|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राजधानीमा आक्रमण, अपहरण अघी कुकुर मार्ने
गिरोहको ट्याक्टिस काठमाण्डौ, 14 Feb, 09- गत हप्ता अज्ञात आक्रमणकारीको आक्रमणमा परेका प्रधानमन्त्री प्रचण्डका प्रमुख निजी सचिव शक्तिबहादुर बस्नेतमाथि हत्या सम्बन्धमा थप विवरण प्राप्त भएको छ । हत्या नियतले गोली हान्नेले त्यसभन्दा अघिल्लो दिन सोही घरमा रहेको कुकुरमाथि आक्रमण गरी हत्याकालागि अनुकूल वातावरण मिलाएको प्रारम्भिक तथ्य प्रहरीले प्राप्त गरेको छ । कुनैपनि घरमा कुकुर छ भने त्यो घरमा रहेको कुकुरलाई कुनै हिसावले असक्त पार्ने प्रबृत्ति राजधानीका अपराधीहरुमा देखिएको छ । केही महिना अघि बरिष्ठ चिकित्सक डा. उपेन्द्र देबकोटाको छोरीको अपहरण गर्ने समूहलेपनि पहिले कुकुरलाई नियन्त्रणमा लिएर उनकी छोरी मेघालाई अपहरण गरी पैसा असुलेको थियो । जानकारी अनुसार हत्या गर्ने व्यक्ति वा समूहले बस्नेतमाथि आक्रमण भएको अघिल्लो दिन अर्थात् आइतबार साँझ घरधनी मुकुन्द श्रेष्ठको घरमा रहेकॊ भोटेकुकुरलाई काटेर अशक्त पारेको थियो । सोही कुकुर भुक्न नसक्ने अवस्थामा रहेको बताइएको छ । सो कुकुरमाथिको आक्रमणको रहस्य भोलिपल्ट बस्नेतमाथि गोलीप्रहार भएपछिमात्र थाहा हुन सक्यो । आक्रमणकारीले केही दिनअघि नै बस्नेतको कोठाबारे जानकारी हासिल गरेको तथ्यपनि फेला परेको छ । श्रोतका अनुसार बस्नेत मंगलबारको दिन कोठा सर्दै थिए । त्यसैले उनी कोठा सर्नुभन्दा अघिल्लो दिन नै उनीमाथि आक्रमण भयो । माओवादीले सोही आक्रमणलाई सम्बेदनशील रुपमा लिएको छ । नवलपरासीको हात्तिखोरमा आयोजित जनमुक्ति सेनाको आठौं बार्षिकोत्सब कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्ना निजीसचिवमाथि आक्रमण गरेर देशलाई फेरि युद्धमा फर्काउन चाहनेहरु सकृय रहेको बताएका थिए भने जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन 'पासाङ्ग' ले पनि आफूहरुले यसलाई गम्भीररुपमा लिएको बताएका थिए । माओवादीले सोही घटनालाई स्वकीय सचिवमाथिकोमात्र होइन प्रधानमन्त्री र माओवादी पार्टीमाथिकै आक्रमणको रुपमा लिएको बताएको छ । -Sitaram Baral in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||