|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
राजा वीरेन्द्रको नाम
चट, अन्तराष्ट्रिय सम्मेलन केन्द्र नामाकरण संविधानसभाको वैठक हलको तयारी पुरा, डेढ करोड खर्च ![]() International Convention Center, formerly Birendra International Convention Center in Kathmandu where Nepal's 1st Constitunal Assembly Meeting will be held on May 28, 2008. Photos: Santa Bagam Magar काठमाडौं, May 22, 2008-ऐतिहासिक संविधान सभाको जेठ १५ गते (मइ २८) वैठक बस्ने हलको सम्पूर्ण तयारी कार्य पुरा भएको छ । सभामुख नेम्वाङ्गले वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई अब अन्तराष्ट्रिय सम्मेलन केन्द्र भनिने जानकारी समेत दिए । अन्तरिम व्यवस्थपिका संसदका सभामुख सुभास चन्द्र नेम्वाङ्गले जेठ ९ गते पत्रकार सम्मेलन गरी यसको औपचारिक जानकारी गराएका हुन् । ![]() Main Meeting Hall "Sagarmathaa Baithak" at International Convention Center. जम्मा १ हजार ८८ सीट क्षमता भएको सो अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सगरमाथा हलमा संविधानसभाको वैठक सन्चालन हुनेछ । सोही हलको बालकोनीमा रहेको ४ सय ७८ सीट विशिष्ट अधिकारी, आगन्तुक तथा सन्चारकर्मीको लागि छुट्टयाईएको छ । नयाँ संविधान निमार्ण नहुन्जेलसम्म अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सुरक्षाको जिम्मा प्रहरी प्रधान कार्यालयलाई दिइएको छ । सुरक्षाको लागि गृह मन्त्रालयले २ करोड ५० लाख रकम छुट्टयाएको छ । संविधानसभाका ६ सय १ सभासदको लागि फर्निचर, माईकको व्यवस्था गर्दा १ करोड, ३८ लाख, ४४ हजार, ३ सय, २० रुपियाँ खर्च भएको सभामुख नेम्वाङ्गले जानकारी दिएका छन् । सभामुख नेम्वाङ्गका अनुसार सम्मेलन केन्द्रको पहिलो वर्षको भाडा ५ करोड, ७३ लाख, ३० हजार, १ सय, ३२ रुपियाँ लाग्ने भएको छ । दोस्रो वर्षको भाडा पहिलो वर्षको भन्दा १० प्रतिशत बढी अर्थात ६ करोड, १९ लाख, ६५ हजार, ४ सय, ११ रुपियाँ तिर्नु पर्नेछ । सम्मेलन केन्द्रमा संविधानसभा अध्यक्ष, उपाध्यक्ष, प्रधानमन्त्री र संविधानसभा सम्बन्धी मन्त्रीको लागि छुट्टाछुट्टै कार्यालयको व्यवस्था गरिएको छ । सन्चारकर्मीहरुको लागि १० कम्युटर, इमेल, इन्टरनेट सहितको मिडिया सेन्टरको व्यवस्था गरिएको छ । संविधानसभामा निर्वाचित २५ दलको संसदीय दलको कार्यालय भने सिंहदरबारमै रहने छ । यसै गरी विभिन्न संसदीय समितिका कार्यालय पनि सिंहदरबारमै राखिने भएको छ । सभासदहरुको सुविधाको लागि अन्तराष्ट्रिय सम्मेलन केन्द्र र सिंहदरबारवीच बसको व्यवस्था मिलाइएको छ । सभामुख नेम्वाङ्गले दिएको जानकारी अनुसार जेठ १४ गते सभासदहरुले अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सपथ ग्रहण गर्नेछन् । पहिलो वैठक जेठ १५ गते विहान ११ बजे बस्ने भएको छ । गणतन्त्र कार्यन्वयनमा कुनै वाधा छैन ![]() Speaker Subhas Nembang speaking to the media. अन्तरिम व्यवस्थापिका संसदका सभामुख सुभास चन्द्र नेम्वाङ्गले संविधानसभाको पहिलो वैठकबाट गणतन्त्र कार्यन्वयन गर्ने कुरामा कुनै किसिमको वाधा नभएको बताएका छन् । राजतन्त्र बचाउन विभिन्न समूहले गोप्य वैठक गरेको चर्चा चलिरहेको बेला सभामुख नेम्वाङ्गले भने 'जसरी संविधान सभाको निर्वाचन सफलतका पूर्वका सम्पन्न भयो । त्यसरी नै गणतन्त्र कार्यन्वयन पनि सफलता पूर्वक नै सम्पन्न हुन्छ ।' तर यसको लागि दलहरुवीच उच्च स्तरको समझदारी आवश्यकको भएको पनि सभामुख नेम्वाङ्गले बताए । -Santa Bagam Magar in Kathmandu ![]() ![]() ![]() International Convention Center (ICC). Photos: Santa Bagam Magar |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®