Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

माओवादी जनमुक्ति सेना र हतियार नष्ट त के बार्तासमेत नहुने
'राजा-महाराजाहरुको टाउको काटिएको इतिहास नदोहोरियोस्'
-'पासाङ्ग'


Pasang aka Nanda Kishor Pun Magar, Deputy Commander, People's Liberation Army, CPN Maoist. Photo: Sitaram

काठमाडौं, May 17, 2008-'कांग्रेसले अघि सारेका शर्त अड्को थाप्ने र शान्ति प्रकृयामाथि भाँडभैलो मच्चाउने योजना हो' उनले भनेका छन्- 'देशको हितकालागि आएको शर्त भैदिएको भए छलफल गरेर विवाद टुङ्ग्याउँ न त भन्न सकिन्थ्यो तर भाँडभैलो सिर्जना गर्न राखिएको शर्त भएकाले हतियार नष्ट त के यस्तो शर्तका विषयमा सामान्य छलफलसमेत गर्न सकिन्न ।'

उक्त कुरा जनमुक्ति सेनाका एक उच्च र चर्चित डेपुटी कमाण्डर नन्दकिशोर पुन मगर 'पासाङ्ग' ले बताएका हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकले माओवादीको सहायक संगठन 'वाइसीएल' र जनमुक्ति सेना विघटनकोमात्र होइन क्यान्टोनमेन्टमा रहेका हतियारसमेत नष्ट गर्ने वा राज्यलाई बुझाउने शर्त राखेको छ । यी लगायत ७ शर्त पुरा गरेमात्र माओवादीसँग सहकार्य गर्ने नीति कांग्रेसले निर्धारण गरेको छ । कांग्रेसका शर्त मान्न नसकिने बताएका जनमुक्ति सेनाका शक्तिशाली कमाण्डर नन्दकिशोर पुन पासाङ्ग ले अनेक शर्त अघि सारेर माओवादीलाई जंगल पठाउने योजनामा रहेको आरोप लगाए ।

'शान्ति प्रकृया अझै टुङिगएको छैन सेना समायोजन कसरी गर्ने हतियारको व्यवस्थापन कसरी गर्ने भन्ने सबै कुरा शान्ति सम्झौतामा उल्लेख छन्' नेपाली कांग्रेसप्रति आक्रोस व्यक्त गर्दै उनले भने- 'यो बेला कांग्रेसका नेताहरु माओवादीले सत्ता कब्जाको अफवाह फैलाएर आफूहरु जंगल जाने धम्की दिन थालेका छन् वास्तवमा उनीहरु हामीलाई फेरि जङ्गल पठाउन खोज्दैछन् ।' उनले यो सबै माओवादी नेतृत्वमा सरकार बन्न नदिने षडयन्त्रका योजना अन्तर्गत भएको दावी पनि गरे । स्मरणीय छ, बुधबार आयोजित एक कार्यक्रममा कांग्रेसका सहमहामन्त्री अर्जुननरिसंह केसीले माओवादीले सत्ता कब्जा गरे कांग्रेस जंगल जाने चेतावनी दिएका थिए ।

पासाङ्ग माओवादी जनसेनाका एक उच्च र चर्चित कमाण्डर हुन् । दाङ्गको सैनिक व्यारेकमाथि पहिलो पटक सफल आक्रमण उनकै नेतृत्वमा भएको थियो । सेनामाथि आक्रमण अघि रोल्पा रुकुमलगायत मध्य पश्चिमी क्षेत्रमा भएका अन्य आक्रमणको कमाण्डिङ्गपनि उनैले गरेका थिए । सर्बोच्च कमाण्डर प्रचण्ड रहेको जनमुक्ति सेनामा चारजना डेपुटी कमाण्डरको व्यवस्था गरिएको छ । ती मध्ये एक हुन् नन्दकिशोर पुन पासाङ्ग । उनलाई माओवादी सेनाभित्रकेा सबैभन्दा अनुभवी र पोख्न कमाण्डरको रुपमा लिने गरिएको छ ।

'बृहद शान्ति सम्झौता अनुसार जनमुक्ति सेनापनि अब सरकार मातहत आइसकेको छ त्यसैले जनमुक्ति सेनापनि अब राज्यको सेना हो' हिमालयन प्रेस क्लवद्धारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पासाङ्गले भने- 'त्यसैले जनमुक्ति सेनासँग रहेका हतियारपनि अब राज्यकै हतियार हुन् ।' जनमुक्ति सेनासँग हतियार रहेकैले देशमा संविधान सभाको चुनाव हुनसकेको बताउँदै उनले भने- '०७ मा लडाईं लडेको जनमुक्ति सेनाको हतियार त्यत्तिकै बिसाउँदा जनताले यत्तिको दुख पाए । हामी अब त्यो गल्ती दोहोर्याउन चाहन्नौं ।'

निकै लामो समयपछि मुख खोलेका डेपुटी कमाण्डर पासाङ्गले राजालाई नारायणहिटीबाट सम्मानजनक ढंगले बहिर्गमन गराउन सबैले भूमिका खेल्नुपर्नेपनि बताए । 'सबै पार्टीले एक स्वरले राजालाई त्यहाँबाट हट भन्नुपर्छ माओवादीलेमात्र हट भन्ने अरु पार्टीले त्यहीं बसिराख भन्ने वातावरण सिर्जना गर्नु हुँदैन' उनले भने- 'संविधान सभा अघि हटेभने भैहाल्यो हटेनन् भने संविधान सभाको पहिलो बैठकपछि चिठी लेखेर त्यहाँबाट हट्न आग्रह गर्नुपर्छ ।' यति गर्दापनि नहटे राज्यले सुरक्षा बल प्रयोग गरी हटाउनु पर्ने उनले बताए ।

उनले योपनि भने- 'धेरै देशमा जनताको आग्रह अनुसार नहट्ने राजा-महाराजाहरुको टाउको काटिएको इतिहास छ । तर हामीले हाम्रो देशमा त्यस्तो इतिहास नदोहोरियोस् भन्ने चाहेका छौं । राजतन्त्र हटाउन हामीले नयाँ मोडेल खोजेका छौं । हाम्रो सदासयता उनले बुझ्नु पर्छ । यदि नबुझ्ने हो भने इतिहास दोहोरिन सक्छ ।' उनले राजा देश बाहिर गएर शरण लिई बस्नुपर्ने स्थिति सिर्जना गर्न माओवादीले नचाहेको बताए । उनको भनाई थियो- 'तर उनले सहजै नारायणहिटी र गद्दी छोडेनन् भने उनी पक्राउ पर्न सक्छन् । त्यो बेलाको परिस्थिति छुट्टै हुन सक्छ ।'

-Sitaram Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®