Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरणकारी पक्राउ
संविधान सभा सभासद नै प्रहरीको अपहरणमा सङ्लग्न?

काठमाण्डौं, November 24, 2008- धनुषाका क्षेत्र नम्बर ४ बाट संविधान सभामा निर्वाचित सभासद सञ्जय शाहलाई मंसिर ९ गते प्रहरीले पक्राउ गरेर रिहा गरेको छ । उता डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरण काण्डका मुख्य योजनाकार मानिएको सिद्धार्थ लामालाई प्रहरीले पक्राउ गरेको छ ।

मधेशी जनअधिकार फोरमका सभासद साहले आफनो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको निहुँमा दुई जना प्रहरीलाई अपहरण गर्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जनकपुर-७ का बैजु साहलाई रमानन्द युवा क्लबका अध्यक्ष जिबनाथ चौधरीको घरमा डकैती गरेको आरोपमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।
आफ्नो कार्यकर्तालाई पक्राउ गर्ने प्रहरी हवल्दार जयलालप्रसाद यादब र प्रहरी जवान अबधेश प्रसाद यादबलाई हिजो साँझ जनकपुर चुरोट कारखाना अगाडिबाट सभासद साहले अपहरण गर्ने प्रयास गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रहरी निरिक्षक बिश्वराज िशंह थापाले हिजो साँझ पत्रकार सम्मेलन गरि तीन वटा जीपमा आएको सभासद साह र फोरमका कार्यकर्ताले ज. २ प. २४२५ नम्बरको मोटर साइकलमा गई रहेको प्रहरीलाई अपहरणको प्रयास गरेको आरोप लगाएका छन ।

सभासद साहले भने पत्रकार सम्मेलन मार्फत प्रहरी प्रशासनले आफनो चरित्र हत्या गरेको भन्दै घटनामा आफ्नो कुनै स्ंलग्नमा नरहेको दावी गरेका छन् । फोरमका कार्यकर्ताले प्रहरी प्रशासनले आफ्नो नेताको चरित्र हत्या गरेको भन्दै आज दिउसो जनकपुरमा बिरोध जुलुस प्रदर्शन गरेका छन् । बिरोध प्रर्दशन पछि ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका सभासद साहका समर्थक र प्रहरी बिच झडपसमेत भएको छ ।

यसैवीच, डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरण काण्डका मुख्य योजनाकार मानिएको सिद्धार्थ लामालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण काण्डपछि फरार रहेको लामालाई भारतको दार्जिलिङबाट पीछा गरेको प्रहरीले नेपाल-भारत सीमानाबाट पक्राउ गरेको हो ।

गत साउन ११ गते अपहरणमा परेकी मेघा २० गते ३० लाख रुपैयाँ फिरौती बुझाएर अहरण मुक्त भएकी थिइन् ।

-Santa Bagam in Kathmandu


   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®