवश्यक सामाग्री तयार भएपछि घर लिपपोत सफासुग्घर गरेर एउटा कुनामा मान्द्रोलाई घोप्टो पारेर बिछ्याई तीनजोर लाहाचोङलाई पनि लहरै बिछ्याईन्छ र तयार भएका सामाग्रिहरूपनि तिनै ठाउंमा राखेर घरमुली वा मुन्धुम जान्ने ब्यक्तिले मुन्धुममार्फत सम्बोधन गर्दै पूजाको कार्य अघि बढाईन्छ । आफ्ना पित्रिहरुको नाममा नयां अन्नबालीबाट बनेको खानेकुरा चढाउंदै आगामि दिनहरुमापनि यसरीनै पहिले आफ्ना पित्रिहरुलाई चढाएरमात्र आफुले खाने प्रतिबद्वता जनाउंदै चोसोवा (उधौली) पूजाको समापन गरिन्छ । - Nagendra Ingnam (Limbu) "आठराईली" in New York नोट : किरात चाडसम्बन्धित यो लेख किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यलय ललितपुर प्राप्तबाट प्राप्त सन्दर्भ सामाग्रीहरुको आधारमा तयार पारिएको हो । ![]() Nepal Government Gazette ![]() Memorandum letter to the government by Kirati organizations. ![]() Chasok Tangnam greetings card. Courtesy: Federal Limbuwan State Council |
||
|
Read our related news: » किरातीको शूरु भयो उधौली » किराँती चाँड उधौली पर्वको संघारमा किराँत राज्यको अवधारणाको चर्चा » पूर्वी नेपालका १७ जिल्लाहरुलाई समेटेर किरात स्वायत्त राज्यको सिमाना घोषणा » न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||