Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

राजा र प्रम कोइरालालाई हटाउने माओवादी प्रयास
३७ सिट जितेर सरकारको कुर्चिमा बस्नु त सुहाएन नि गिरिजा बाबु !


राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराल र प्रचण्ड King Gyanendra, Girijaprasad Koirala and Prachanda. Photos L to R: sources, eEyecam and Sitaram

काठमाडौं, May 14, 2008-माओवादी अध्यक्ष प्रचण्डले जेठ १४ अगावै राजा ज्ञानेन्द्रलाई गद्दी छाड्न सन्देश पठाएको खुलाशा गर्दै त्यसअबधिमा गद्दी त्याग र नारायणहिटी दरवार खालि नगरे बल प्रयोग गरेर हटाउने चेतावनी दिएका छन्। उता बरिष्ठ माओवादी नेता डा. बाबुराम भटराईले प्रम गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला पुगेर कोइरालालाई नेपालको पहिलो राष्ट्रपति मान्न नसकिने बताएका छन्।

त्यसै गरी, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादी अभिव्यक्ति अधिनायकबादी भएको बताउँदै माओवादीको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

संविधान सभाको पहिलो बैठकको मिति तय भएलगत्तै ठूला दलहरुबीचको द्धन्द यसरी सतहमा आउन थालेको छ । संविधान सभाको पहिलो बैठकको सबैभन्दा महत्वपूर्ण एजेण्डा गणतन्त्रको कार्यान्वयन गर्ने भन्दा एकअर्काप्रति आक्षेप लगाउनमै ठूला दलहरु मस्त देखिन्छन् । संविधान सभापछि सहमति र सहकार्यको
बाटोमा जाओस् भन्ने आम नेपालीको चाहना विपरित फेरि भीडन्तको संकेत देखिन थालेको छ । पार्टीका बरिष्ठ नेताहरुबाट परस्पर विरोधी अभिव्यक्ति आउन थालेपछि जनमानसमा राजनीतिक अन्यौल झन् बढेको छ।

माओवादीको लिम्बुवान राज्य समितिको बैठकमा भाग लिन इलामको कन्याम पुगेका माओवादी अध्यक्ष प्रचण्डले मंगलबार स्थानीय पत्रकारहरुसँग कुरा गर्दै जेठ १४ सम्म गद्दी छाड्न र नारायणहिटी खाली गर्न राजालाई सन्देश पठाइएको खुलाशा गरेका छन् । राजतन्त्र राख्ने खेल ठूला राजनीतिक दलबाटै भएको
भन्न आम आशंका रहेका बेला उनले त्यसको खण्डन गर्दै भने- 'माओवादी कुनैपनि रुपको राजतन्त्र राख्न चाहन्न । बरु जेठ १४ गते अगावै राजाले गद्दी र नारायणहिटी नछाडे बल प्रयोग गरेर उनलाई हटाइनेछ ।' गद्दी र नारायणहिटी त्याग्न माओवादी अध्यक्ष प्रचण्डबाटै यति कडा चेतावनी आएको यो पहिलो पटक
हो ।


बाबुराम Baburam Bhattarai. Photo: Sitaram

उता बिराटनगर पुगेका बरिष्ठ माओवादी नेता डा. बाबुराम भटराईले राजतन्त्रको अन्त्यपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन नसकिने स्पष्ट पारेका छन् । 'संविधान सभा चुनावमा हामीले अध्यक्ष प्रचण्डलाई प्रथम राष्ट्रपतिको रुपमा प्रस्तुत गरेको सबैलाई थाहा छ र जनताले हाम्रो प्रस्ताव अनुमोदनपनि गरेका छन्' प्रधानमन्त्री कोइरालाको गृहजिल्ला पुगेका माओवादी नेता भटराईले भने- 'त्यसैले गणतन्त्रात्मक नेपालको पहिलो राष्ट्रपति अध्यक्ष प्रचण्ड नै हुनुहुनेछ कोइरालालाई राष्ट्रपतिको रुपमा होइन अर्कै किसिमले सम्मान गरिनेछ ।' उनले प्रधानमन्त्रीबाट राजिनामा दिई राजनीतिक निकासलाई सहज बनाउन आग्रह गरे ।
राजालाई गद्दी त्याग्न र प्रम कोइरालालाई सत्ता छाड्न माओवादी नेताले दिएको दबाबलाई कांग्रेस उपसभापति एबं शान्ति तथा पुननिर्माणमन्त्री रामचन्द्र पौडेलले अधिनायकवादी चिन्तन भन्दै आलोचना गरेका छन् । र यो स्थितिमा कांग्रेस चुप लागेर नबस्ने चेतावनीपनि उनले दिएका छन् । रिपोटस्र क्लबद्धारा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले भने- 'माओवादीको असहिष्णु र असभ्य व्यवहारले मुलुकलाई अधिनायवादतर्फ धकेल्न खोजेको पुष्टि हुन्छ उनीहरुले फासीवादी अभिव्यक्ति दिदै हिडेका छन् । माओवादीका यस्ता अभिव्यक्ति लोकतन्त्र विपरित छन् ।'

मन्त्री पौडेलले माओवादी घोर उपयोगीतावादबाट ग्रस्त रहेको आरोप समेत लगाएका छन् । उनले माओवादीसँग प्रश्न गरे- 'गिरिजाप्रसादको अपमान गरेर कमल थापाहरुको सम्मान गर्नुको उद्येश्य के हो ?' माओवादीले विगतमा कोइरालालाई महान नेता भनेकोमा अहिले कोइरालाको योगदान बिर्सिएर सत्ताबाट हटाउँछौं र घोक्र्याउँछौं भनेकोमा सचेत हुनुपर्ने बताउँदै भने- 'माओवादीले खोला तरेपछि लौरो बिर्सिएका छन् ।' कांग्रेसले प्रम कोइरालालाई राष्ट्रपति बनाउन जोड दिएको नभई लोकतान्त्रिक परिपाठीका लागि सहमति र सहकार्यको राजनीतिको विकास गर्न खोजेको दावी गरे ।

Ramchandra Paudel. Photo: Sirab

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®